इटहरी । हालै सम्पन्न जेन जी आन्दोलन र त्यसपछि उत्पन्न घटनाक्रमका कारण इटहरीवासी अझै त्रासमा रहेका छन् । दुई जनाको मृत्यु, तोडफोड र आगजनीपछि इटहरीलाई पहिलेकै लयमा फर्काउन शान्ति–सुरक्षा मजबुत हुनुपर्ने सरोकारवालाले बताएका छन् ।शनिबार नागरिक समाज इटहरीले आयोजना गरेको भेलामा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले उद्योगी–व्यापारीमा त्रासकै कारण बजार सुचारु गर्न गाह्रो भएको बताए । उनले प्रहरीको अभावले थप चुनौती बढाएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम गर्न सबै क्षेत्र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।महासचिव विनोद पौडेलले झुम्का कारागारबाट एक हजार पाँच सयभन्दा बढी कैदीबन्दी बाहिरिएकाले चोर
इटहरी । इटहरी उपमहानगरपालिकाले आगलागी र तोडफोडका क्रममा चोरी भएका सामग्री फिर्ता गर्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ । भदौ २३ र २४ गते जेनजी समूहले इटहरी उपमहानगरपालिका परिसरमा आगजनी र तोडफोड गर्दा नगर कार्यपालिकाको कार्यालय सहित विभिन्न महाशाखा, शाखा, इकाइ र वडा कार्यालयहरूबाट लुटपाट तथा चोरी भएको उपमहानगरपालिकाले जनाएको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार कार्यालयका विभिन्न सवारी साधन , कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, टेलिभिजन, सिसिटिभी, कुर्सी, वायोमेट्रिक डिभाइस, नेटवर्क स्वीच, मोबाइल, क्यामेरा, स्ट्रिट लाइट, साउण्ड सिस्टम, साथै महत्वपूर्ण कागजातहर
इटहरी । मारवाडी युवा मञ्च विराटनगरले शनिबार मोरङस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरूवात झण्डोत्तोलन सहित गरिएको थियो। त्यसपछि मञ्चका पदाधिकारीहरूले प्रशासन भवन वरिपरि सफाइ कार्य गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्चले नियमित रूपमा यस्ता गतिविधिहरू गर्दै आएको छ । कार्यक्रमका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको जानकारी दिनुभयो । उहाँले कफ्र्यू हटाइएको र कार्यालयहरू क्रमशः पुनः सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिइएको बताउनुभयो । उहाँका अनुसार जनजीवन सहज बन्दै गएको छ भने ट्राफिक पो
इटहरी । विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाई गरिएको छ । नाकामा नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय प्रहरी खटिएर कडाइका साथ चेकजाँच गरिरहेका छन् । नाकामा ठूलो गेट लगाएर आवतजावत नियमन गरिएको छ । सर्वसाधारणले भारततर्फ किनमेलका लागि जाँदा र फर्कदा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । तर, साइकल, मोटरसाइकल र अन्य सवारी साधनहरू भने नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ । सुरक्षाकर्मीहरुले जेलबाट भागेका व्यक्तिहरु भारततर्फ नजान दिन विशेष निगरानी राखिएको बताएका छन् । यसैबीच, भारतको जोगबनी बजारमा समेत भीडभाड अहिले धेरै कम देखिएको छ । आन्दोलनपछि रोकिएको भन्सार नाकामा आयात
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शनिबार काठमाडौैंको सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर उहाले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले घाइतेको उपचारमा कुनै पनि कमि हुन नदिन आग्रह गर्नुभएको थियो । युवाहरुको आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने १७ सय भन्दा बढि घाइते भएका थिए । अहिले पनि २५० भन्दा बढि घाइतेको बिभिन्न अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
इटहरी । जेनजी समुहको आगजनी र तोडफोडका क्रममा लुटपाट भएका विभिन्न किसिमका सरसामग्री कोशी प्रदेश सभा सचिवालयले फिर्ता मागेको छ । सचिवालयले गत मंगलबार भएको आन्दोलनका क्रममा आगलागी र तोडफोड गरी कोशी प्रदेश सभा सचिवालयमा रहेका सवारी साधन ,कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सचर, क्यामेरा, एसी, टिभी, कुर्सी, टेबल, सोफा लगायतका सामाग्रीहरु तथा कर्मचारीहरुका निजी सवारी साधन समेत लुटिएको जनाएको छ । कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यले शनिबार सूचना निकालेर लुटिएका सामान फिर्ता गर्न आग्रह गर्नुभएकाअे हो । साथै, कसैले लुटपाट गरेर सामानहरु लगेको देखेमा जानकारी ग
इटहरी । सुनसरीको उत्तरीक्षेत्र प्रकाशपुरमा रहेको पेमा छोइखोरलिङ बौद्ध गुम्बामा बुद्ध मूर्तिको विधिपूर्वक स्थापना गरिएको छ । गुम्बा बनेको लामो समयपछि बुद्धको मूर्ति बौद्ध परम्पराअनुसार स्थापना गरिएको हो । प्रकाशपुरका बौद्धमार्गीहरूले पेमा छोइखोरलिङ बौद्ध गुम्बा निर्माण गरी आफ्नै परम्परा अनुसार जन्म, मृत्युको कर्म र संस्कार गर्दैआएका छन् । २०६८ सालबाट बौद्ध गुम्बाको निर्माण भए पनि गुम्बामा बुद्धको मूर्ति स्थापना गरिएको थिएन । स्थानीय कालिमाया गुरुङले आफ्ना दिवङ्गत आमा बाबुको नाममा दुई वटा बौद्धको मूर्ति गुम्बालाई दिएपछि गुम्बामा मूर्तिको प्राणप्रतिष्ठा गरिएको छोइखोरलिङ बौद्ध गुम्बाका सचिव किरण ग
इटहरी । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै जनजीवन सामान्य बनेको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि गएको बुधबारयता लगाइएको निषेधाज्ञा र कर्फ्यू शनिबारदेखि हटाइएपछि जनजीवन सामान्य बन्दै गएको हो । जेनजी आन्दोलनका नाम हुने प्रदर्शन, हुलदङ्गा र अराजक गतिविधिले जिल्लाको शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बुधबार बिहानदेखि निषेधाज्ञा र कर्फ्यू लगाउनुभएको थियो । निरन्तरको निषेधाज्ञा र कर्फ्यूका कारण जिल्लाको जनजीवन असमान्यजस्तै बनेको थियो । आन्दोलनको अवस्था सामान्य बन्दै गएसँगै शुक्रबार राति पूर्
इटहरी । झापामा प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको छ । शनिबार बिहान सूचना जारी गर्दै ११ बजेदेखि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय झापाले केही घण्टापछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको उल्लेख गर्दै अर्को सूचना जारी गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु हटाइएको हो । जनजिवन सामान्य बन्दै गएको अवस्थामा कर्फ्यु कायम राखिरहनु पर्ने अवस्था नदेखिएको उहाँले जनाउनुभयो । शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्युलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको निक्र्योल निकालेरपछि हटाइएको बताइ
रामधुनी । हालै रामधुनी नगरपालिकामा भएको GenZ आन्दोलनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका प्रहरीप्रति स्थानीय तहका नेतृत्वहरूले आभार व्यक्त गरेका छन्।GenZ का रामधुनीका युवाहरूले इन्स्पेक्टर सुजन मुदेल तथा सम्पूर्ण प्रहरीलाई विशेष धन्यवाद दिँदै भन्नुभयो, “सुजन सर अत्यन्तै इमानदार र निष्ठापूर्वक आफ्नो कार्य सम्पादन गर्नुहुन्छ। उहाँ GenZ ले समेत रुचाएको प्रहरी हुनुहुन्छ।”उनका अनुसार आन्दोलनका क्रममा कुनै ठूलो भौतिक क्षति हुन नदिन इन्स्पेक्टर मुदेलको नेतृत्वमा खटिएका सुरक्षाकर्मीहरूको सक्रियता निर्णायक साबित भएको छ। “उहाँहरूको निष्ठा र तत्परताका कारण आन्दोलन शान्तिपूर्ण ढ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.