समाज

    Showing ३,०११-३,०२० of ९,३६० items.
  • वराहक्षेत्रमा चौथो कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता–२०८२ हुने

    सुनसरी | महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती तथा शुभ दीपावली २०८२ को अवसरमा ‘पूर्वेली साहित्यिक मञ्च’ द्वारा आयोजित “चौथो कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता–२०८२” मा सहभागी हुनका लागि कविहरूलाई आफ्ना मौलिक कविता पठाउन आह्वान गरिएको छ।वराहक्षेत्र नगरपालिका, चक्रघट्टी स्थित मञ्चले आयोजना गर्न लागेको यो प्रदेशस्तरीय प्रतियोगिताको उद्देश्य प्रदेशभित्रका प्रतिभावान् कविहरूलाई प्रोत्साहन गर्नु र नेपाली भाषामा मौलिक सिर्जनालाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने कविले नगद १२ हजार, दोस्रोले ७ हजार, तेस्रोले ४ हजार र सान्त्वना प्राप्तकर्ताले २ हजार रुपैयाँसहित प्र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २०१ पटक पढिएको
  • पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै

    इटहरी ।  बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् । आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् ।  बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ३३३ पटक पढिएको
  • अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

    इटहरी । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।  बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ३९७ पटक पढिएको
  • कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय

    इटहरी । कोशी प्रदेश सरकारले अहिलेको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधनलाई भ्याएसम्म परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रूपमा उद्धार तथा राहत कार्यमा सहभागी भएका कार्यालयले जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रूपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिनुभयो । उहाँले भौतिक तथा पूर्वाधार मन्त्रा

    • प्रकाशित मितिः असोज २०, २०८२
    • २५५ पटक पढिएको
  • धनकुटाको मुलघाट–नमस्ते झरना आसपास पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध, गाडीहरू भेडेटारमै रोकिए

    धनकुटा | अविरल वर्षाका कारण धनकुटाको मुलघाट–नमस्ते झरना आसपासको क्षेत्रमा ठूलो पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ।राजमार्ग अबरुद्ध भएपछि धनकुटातर्फ जाँदै गरेका यात्रुहरू बाटैमा अलपत्र परेका छन्। धरान–धनकुटा सडक पूर्ण रूपमा बन्द हुँदा बस, जीप तथा मालबाहक गाडीहरू भेडेटारमै रोकिएका छन्। दशैं नजिकिँदै गर्दा घर फर्कन लागेका यात्रुहरू सडक अवरोधका कारण ठूलो मर्कामा परेका छन्।स्थानीय प्रशासनले थप पहिरो खस्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।यसैबीच, वर्षाको कारण धनकुटाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ जसमा  मध्य पहाडी लोकमार्ग – पाख्रिबास नगरपालिका

    • प्रकाशित मितिः असोज १९, २०८२
    • २०८ पटक पढिएको
  • केचना कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द

    इटहरी ।  मेची करिडोरअन्तर्गत केचना( कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द गरिएको छ । हिजोबाट लगातारको अविरल वर्षाका कारण सम्भावित विपदजन्य जोखिम न्यूनिकरणका लागि सो सडक खण्डमा यातायात आवागमन बन्द गरिएको  सडक डिभिजन इलामले जनाएको हो । इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्म तथा मेची करिडोरको केचना कञ्चनजङ्गा सडकमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म साना ठूला सवारीसाधन पूर्ण रुपमा बन्द गरिएको छ । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • ४४२ पटक पढिएको
  • उच्च सतर्कता अपनाउन प्रशासन कार्यालयको आग्रह

    इटहरी। जिल्ला प्रशासन कार्यालय उदयपुरले बाढीको जोखिमममा रहेका स्थानीय तहहरुलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले सार्वजनिक विज्ञप्ति जारी गरी शनिवारदेखि सोमवारसम्म मनसुनजन्य विपदको प्रकोप हुनसक्ने भएकाले  जिल्लाका आठवटै पालिकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको हो । यसैबिच प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले उदयपुरमा बाढीबाट हुनसक्ने सबैभन्दा उच्च जोखिममा रहेको बेलका नगरपालिकाको वडा १, वडा २ र वडा ३ का आमवासी, बाँनडाडा, भागलपुर, गलफडिया र मानेडाँडा क्षेत्रको शुक्रवार स्थलगत अवलोकन गरी प्रकोप नियन्त्रणका

    • प्रकाशित मितिः असोज १८, २०८२
    • २६३ पटक पढिएको
  • पाँचथरमा बोलेरो दुर्घटनाः मृतकको सङ्ख्या ६ पुग्यो

    इटहरी। तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जाकारी दिनुभयो ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको जिप शनिबार दिउँसो करिब १२ बजे  दुर्घटनामा परेको थियो । मे १ ज ३०५५ नम्बरको जिप बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिपमा चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भए

    • प्रकाशित मितिः असोज १८, २०८२
    • २४३ पटक पढिएको
  • मेची राजमार्ग १२ घण्टाका लागि बन्द

    इटहरी। बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो । सम्भावित बाढी पहिरो र बिपद जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालयले आज सडक सञ्चालनमा पूर्णरुपमा रोक लगाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्भावित क्षति हुन नदिनका लागि मेची राजमार्गमा साना तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । यसैबिच सडक डिभिजन कार्यालय इलामको मेची राजमार्गको जोरकलशदेखि ताप्लेजुङको सुकेटार बिमानसम्म सडक पूर्णरुपमा बन्द ग

    • प्रकाशित मितिः असोज १८, २०८२
    • २६१ पटक पढिएको
  • झुम्का कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    इटहरी । झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी रहेका भारतको नरपतगंज पञ्चायत–७ घर भई हाल सुनसरीको दुहबी नगरपालिका–६ मा डेरा गरी बस्ने २१ वर्षीय अलिसेख मिया पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय दुहबीको टोलीले बिहीवार बिहान ११ः५० बजेतिर दुहबी–६ स्थित शिव मन्दिर छेउबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मियालाई आवश्यक कारबाहीका लागि इप्रका दुहबीमा राखिएको छ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • ३६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]