इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जनताले खोजेको विकल्प र परिवर्तन अनुहारको नभएर विचारको भएको बताउनुभएको छ।
झापा क्षेत्र नं। ३ को प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनु भएका लिङ्देन मतदाताको घरदैलोमा पुग्दै आफूले बिगतमा गरेका वाचा र प्रतिबद्धताभन्दा बाहिर नगएको जनाउदै मत माग्दै आउनु भएको छ। जनताको चाहना र परिवर्तनलाई आत्मसाथ गर्ने पार्टी राप्रपा भएको जनाउदै उहाँ मत माग्दै आउनुभएको छ। आफुहरुसंग डराएर नभएका भ्रामक कुरा सामाजिक सञ्जालमा फैल्याउने काम समेत भइरहेको उल्लेख गर्दै उहाँले जनताको अभिमत परिवर्तन र आफूहरुमा रहने विश्वास प्रकट गर्नुभयो ।


