सुनसरी । तमु (गुरुङ) समुदायहरूको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।

अधिवेशन तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, साथै पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनले दिलीप गुरुङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नव–निर्वाचित समितिको उपाध्यक्षमा विष्णु माया गुरुङ र भोला कोराङ्गी गुरुङ चयन भएका छन्। त्यसैगरी सचिवमा निरञ्जन गुरुङ, संगठन सचिवमा कृपास्वर घले, प्रचार सचिवमा बर्ता गुरुङ, कोषाध्यक्षमा जनुका गुरुङ तथा सह–कोषाध्यक्षमा हेमा तमु गुरुङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा तनुज गुरुङ, विनोद कुमार गुरुङ, नरबहादुर गुरुङ, दुर्गा गुरुङ, बिरेन गुरुङ, मिना गुरुङ, निरमाया गुरुङ, गणेश कुमार घले, उर्मिला गुरुङ र संगिता गुरुङ चयन भएका छन्।

अधिवेशनका वक्ताहरूले तमु (गुरुङ) समुदायको भाषा, संस्कृति, पहिचान र अधिकार संरक्षणमा संगठनले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

नव–निर्वाचित अध्यक्ष दिलीप गुरुङले संगठनलाई समुदायको हक–हित र पहिचान संरक्षणका लागि सक्रिय र एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।