इटहरी । झापा गाउँपालिका–३ झाँसीकी ४ वर्षीया विष्णुमाया दर्जी खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८२ असोज ५ गते दिउँसो करिब २ बजे मानबहादुर दर्जीकी छोरी विष्णुमाया बेपत्ता भएकी थिइन्। आफन्तले खोजतलास गर्ने क्रममा असोज ६ गते बिहान करिब ७ः१० बजे उनको शव घर नजिकैको सानो माई खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको र मृतकको शवलाई पोष्टमार्टमका लागि प्रदेशिक मेचि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा आइतबार राति घरमै सुतिरहेका बेला खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा २० वर्षीय निशान राई रहेका छन्। प्रहरीका अनुसार राति करिब ८ः१० बजेतिर उनीमाथि धारिलो हतियार प्रयोग गरी प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र ‘हडबडे’ नामले चिनिने अर्का एक युवकको समूहले निशानमाथि आक्रमण गरेको पाइएको छ। प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा आएका उनीहरूले घरमै पसेर खुकुरी प्रहार गरेका थिए। आक्रमणपछि उनीहरू मोटरसाइकलमै चढी फरार भएका थिए । तर खोजी गर्ने क्रममा घटनामा स
इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुआत गरेका छन् । गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए । नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व सङ्कलन लगायतका सेवा सुरु भएको हो । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ । ज्येष
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत स्थानीय चैते सामुदायिक वन पुगेर सिस्नु सङ्कलन गर्नुहुन्छ । उहाँ दैनिक १५ देखि २० किलोसम्म सिस्नो सङ्कलन गर्नुहुन्छ । सङ्कलन गरेको सिस्नु सोही सामुदायिक वनले सञ्चालन गरेको सिस्नो प्रशोधन केन्द्रमा बिक्री गर्नुहुन्छ । उहाँले सङ्कलन गरेको सिस्नुबापत प्रतिकिलो ८० रुपियाँ पाउनुहुन्छ । फुर्सदको समयमा टिपेको सिस्नोले राम्रो आम्दानी गराइरहेको उहाँ बताउनुहुन्छ । बस्नेत जस्तै धेरै स्थानीय अहिले सो सामुदायिक वनमा पुगेर सिस्नु सङ्कलन गरी आम्दानी गर्दै आएका छन् । पहाडी क्षेत्रका गाउँघर तथा वन जङ्गलमा पाइने सिस्नुमा पोल्ने गुण हुँदा घा
इटहरी । विराटनगर महानगरपालिकाले आइतबारदेखि सेवा प्रवाह सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवामध्ये निश्चित सेवालाई सुचारु गरिएको र क्रमशः थप सेवा सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र १९ मध्ये १३ वटा वडामा क्षति पुगेको थियो । महानगरपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने क्षति पुगेका १३ मध्ये छ वटा वडा कार्यालय आगजनीका कारण पूर्ण क्षति भएको महानगरपालिकाले जानकारी दिएको छ ।यद्यपि महानगरपालिकाले विस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थालेको हो । महान
भोजपुर | श्री पाँचधारे सरोकार समाज, टेम्केमैयुङ गाउँपालिका–९, पाँचधारेको आयोजनामा असोज २१ गतेदेखि खुल्ला महिला तथा पुरुष साविक वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२ सुरु हुने भएको छ।आयोजक समितिका अनुसार प्रतियोगिता पाँचधारे खेलमैदानमा सञ्चालन हुनेछ। उद्घाटन खेल असोज २१ गते दिउँसो ठीक ४ बजे सुरु हुने छ।महिला तर्फ पहिलो स्थान हासिल गर्ने टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुनेले नगद १० हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्ने टिमले २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान
इटहरी, सुनसरी । हेल्पिङ युथ इटहरी, सुनसरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थालाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकार तथा सरोकारवालालाई आह्वान गरेको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै देशभर सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको र दैनिक सयौँ मानिसको ज्यान जोखिममा परेको तथ्य औंल्याएको छ।भाद्र २३ र २४ गतेको जेनजि आन्दोलनका क्रममा कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीमा भएको आगजनीले ट्राफिक व्यवस्थापन थप कमजोर बनेको उल्लेख गर्दै विज्ञप्तिमा ट्राफिक प्रहरीलाई सुरक्षित र अनुकूल वातावरण बनाउँदै उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।संस्थाले नागरिक स्वयंले ट्राफिक
इटहरी । विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैंको अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ।अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ।अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पुर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने तथा गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिएका छन्।यस अवधिमा शनिबार, घटस्थापना, विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्येक दिन अदालत बिहान ११:०० बज
इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामा पुनः सञ्चालनका लागि तीव्र रुपमा कार्य भइरहेको छ । महानगरले जलेका सबै कोठाको सरसफाई गरिसकेको छ । अत्यावश्यक सहित आंशिक रुपमा सबै सेवाहरु सुचारु गरेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अवलोकन गराएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाश कुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपाने सहितको विज्ञ प्राविधिक टोलीले आइतबार सबै को
प्रेेक्षा आचार्य इटहरी/ LOLA इटहरी च्याप्टरले मानसिक स्वास्थ्यसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैचास्थित सुकेना बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा २५ भन्दा बढी युवतीहरूको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रममा प्रशिक्षकका रूपमा मौसाम कोइरालाले सहजीकरण गरेका थिए । उनले मानसिक स्वास्थ्यको परिभाषा, यसको महत्व, दैनिक जीवनमा देखिने चुनौतीहरू र समाधानका सम्भावित उपायहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । साथै सहभागी युवतीहरूलाई आत्मविश्वास अभिवृद्धि, भावनात्मक सन्तुलन कायम गर्ने तरिका, तनाव व्यवस्थापन, समय व्यवस्थापन र सामाजिक परिवेशमा मानसिक स्वास्थ्यक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.