इटहरी । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो । त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, दुईवटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी दुईरदुई वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय नौ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय एकरएकवटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो । दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आग
इटहरी। धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी गर्नेहरुलाई स्थानिय तथा राजनीतिकर्मीहरुले कारबाहीको माग गरेका छन्। धरान उपमहानगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन साँझदेखि धरानका विभिन्न राजनीतिक दलका कार्यालयहरूदेखि व्यापारीहरुका पसल र स्थानीय नेताका घरहरुमा समेत प्रदर्शनकारीहरुले तोडफोड तथा आगलागि गरेका थिए । उक्त घट्नामा संलग्न प्रदर्शनकारीहरुलाई कारबाहीको माग गर्दै मंगलबार ईलाका प्रहरी कार्यालय धरानमा माग गरेका छन् । धरानका पूर्व नगर प्रमुख मनोज मेन्याङबोको होटल कञ्चनजङ्गामा तोडफोड, आगजनी गरी करिब ६ लाख रुपैयाँ नगद लुटिएको दाबी गर्दै १२ जना विरुद्ध इल
इटहरी । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परिवारले
इटहरी। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो ९लिम्बू० स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व। लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परि
इटहरी । इटहरी उपमहानगरपालिका–१९ मा सोमबार दिउँसो घर निर्माणस्थलमा काम गर्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–१६ बस्ने ४५ वर्षीय लल्कु चौधरी रहेका छन्। कल्पना चौधरीको निर्माणाधीन दुईतले घरमा ढलान गर्ने क्रममा अचानक दुई तल्लामाथिबाट भुइँमा खस्दा उनी घाइते भएका थिए। चिउडो र खुट्टामा चोट लागेका उनलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिएको थियो। मृतकको शव हाल सोही अस्पतालमा राखिएको र थप आवश्यक अनुसन्धान भइर
इटहरी । सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्याउन थालेपछि कैदीबन्दी भागेका थिए । कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि कर
इटहरी । धनकुटा नगरपालिका–२, किन्ताङका हेमबहादुर बस्नेतले घरमा अहिले कुटानीपिसानी मिल जडान गर्नुभएको छ । धनकुटा नगरपालिकामार्फत अनुदानमा मिल पाएपछि उहाँले धान, मकैलगायतका अन्न पिसाउन करिब एक घण्टा टाढाको मिलसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । घरमै जडान गरिएको सानो आकारको कुटानीपिसानी मिलले उहाँसहित छिमेकीलाई समेत निकै सहज भएको छ । धनकुटा नगरपालिका–९ का छविप्रसाद रोइलालाई पनि नगरपालिकाको सहयोगमा गत वर्ष मिल जडान गरेपछि निकै सहज भएको छ । उहाँले मिल चलाउन थालेपछि धेरै श्रम तथा समय लाग्ने ढिकी, जाँतो चलाउनु परेको छैन । धनकुटा नगरपालिका–८, सान्ताङका अनिल याक्खाले पनि मिनी टिलर पाउनुभएको छ । उहाँ
इटहरी। कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ । अस्पतालको फार्मेसीमा कार्यरत दुईजना र स्वास्थ्य बिमा शाखामा कार्यरत एकजना गरी तीनजना कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको हो । फार्मेसीमार्फत स्वास्थ्य बिमा अन्तर्गत स्वास्थ्य उपचार सेवा लिने सर्वसाधारणमा बिमा कार्ड प्रयोग गरेर औषधि हिनामिना गरी अनियमितता गरेको पाइएपछि उनीहरुलाई सेवाबाट हटाएको हो । बर्खास्तीमा परेका तीनैजना कर्मचारीहरु अस्पताल विकास समिति अन्तर्गत सेवा करारमा कार्यरत थिए । ती कर्मचारीहरुको मिलेमतोमा औषधिको हिनामिना भएको, विमितको स्वास्थ्य बिमाको रकम दुरुपयोग गरी अनियमितता गरिएको, विम
इटहरी । खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएकी छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मिका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा मृत भेटिएकी हुन् । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिका आइतबार अपराह्न ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा रेश्मिकाको शव सडकभन्दा करिब १५० मिटर तल बाँसघारीमा भेटिएको हो । घटनाको
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयलाई डा। महावीर पुनको पुस्तक उपलब्ध गराइएको छ। पालिकाभरिका विद्यालयका पुस्तकालयमा राख्नेगरी डा। पुनले लेख्नुभएको ‘सम्झाना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पुस्तक उपलब्ध गराइएको हो। हाल हङकङ बस्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–६ मादिबुङकी सविता फेम्बु लिम्बूले डा। पुनले लेख्नुभएको पुस्तक खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको हो। फेम्बुले ५० हजार रुपियाँ बराबरको ५५ वटा पुस्तक खरिद गरेर फक्ताङ्लुङका सबै विद्यालयलाई उपलब्ध हुने गरी सोमबार गाउँपालिकालाई बुझाइएको छ। उक्त पुस्तक गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० लाई हस्तान्तरण गरिएको सविता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.