इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, युवा प्रभागले ‘नवीन युवा, आध्यात्मिक चेतना: भित्री शान्ति अनि बाहिरी सफलता’ शीर्षकमा कार्यक्रम सम्पन्न गरेको छ । सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रम विशेषतः युवाभित्र अन्तर्निहित सुख–शान्ति जीवनको सफलता अनि उत्प्रेरणा माथि आधारित थियो । कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका ब्रह्माकुमारी शारदा दिदी, वरिष्ठ प्रशिक्षक एवं उत्प्रेरक वक्ता हरि सिटौला, इटहरीको विश्व आदर्श कलेजका प्राध्यापक गणेश दुलाल लगायत अरु थुप्रै विशिष्ट एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्
इटहरी | इटहरी लेडिज जेसीज, ओरेक नेपाल युवा केन्द्र र तरङ्गिनी फाउन्डेसन महिला संजालको संयुक्त आयोजनामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘राजनीतिमा युवा महिला सहभागिता : अवसर र चुनौती’ विषयक प्यानल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम इटहरी वडा नं. ८ स्थित युवा विकास केन्द्रको सभाहलमा इटहरी लेडिज जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। संयोजक ममता पराजुली रहनुभएको उक्त कार्यक्रममा दिगो विकास लक्ष्य र स्थानीय युवाको सक्रिय सहभागिताबारे विशेष छलफल गरिएको थियो।प्यानलमा कवि, राजनीतिकर्मी तथा प्राज्ञिक व्यक्तित्व मनु मञ्ज
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी धेरैभन्दा धेरै नाफा कमाउन सक्ने भन्दै भ्रामक सूचना प्रवाह भइरहेको सीआईबीले जनाएको छ । यो एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ । सीआईबीले ‘नेप्से एआई’ लगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरू क्लिक, ड
इटहरी : नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी अहिले गुमनाम अवस्थामा छन् । २०७४ को निर्वाचन पछि पत्रकार र नेताहरूलाई गालीगलौज गरेर चर्चामा आएका उनी अहिले पुनः नेताहरू विरुद्ध खनिने तयारीमा देखिएका हुन् ।नेकपा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेर पुनः एमालेमै फर्किएका उनी पार्टीबाट कारबाहीमा पर्ने भएका छन् । मङ्गलवार र बुधवार धनकुटामा बस्ने एमाले प्रदेश कमिटीको बैठकबाट कारबाहीमा पर्ने भएपछि उनले पत्रकार सम्मेलन नै गरेर विभिन्न आरोप लगाउने तयारी गरेका हुन् । पार्टीको कोशी प्रदेश कमिटीले २०८१ मङ्सिर २० गते चौधरीसँग पार्टीको हित र नीति विप
इटहरी। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् । जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षकी गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बिषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउतले बताउनुभयो । अध्
इटहरी। पाँचथरको फिदिमदेखि १० दिन अघि चोरी भएको मोटरसाइकल तेह्रथुमबाट बरामद भएको छ । चोरीमा संलग्न भएको आरोपमा धनकुटाका एक र पाँचथरका दुई गरेर तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुरुमा दुई युवकले पाँचथरबाट चोरेर तेह्रथुम पुर्याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले चोरेर मामाघरमा लगेर लुकाएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न धनकुटाका एक युवकसहित तेह्रथुमबाट मोटरसाइकल बरामद गरेको छ । फिदिम बजारका कमल घिमिरेको नाममा दर्ता रहेको प्र। १(०३(००१ प(०७११ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल डिभिजन वन कार्यालयको गेट अगाडि पार्किङमा राखिएको स्थानबाट साउन १६ गते र
इटहरी । इटहरी उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२ र ८३ को बजेट अझै पारित हुन नसक्दा उपमहानगर ‘बजेट होलीडे’मा पुगेको छ। विवादको मूल कारण सामुदायिक विद्यालयका लागि ७ वटा नयाँ बस खरिदको प्रस्ताव हो। नगर प्रमुख हेमकर्ण पौडेलले ७ वटा नयाँ बस खरिद गर्ने योजना अघि सारेका छन्। उनका अनुसार यसले विद्यार्थीलाई सहज आवागमन सुविधा पुर्याउनेछ। तर, उप–प्रमुख संगीता चौधरीले आवश्यकता र प्राथमिकताको आधारमा योजना छनोट गर्नुपर्ने भन्दै विरोध जनाइन्। अहिलेसम्म स्तरोन्नति हुन नसकेका आधारभूत विद्यालयहरू छन्। सम्पन्न विद्यालयलाई मात्र सुविधा पुर्याउने निर्णय न्यायसंगत हुँदैन,” उनले भनिन्। मतभेद चर्किँदै गएपछि बजे
इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा १ जना महिलाको मृत्यु भएको छ । घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा श्रीमती ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी दुर्बीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अवस्था गम्भीर बन्दै गएका बेला सोमबार आफन्तले आफूखुसी घरतिर लिएर गएका थिए । घर लैजाँदै गर्दा साँझ बाटैमा उनको मृत्यु भएको डीए
इटहरी । इटहरी उप–महानगरपालिकाको नेतृत्वलाई असक्षम, अदूरदर्शी र दलगत गुटबन्दीबाट प्रेरित भएको आरोप लगाउँदै इटहरीका विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले संयुक्त रूपमा नगर प्रमुख हेमकर्ण पौडेललाई खबरदारी पत्र बुझाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल भावना अनुसार सामाजिक न्याय, सुशासन, समानुपातिक समावेशीता र आर्थिक समानताको लक्ष्य पूरा गर्नुपर्नेमा नगर सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस योजना ल्याउन असफल भएको भन्दै उनीहरूले आक्रोश प्रकट गरेका छन्। यसमा नेकपा (माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), संयुक्त पहिचानवादी मोर्चा, र
इटहरी । पाँचथरमा आर्थिक वर्ष २०८१ र८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् । विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गत आवको एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन् । गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए। घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.