समाज

    Showing ३,४८१-३,४९० of ९,३७० items.
  • सुनसरीको रामधुनी–मन्दिर सडक कालोपत्रे भयो

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिर सम्म पुग्ने मुख्य सडक कालोपत्रे भएको छ । सबडिभिजन वन कार्यालय देखि मन्दिर सम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे भएको छ । निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिएको छ जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ । यस सडक निर्माणका लागि ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको थियो । श्रेष्ठ कन्सट्रक्सन, रामधुनी–६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको थियो । उक्त सडक कालोपत्र गर्ने काम श्रेष्ठ कन्सट्रक्सनले सम्पन्न गरेको छ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • २८६ पटक पढिएको
  • जीवन विज्ञान सुन्दरहरैचा–४ को आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । सुन्दरहरैचा मोरङमा जीवन विज्ञान सुन्दरहरैचा–४ को आयोजनामा तीज विशेष तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैचा–४ मा रहेको नेवा सामुदायिक भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता बिमला श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक गणेश ढकाल, सन्तोष ढकाल, शालिग्राम कट्वाल, समाजसेवी नारायण श्रेष्ठ, मेनुका दाहाल सहित स्था   नीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र श्रेष्ठले तीज पर्व केवल म

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ३३३ पटक पढिएको
  • गत वर्षको तुलनामा काँकरभिट्टाबाट आयात घट्यो, निर्यात र राजस्वमा भने वृद्धि

    इटहरी । चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ५४४ पटक पढिएको
  • कोशी अस्पतालमा पहिलो पटक सरकारी स्तरबाट आइयुआई सेवा, निःसन्तान दम्पतीलाई ठूलो राहत

    इटहरी । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् ।  अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा रुणा झा बताउनुभयो । अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ३७९ पटक पढिएको
  • २० लाख रुपियाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ

    इटहरी । पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ४ घर भइ चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै आएका अमित महतो भन्ने कृष्ण मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारु र बच्चु गुरुङसँगको मिलेमतोमा साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसाय गरी धेरै पैसा कमाउने प्रलोभनमा देखाइ रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रवक्ता एवम् प्रहरी निरीक्षक रुपेश तामाङले जा

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • २१४ पटक पढिएको
  • सञ्चारिका समूह सुनसरीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । हरितालिका तीजको अवसर पारेर सञ्चारिका समूह सुनसरीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रमको अध्यक्षता सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रन्जना पौडेलले गर्नुभएको थियो भने कोशी प्रदेश योजना आयोग सदस्य प्रमिला गछदार प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष पौडेलले महिलाको सशक्तिकरण र उत्थानका लागि समूह निरन्तर सक्रिय रहेको बताउनुभयो । त्यस्तै प्रमुख अतिथि गछदारले महिला सशक्तिकरण र सामाजिक सहयोगका कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गायिका गंगा गौतम आचार्यले प्रस्तुत गरेका गीत–संगीतले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ सु

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २७१ पटक पढिएको
  • सुनसरीको रामधुनी-मन्दिर सडक कालोपत्रे भयो

    सुनसरी | रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिरसम्म पुग्ने मुख्य सडक कालोपत्रे भएको छ। सबडिभिजन वन कार्यालयदेखि मन्दिरसम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे भएको छ ।निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिएको छ जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ। यस सडक निर्माणका लागि रु. ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको थियो ।श्रेष्ठ कन्सट्रक्सन, रामधुनी-६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको थियो । अहिले  उक्त सडक कालोपत्र गर्ने काम श्रेष्ठ कन्सट्रक्सन, ले सम्पन्न गरे

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ४४३ पटक पढिएको
  • पाथीभरा क्षेत्र विकास समितिको ३६ लाखभन्दा बढी बेरुजु बाँकी

    इटहरी । पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फर्स्योट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो । समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१(०७२ देखि आर्थिक वर्ष २०८०(०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्स्योट  हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकम फर्स्योट भएका छन् । हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फर्स्योट  भएको समितिले जनाएक

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २६५ पटक पढिएको
  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो

    इटहरी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको आधारमा ९० दशमलव ५० अङ्कसहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो । नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौं स्थानमा परेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ।व। २०८०र०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रवन्धमा ९, सङ्गठ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २५४ पटक पढिएको
  • लेखर्कका सुत्केरीलाई पोषण सामग्री वितरण

    इटहरी । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]