इटहरी । नेपाल पत्रकार महासंघ धनकुटाले आसन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पत्रकार महासंघ धनकुटाले हरेक वर्ष काग तिहारको दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएको छ। सोही अनुसार शुभदिपावली, नेपाल सम्बत, छठ, वाढाङ्मी, चासोक तङ्नाम, उधौली लगायत पर्वहरुको अवसरमा शुभकामना आदानप्रदानको आयोजना गरेको हो। पत्रकार महासंघ धनकुटाले गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रममा आगन्तुक पाहुनालाई फुलको गुच्छा दिँदै शुभकामना आदान प्रदान गरिएको गर्ने गरिएको छ । कागतिहारलाई यम दुतको रुपमा पुजा गर्ने गरिन्छ। यमराज र उनकी बहिनी यमुनाका बिचमा कागले सुचनाको काम गरेको
इटहरी । मोरङको पथरी शनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालयको सभा हलमा सो संस्थाको चुनावी साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष धन राज राई ’अमीर ’को अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ७४ लाख ९२ हजार ३ सय ६४ रूपैयाँ कुल आम्दानी भएको जानकारी गराइएको थियो । संस्थाको शेयर पूँजी २ करोड ७६ लाख २ हजार ५ सय रुपैयाँ पुगेको बताइएको छ । साधारण सभामा संस्थाका सचिव महेन्द्र ढुंगानाले आव २०८१÷०८२ को वार्षिक कार्य प्रगति विवरण र आर्थिक वर्ष २०८२÷०८३ को लागि
इटहरी । इलाका प्रहरी कार्यालय पकली, सुनसरीको पुनर्निर्माण तथा संरक्षण समितिले शनिबार एक कार्यक्रमका बीच आफ्नो आय–व्यय विवरण सार्वजनिक गरेको छ । जेन्जी समूहद्वारा भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेको भवन पुनःनिमार्ण गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले आगजनी पश्चात् सुरक्षाको आवश्यकता महसुस गर्दै स्थानीय बासिन्दाको पहलमा पुनर्निर्माण समिति गठन गरी काम सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सो कार्यमा पकली क्षेत्रमा रहेका ९ सय ८५ घरधुरी, अन्य व्यक्ति गरी १ हजार २ जना स्थानीयवासी र १३ वटा संस्थाले स्वस्फूर्त रूपमा सहयोग गरेका
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गर्नुभएको छ । आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गर्नुभएको हो । उहाले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । हर्क साम्पाङले माटो चूनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताउनुभयो । उहाले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अव देशलाई अघि बढाउन आफुले भूमिका खेल्ने जिकिर गर्नुभयो । जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफु काठमाडौं आएपनि जेनजी भित्रको विवादले आफु धरान फर्किएको उहाको भनाइ छ ।
इटहरी । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा शनिबारदेखि उक्त सडकमार्ग सञ्चालनमा आएको हो । संविधानसभा सदस्य सञ्चपाल मादेनका अनुसार शनिबारबाट नै उक्त मार्ग भएर यातायात सञ्चालन गर्न सुरु गरिएको छ । अरु निकायले बेवास्ता गरेपछि आफू लगायत समुदायले गरेको अनुरोधलाई तमोर मेवाले ग्रहण गरेर सडक खुलाइदिएको मादेनको भनाइ छ। बर्खायाम सुरु भएसँगै ठाउँ–ठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो । यातायातका साधन बहानन्दे हान्द्रुङ घुम्नुपर्ने बाध्यतामा थियो । सदरमुकामबाट उत्तरी क्षेत्र जोडिने यो सडक निकै छोटो
इटहरी । संखुवासभाको दुर्गम भोटखोला क्षेत्र ८० दिनपछि सडकसँग जोडिएको छ । लगातारको अवरोधपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको हो । गत भदौ १५ गतेदेखि भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको ठुला पहिरोका कारण सडक अवरुद्ध भएको थियो । लामो समयको प्रयासपछि सडक पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो । सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको र हाल एकतर्फी सवारी सञ्चालन भइरहेको उहाँले जानकारी दिन
इटहरी । विराटनगरमा प्रहरीले छुट्टाछुट्टै घटनामा स्रोत नखुलेको ठुलो परिमाणको रकम र नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । विराटनगर–१२ सैनिक टोलबाट स्रोत नखुलेको करिब आठ लाख ४७ हजार रुपियाँ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बीआर ३८ भी ३३२८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका मोटरसाइकल चालक मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले रकम लुकाएर ल्याइरहेका थिए । साहले लगाएको हेल्मेटभित्र एक हजार दरका ८ सय, पाँच सय दरका ५१, एक सय दरका एक सय ४६ र ५० दरका एक
इटहरी । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडाँै, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहर
इटहरी । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएक
इटहरी । सुनसरी कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ । शनिबार राति करिब ९ बजे स्थानीय विजय कुमार खत्वेले गाउँ छेउमा रोएको आवाज सुनिएको र हेर्न जादाँ नवजात शिशु भेट्टाएपछि इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए । प्रहरी वरिष्ठ निरीक्षक पुण्यप्रसाद अधिकारीको कमाण्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई तत्काल कोशी हेल्थ केयर भण्टाबारीमा उपचारका लागि लगेको थियो । भर्खर जन्मिएको जस्तो देखिने शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पु¥याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.