इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्ला कमिटीको अध्यक्षमा पूजा भट्टराई सर्वसम्मत चयन भएकी छन्।

इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न जिल्ला अधिवेशनबाट भट्टराई अध्यक्षमा चयन भएकी हुन्। कार्यक्रम राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अधिवेशनले सचिव पदमा मेघा खड्कालाई चयन गरेको छ। इटहरी नगर अध्यक्ष भएर कुशलताका साथ आफ्नो सफल कार्यकाल सम्पन्न गरिसकेकी भट्टराईले जिल्लाको नेतृत्व कुशलताका साथ गर्न सक्ने विश्वास लिएको केन्द्रीय अध्यक्ष  सुजना जोशीले बताइन् । व्यवसायिक हितसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको युनियनले आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि परिषद् उपप्रमुख गंगा तामाङ, केन्द्रीय महासचिव ममता प्रधान, प्रदेश अध्यक्ष कलाडाँगी, प्रदेश सचिव अमिता पौडेल, इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा, इटहरी लेडिज क्लबकी अध्यक्ष यमुना बुढाथोकी, निवर्तमान अध्यक्ष लक्ष्मी बराललगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नव–निर्वाचित अध्यक्ष भट्टराईले सौन्दर्यकर्मीहरूको हक, अधिकार तथा पेशागत मर्यादाका लागि युनियनले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै आगामी दिनमा पनि अधिकार संरक्षण र प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले संगठनलाई थप सुदृढ बनाउँदै पेशागत समस्या समाधान र सौन्दर्यकर्मीहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन्।