इटहरी । सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताए। वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए। बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उनको गुनासो छ । बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए। आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेश
इटहरी । सङ्खुवासभाको स्थानीय कासुवाखोलामा माछा मार्न गएका मकालु–३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उनको मृत्यु भएको हो । बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उनले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताए। उनीसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।
इटहरी । प्रहरीले झापा र मोरङमा लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–८ गिरीगाउँबाट ३२ वर्षीय अजय मेचे र भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला उत्तरा रथखोला भीमराम नक्सलबारीका ३० वर्षीय टान्टु भन्ने कनकन राहलाई पक्राउ गरेको हो। उनीहरूबाट एक सय ग्राम एक सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले मोरङको उर्लाबारी नगरपालिका–७ पारिजात टोलबाट ४२ वर्षीय लालबहादुर लिम्बु र ३२ वर्षीय पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूबाट ६९० म
इटहरी । कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई जरिवाना गर्ने प्रावधान खारेज गर्न माग गर्दै बिहीबार प्रदेशका १४ वटै जिल्लामा पत्रकारहरूले एक घण्टा धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङका अनुसार महासंघले भदौ ९ गतेदेखि चरणबद्ध आन्दोलन थालेको हो। उक्त आन्दोलन अन्तर्गत बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कार्यालय अगाडि धर्ना दिइएको हो । भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग गर्दै सन्देश पोस्ट गरेका थिए । भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री, स
इटहरी । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन सुनसरीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार सुनसरीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० धर्मेन्द्रकुमार मिश्रलाई प्याब्सन, ऐनप्याब्सन, हिसानसहितले ज्ञापनपत्र बुझाएको हो । देशव्यापी आन्दोलनको क्रममा सुनसरीमा पनि जिल्ला प्रशासन कार्यालय अगाडि ¥याली र कोणसभा गरी ज्ञापनपत्र बुझाइएको प्याब्सन सुनसरीका अध्यक्ष नेशनल थानेश्वर ढकालले बताए। उनका अनुसार प्याब्सन र ऐनप्याब्सनले सरकारद्वारा ल्याइएको विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानले निजी विद्यालय सञ्चालकलाई मार पर्ने भएकाले आन्दोलनमा उत्रिनुपरेको हो। कम्पनी ऐनअनुसार दर्ता भएका व
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी भदौ २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिएको तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक र स्थापित धार्मिक पर्यटकीय
इटहरी । भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स ९डिआरआई० को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाइउड बोकेका नौ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीले निर्यात बन्द गरेका हुन् । मेची भन्सार कार्यालयबाट निकासी भएका आठ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीट्याङ्कीमा साउन दोस्रो हप्तादेखि रोकेर गत हप्ता जफत गरिएको थियो । यसै गरी विराटनगर भन्सार कार्यालयबाट गत शनिबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मङ्गलबार जफत गरिएको हो । मेची भन्सार
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने फुङ्लिङ–लिबाङ–थलङ सडक नौ दिनदेखि खुलेको छ । मिक्वाखोला गाउँपालिका–३ लिबाङको ताखोक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको हो । सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोलाको प्रशासकीय केन्द्र थलङ जोड्ने सडक गएको मङ्गलबारदेखि अवरुद्ध बनेको थियो । ठुला–ठुला चट्टानसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका स्वकीय सचिव थापाका अनुसार पहिरो खसेदेखि नै पहिरो पन्साउन सुरु गरेको भए पनि ठुला चट्टानका कारण समय
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यसलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने बताउनुभयो । दुई देशबिच कृषि, श्रम, रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया इजरायलमा कृषि र केयरगिभरमा बढी कार्यरत रहेको र यसलाई अझै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने चर्चा गर
संखुवासभा । संखुवासभाको शिक्षा इतिहास बोकेको श्री मादी माध्यमिक विद्यालय आज आफ्नो ७५ औं जन्मजयन्ती र हीरक महोत्सवको समारोहमा रमाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालय परिसरमा स्थापना गरिएको हीरक स्तम्भ र सरस्वती मूर्तिको अनावरण हुँदैछ।प्रधानाध्यापक विश्वनाथ सुवेदीका अनुसार महोत्सवको अवसरमा अभिनन्दन तथा सम्मान, वार्षिक प्रतिवेदन र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक, छात्रवृत्ति र पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुति तथा साँझको दीपावली कार्यक्रम समेत हुनेछ।कार्यक्रमलाई ऐतिहासिक र गरिमामय बनाउन विद्यालय समुदाय निरन्तर तयारीमा रहेको व्यवस्थापन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.