समाज

    Showing ३,६४१-३,६५० of ९,३७० items.
  • सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि

    इटहरी । मंगलबार साँझदेखि परेको अविरल वर्षापछि धरानको पश्चिमी क्षेत्रमा रहेको सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको सूचनामा मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा रहेको जानकारी दिइएको छ। विभागका अनुसार जलसतह बढेसँगै आसपासका नदी तटीय क्षेत्र तथा होचा भू–भागमा डुबानको उच्च जोखिम उत्पन्न भएको छ। यस कारण खोला नजिकका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २५७ पटक पढिएको
  • दमकमा खोला तर्ने क्रममा बगेर एक बालकको मृत्यु

    इटहरी । खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २४२ पटक पढिएको
  • इटहरी जेसिजद्वारा ‘Transforming Youth: Emotion to Creation’ कार्यक्रम सम्पन्न

    इटहरी | २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इटहरी जेसिजले इटहरीस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा ‘Transforming Youth: Emotion to Creation’ नामक विशेष प्रशिक्षण कार्यक्रम गरेको छ ।रोट्रयाक्ट क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरीको सह–आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ प्रशिक्षक तथा उत्प्रेरक वक्ता हरि सिटौलाले प्रशिक्षण दिनुभयो। उहाँले धार्मिक ज्ञानसँगै युवाहरूको मानसिक सुदृढता, भावनात्मक सन्तुलन, सकारात्मक सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उपायहरूबारे विस्तृत रुपमा प्रशिक्षण दिनुभयो। युवाहरूलाई जीवनका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्ने क्षमता विकासमा यस्ता कार्यक्रम अत्यन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २७४ पटक पढिएको
  • पहिरो खस्दा इलामको गोलाखर्क हुँदै झापा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध

    इटहरी । इलाम नगरपालिका ११ को सोयाकस्थित घोर्ले भीरमा पहिरो खस्दा केचना( कञ्चनजंघा सडक मार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खस्दा इलामको गोलाखर्क हुँदै झापा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि उक्त सडक भएर इलामबाट झापा र झापाबाट इलाम आउने सवारीसाधन संचालन हुन नसकेको स्थानीय वसन्त फागोले जानकारी दिनुभयो । लगातार वर्षा हुँदा सडकमा पहिरो खस्नेक्रम जारी रहेको छ । निर्माणाधीन राजमार्गको लोदिया–पुवाखोला खण्डको विभिन्न स्थानमा सडक हिलाम्मे भएपछि सवारी साधन सञ्चालन गर्न समस्या भएको  छ । मेचीराजमार्गको विकल्पको रूपमा रहेको झापा जोड्ने छोटो दुरीको यात्रा उक्त मार्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १८८ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

    इटहरी । पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण गरिएको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुअब्जा दिएर यहाँका दुई वटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १४९ पटक पढिएको
  • राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

    इटहरी । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १ गते निकालिने राधाकृष्णको यात्राका लागि यस वर्ष ६० लाख रुपियाँ खर्चेर नयाँ रथ निर्माण गरिएको छ । जुन रथ निर्माण सम्पन्न भएको राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । विक्रम संवत् १९८८ देखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खट (खाट) मा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रूपान्तरण भएको थियो ।  राधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ भने खटयात्रासहित जोड्दा यस पटक ९५ औँ संस्करणको धार्म

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ३०४ पटक पढिएको
  • १० वर्षे लाइसेन्स कानुन लागू, तर प्राविधिक र कानुनी तयारी अभावमा कार्यान्वयन अलपत्र

    इटहरी । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वैधता पाँच वर्षबाट बढाएर १० वर्ष पु(याउने कानुन बनाए पनि आवश्यक प्राविधिक तथा नीतिगत तयारीको अभावमा त्यसको कार्यान्वयन हुन सकेको छैन । यही साउन १४ गते राजपत्रमा प्रकाशित भई ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा संशोधन लागु भएसँगै लाइसेन्सको अवधि १० वर्ष कायम भएको हो तर यातायात व्यवस्था कार्यालयले पुरानै पाँच वर्षे प्रणाली अनुसार सवारीचालक अनुमतिपत्र जारी गरिरहेका छन् । यसले गर्दा सेवाग्राही र कर्मचारी दुवैमा अन्योलको अवस्था उत्पन्न गरिदिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सरकारले लाइसेन्सको म्याद बढाएर १० वर्ष पु¥याए

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २८२ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा फाइनल प्रवेशका लागि सुनसरी र चर्च ब्वाइजको प्रतिस्पर्धा

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा सुनसरीसँगकोे भेट पक्का गरेका हुन् । भोलिको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबिच

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ३७७ पटक पढिएको
  • १२ कक्षा पास गरेका विद्यार्थीलाई भासी क्याम्पसद्वारा बधाई र सम्मान, स्नातक अध्ययनका लागि आह्वान

    इटहरी । रामधुनी नगरपालिकाका विद्यालयबाट यस वर्ष कक्षा १२ उत्र्तिण गरेका विद्यार्थीलाई भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसले स्नातक तहको अध्ययन क्याम्पसबाटै सुरु गर्न आग्रह गरेको छ । रामधुनी नगरभित्र स्नातक तहसम्मको अध्ययन हुने एक मात्र भासी क्याम्पसले मंगलबार आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा यस्तो सन्देश दिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीलाई खादा, माला र अविरले सम्मान गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिइएको छ । विगतमा आफ्नै भवन नहुँदा स्कुलको भवनमा कक्षा सञ्चालन गर्दै आएको भासी क्याम्पसले यहि साउन १ गतेदेखि आफ्नै भवनबाट पढाइ सुरु गरेको हो । वडा नं. ३ मा करिब १० कट्टा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३१८ पटक पढिएको
  • अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, विकास र पारदर्शितामा जोड

    इटहरी । भोजपुरको अरुण गाउँपालिकामा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका केन्द्र प्याउलीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१ र ८२ को प्रगति विवरण तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना र कार्यक्रमबारे जानकारी दिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गाउँपालिकामा हालसम्म सञ्चालन भएका योजना, नीतिगत निर्णय तथा उपलब्ध प्रगतिबारे जानकारी गराउँदै सार्वजनिक सुनुवाईको औचित्य स्पष्ट पार्नुभयो। लेखापाल सिताराम आचार्यका अनुसार, आर्थिक वर्ष २०८१ र ८२ मा कुल विनियोजित बजेटको ८४ दशमलव ९५ प्रतिशत रकम पूँजीगत र चालु क्षेत्रका गतिविधिमा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]