सुनसरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) सुनसरीले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दङ्गालको अध्यक्षता तथा युनिकम नेपाल केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालय प्रमुख दीपकराज भट्टले सहजीकरण गर्नुभएको थियो।"सामाजिक सुरक्षा कोषमा कामदारको अनिवार्य आवद्धता हाम्रो अधिकार मात्र नभई सुरक्षित भविष्यतर्फको कदम हो," सहजीकरण गर्दै प्रमुख भट्टले भन्नु
इटहरी । ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज भएको छ । बर्खायाममा क्षतिग्रस्त बनेको मेरिङ्देन गाउँपालिका–२, सान्थाक्रा खण्डमा सडक मर्मत गरिएपछि यातायात सेवा सहज भएको हो । सडक मर्मतपछि जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिकाको विभिन्न वडा र पर्यटकीय गन्तव्य फुङ्फुङगे झरनासम्म आउजाउ गर्न सहज भएको छ । मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङ्गामका अनुसार विभिन्न जलविद्युत् आयोजनाहरूको सहयोगमा सडक मर्मत गरिएको हो । वर्षा र झरीका कारण हिलाम्मे भई क्षतिग्रस्त बनेको मेरिङ्देन सडकअन्तर्गत सान्थाक्राको हेल्लुङ्वा–भैरल टर्निङ–याहाङ चोक खण्
इटहरी । झापाको बिर्तामोड(२ मा रहेको ड्रिमल्यान्ड को कम्पाउन्डभित्र रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक हुन् । शुक्रबार राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरी । सुनसरीको दुहबीमा हरेक वर्ष भव्यतापूर्वक मनाइने महान चाड फुलपाती पूजाको तयारी यस वर्ष पनि सुरु भएको छ। दुहबीस्थित श्री दुर्गा काली मन्दिरको प्राङ्गणमा आज सम्पन्न भेलाले निष्पक्ष राखी पूजा समिति गठन गरेको हो।समितिको अध्यक्षमा मानिस प्रसाद रौनियार चयन भएका छन् भने कुल ३१ सदस्यीय समितिमा विभिन्न टोल र समाजका सक्रिय व्यक्तिहरूको सहभागिता रहेको छ।समितिको सार्वजनिक कार्यक्रममा दुहबीबासी साथै वडा नं. ६ का अध्यक्ष श्री घनश्याम हलुवाई लगायतको उल्लेख्य उपस्थिती रहेको थियो।
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटारका ५० वर्षीय नितेश श्रेष्ठको आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब १२ बजे श्रेष्ठ नुहाउने क्रममा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा लगिएको थियो। बाहिरी चोटपटक नदेखिए पनि तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका श्रेष्ठको उपचारका क्रममा दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनास्थल धरान इलाका प्रहरी कार्यालयबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गर्न इलाक
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिका–१ कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो । चार हजार ३५० मिटरको उचाइमा प्रतियोगिता आगामी भदौ २६ गते हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तिम्बुङ पोखरी संरक्षण तथा अव्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दूरी १५ किलोमिटर कायम गरिएको छ । ट्रेल प्रतियोगिताका लागि तिम्बुङ पोखरीदेखि पङ्दुवा पुगी फर्केर ठुलो भञ्ज्याङसम्मको रुट निर्धारण गरिएको छ । कार्यक्रमको समापन समारोह भञ्ज्याङमा हुने छ । प्रतियोगिताको खुल्ला तर्फका विजेताले न
इटहरी । राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक वैज्ञानिक डा। महाबीर पुन अहिले इलामका विभिन्न क्षेत्रमा किताव बेच्ने दौरानमा हुनुहुन्छ । मेची महाकाली अभियानअन्तर्गत ४३औं जिल्लाका रुपमा इलाममा किताब बेच्न आइपुग्नु भएका डा। पुनले इलामका पाँचवटा पालिकामा किताब बेची सक्नु भएको हो ।वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै आत्मकथा समेटिएको किताब र केहि सयगोगी लिएर डा। पुन इलामको माई नगरपालिकाबाट किताब बेच्दै इलाम प्रवेश गर्नुभएको एक साता भयो । उहाँले माई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिकामा किताब बेचेर इलाम नगरपालिकामा शुक्रबार साझदेखि किताब बेच्दै हुनुहुन्छ ।
सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. १० स्थित प्रकाशपुर स्वास्थ्य चौकी अगाडिको खुल्ला मैदानमा आयोजना भएको प्रथम प्रकाशपुर महोत्सव आज सफलतापूर्वक समापन भएको छ।लालुपाते संस्था प्रकाशपुर-बराहक्षेत्र १० को मुख्य आयोजनामा भएको यो महोत्सव बराहक्षेत्र नगरपालिका वडा -१० को कार्यालय लगायत अन्य स्थानीय संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो।महोत्सवको अन्तिम दिन समापन समारोहको मुख्य आकर्षण प्रख्यात कलाकार ज्योति मगर को मनमोहक बेजोड प्रस्तुति रहेको थियो। उनको सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो।यस महोत्सवमा नेपाल को चर्चित कलकार देखी लिएर स्थानीय कलाकारहरूले आ-आफ्ना प
इटहरी । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुलुक विविध जातजाति, भाषा, धर्म , संस्कृति विविधतालाई स्वीकार गर्दै एकताको सूत्रमा अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजका विद्यार्थीहरुका लागि आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताउनुभएको हो। उहाँले नेपाल विविध जातजाति, भाषाभाषी, संस्कृति भएको साझा फुलबारी भएको बताउनुहुँदै राष्ट्रिय अखण्डता र एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका निर्द
इटहरी । धनकुटामा विश्वकै लामो र दुर्लभ मानिने किङ कोब्रा सर्प भेटिएको छ । पाख्रीबास नगरपालिका–५, घोर्लिखर्क स्थित दियालेमा किङ कोब्रा भेटिएको हो। करिब साढे १० फुट लम्बाई र साढे ७ केजी तौलको किङ कोब्रा सर्प लेगुवाका प्रदिप श्रेष्ठले स्थानिय बलिन्द्र मगरको घरबाट बिहिबार राति ९ बजे उद्धार गर्नुभएको हो । उहाँले धनकुटामा दोस्रो पटक किङ कोब्रा देखिएको बताउनुभयो। स्थानियले सर्प देखपछि श्रेष्ठलाई खबर गरेका थिए । उहाँले यस भन्दा अगाडीे बैशाख १९ गते धनकुटको महालक्ष्मी नगरपालिका–४, स्थित लेगुवाबाट पहिलो पटक १२ फुट लम्बाई र सात किलो तौलको किङ कोब्रा सर्प उद्धार गर्नृुभएको थियो। उद्धार गरेको सर्प डिभिजन वन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.