समाज

    Showing २,९५१-२,९६० of ९,३६० items.
  • जबरजस्ती करणीको तीन घटनामा चारजना पक्राउ

    इटहरी । उदयपुरमा  तीन  अलग अलग जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी  कार्यालय उदयपुरले चारजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । उदयपुरको अलग अलग स्थानमा अलग अलग समय र मितिमा भएको जबरजस्ती करणी गुपचुप रहेको भए पनि पछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि बाहिर आएको र उदयपुर प्रहरीले किटानी जाहेरीका आधारमा दोषीहरुलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ । प्राप्त जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा नं २ चारघरेमा एक १६ वर्षिया नावालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बेल्टारले ससोही ठाउाका १९ वर्षीय सञ्जय सदा मुशहरलाई पक्राउ गरेको छ ।&n

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २७२ पटक पढिएको
  • टिकटक भिडियो बनाउन खोलामा हाम फालेका २१ वर्षीय युवक मृत भेटिए

    काठमाडौं । टिकटक भिडियो बनाउन खोलामा हाम फालेका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको हो। लगातार परेको अविरल वर्षाका कारण बाराको दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गोसाइँ असोज १९ गते आइतबार बिहान ८स् ३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। उनको सशस्त्र

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २४० पटक पढिएको
  • सुनसरीको धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विभागीय प्रमुख संगीता भण्डारी निलम्बित

    इटहरी । सुनसरीको धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार प्रतिष्ठानका नाक, कान र घाँटी विभाग प्रमुख  डा। संगीता सिंह भण्डारीलाई निलम्बन गरेको छ। आयोगले डा। भण्डारीमाथि एमआरआई मेसिन खरिदमा अनियमितता गरी घुस रकम बापत आर्थिक लाभ लिएको आरोपमा मुद्दा दायर गरेको थियो। अख्तियारले दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा कार्यरत रहँदा डा। भण्डारीले एमआरआई मेसिन कम गुणस्तरको खरिद गरी आर्थिक अनियमितता गरेको निष्कर्ष निकाल्दै विगतको पदका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले&

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २२४ पटक पढिएको
  • “सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारु हुने“

    इटहरी । केही समयदेखि बन्द रहेको सुनसरी जिल्ला अदालतका नियमित काम–कारवाही असोज २६ गते आईतबार देखि पुनः सुरु हुने भएका छन्। गत भाद्र २४ गतेको जेनजी आन्दोलनका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो । यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भर समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल प्रणाली मार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको छ । अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २७६ पटक पढिएको
  • धनकुटाको साँगुरीगढी गाउँपालिका –१, स्थित जोगेनमा सुतेकै अवस्थामा एक पुरुष मृत फेला

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका –१, स्थित जोगेनमा सुतेकै अवस्थामा एक पुरुष मृत फेला पर्नुभएको छ । शुक्रबार बिहान करिब ५ बजे मृत अवस्थामा पुरुष मृत फेला पर्नुभएको हो । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय पृथ्वीराज राई रहनुभएको छ । उहाँ बिहीबार साँझ खाना खाएर सुत्नुभएको थियो । भोलिपल्ट बिहान राईकी छोरीले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राईको मृत्युको कारण खुल्न बाँकी रहेको छ, थप अनुसन्धान तथा कानुनी प्रक्रि

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २०२ पटक पढिएको
  • झापाको बिर्तामोडबाट जुवा खेलिरहेका ११ जना पक्राउ

    इटहरी। झापाको बिर्तामोडबाट प्रहरीले ११ जना जुवाडेलाई जुवाजन्य खेल खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवा खेल्दैगरेको अवस्थामा बिहीबार राति बिर्तामोड –८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले बताउनुभयो । जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो । घरधनी उप्रेतीसहित ११ जनालाई पक्राउ गरिएको बताइए पनि पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । प्रहरीले तास, नगद २ लाख १५ हजार ५५० रुपियाँ र ९ थान मोबाइल नियन्त्रणमा लिएको जनाएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २१४ पटक पढिएको
  • दमकको पशुहाटको नालीमा अज्ञात पुरुषको शव फेला, अर्को बेपत्ता युवक सडेगलेको अवस्थामा भेटिए

    इटहरी। झापाको दमकमा एक ब्यक्तिको शव फेला परेको छ । दमक वडा –७ पशुहाटको नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार बिहान स्थानीयले टिनको छानो भएको पशु राख्ने टहरामा रहेको गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि स्थानीयले नजिकै रहेको इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । हरेक बुधबार साप्ताहिक रुपमा दमकको पशुहाटमा पशुबजार लाग्ने गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार ५० देखि ५५ वर्षका उमेरजस्तै देखिने पुरुष मृत फेला परेको पहिचान खुल्न सकेको छैन । उहाँका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार ग

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २२३ पटक पढिएको
  • झापामा हात्ती आतंक नियन्त्रणका लागि विशेष गस्ती टोली परिचालन

    इटहरी । झापाको  बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए । विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन्भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २०२ पटक पढिएको
  • दमकमा ‘हुनेले दिउँ, नहुनेले लिउँ’ अभियानसहित कपडा बैंक सुरु

    इटहरी । ‘हुनेले दिउँ, नहुनेले लिउँ’ भन्ने मूल नारासहित झापाको दमक वडा ६ ले आफ्नो वडामा कपडा बैँक सुरु गरेको छ । यसअघि विभिन्न सामाजिक सङ्घसंस्थाहरूले दमकमा यस किसिमको कार्यक्रम गर्दै आएपनि यसपटक वडा आफैँले यो कार्यक्रम सञ्चालन गरेको हो । वडाध्यक्ष टेकबहादुर कार्कीका अनुसार यसलाई चाडपर्वको समयमा मात्र नभएर नियमित रूपमा सञ्चालन गर्ने गरी कपडा बैँक सुरु गरिएको हो । सकेसम्म नयाँ कपडाहरू ल्याउन प्रोत्साहित गरिने उहाँले बताउनुभएको छ । स्वेच्छिक रूपमा जो कोहीले पनि कपडा बैँकमा ल्याएर कपडा राख्न सक्ने र आवश्यक परेकाले आएर लैजान सक्ने उहाँले बताउनुभयो । यसले विपन्नहरूलाई टेवा पुग्ने अपेक्षा लिइएको थापा

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ३५६ पटक पढिएको
  • बाढीपहिरोबाट ठूलो क्षति ,इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

    काठमाडौँ । सरकारले बाढीपहिरोका कारण ठुलो क्षति पुगेको इलाम जिल्लालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो । गत असोज १८ गते भीषण वर्षासँगै आएको बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । पहिरोले सयौँ घर पुरेका कारण हजारौँ नागरिक विस्थापित हुनु परेको छ । देश

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ३०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]