समाज

    Showing ३,६६१-३,६७० of ९,३७० items.
  • समाज नकारात्मकतर्फ आकर्षित, सोच परिवर्तनको बेला आएको मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हाम्रो समाज धेरै जसो नकारात्मक तर्फ बढी रहेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेपालको अहिलेको सन्दर्भमा मिडिया, सामाजिक सञ्जालहरु लगायत हाम्रो अभिव्यक्तिहरु समेत हेर्दा हामी नकारात्मक तर्फ बढी आकर्षित भइरहेको देखिएको उहाँले बताउनुभयो । यसको अर्थमा नकारात्मक मात्र भन्ने होइन हामी बढी मात्रमा कता तिर छौं भन्ने तर्फ सोच्नेबेला भएको र हाम्रो सोचलाई पनि बदल्ने बेला भएको उहाँले बताउनुभयो ।धरानको विकासका लागि सबै पाटीहरु एक भएर लाग्नुपर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २९४ पटक पढिएको
  • फिदिम सामूहिक बलात्कार आरोपमा पाँच युवक पुर्पक्षका लागि थुनामा

    इटहरी । पाँचथर जिल्ला अदालतले पाँचथरको फिदिममा असार २८ गते एकजना युवती माथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँच युवकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायधि कुमार मास्केको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सदरमुकाम फिदिमकै ०२–८१र८२ ९२९० लाई होटलमा बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँचथर फिदिम निवासी अनिल योङहाङ, सन्जय तामाङ र उमेश तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उनीहरुले गत असार २८ गते फिदिमको मेन रोडस्थित होटल बाटिकामा आफुलार्ई सामूहिक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २५७ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्दै

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्ने भएको छ । गत वर्ष सम्पन्न भएको दोश्रो ताप्लेजुङ गोल्ड कपको उपविजेता सिराहा र पाँचथरबिच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो । गत वर्षको उपविजेता बनेको सिरहाले यस वर्षको उपाधि आफ्नो पोल्टामा पार्ने दाबी सहित खेलाडी मैदानमा उतार्दै छ । पाँचथरले पनि अब्बल टिमसँग आफ्नो प्रतिष्पर्धा भएकाले अनुभवी खेलाडीलाई टिममा समावेश गरेको जनाएको छ । आजको खेल सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पुरा हुनेछ । सुनसरीको द योङ ब्रदर्श इटहरी, झापाको रेड स्टार फुटब

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३४७ पटक पढिएको
  • सप्तकोसी नदीमा पानीको बहाव बढेपछि १९ ढोका खुला

    इटहरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो । 

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २५० पटक पढिएको
  • कोशी प्रदेशमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि बिमा कार्यक्रम

    इटहरी । कोशी प्रदेशका पाँच जिल्लामा बढ्दै गएको हात्ती–मानवबिचको द्वन्द्वका कारण स्थानीयवासीमा देखिएको हात्तीविरोधी भावना न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले बिमा कार्यक्रम अगाडि बढाएको छ । चालु आर्थिक वर्षदेखि नमुना परियोजनाका रूपमा झापाबाट बिमा कार्यक्रम कार्यान्वयन गर्ने गरी झापा डिभिजन वन कार्यालयका नाममा ५० लाख रुपियाँ स्वीकृत भइसकेको छ । कार्यक्रमको मोडालिटीबारे बिमा प्राधिकरण र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीबिच छलफल भइरहेको मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो । अब बिमा कार्यक्रम लागु हुने  नगरपालिका, डिभिजन वन कार्यालय, बिमा प्राधिकरण र बिमा कम्पनीबिच

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २३२ पटक पढिएको
  • इटहरीका मेयरको बचाउ गर्दै उपमेयर विरुद्ध द्वारीकलाल, आरोप पुष्टि गर्न उपमेयरको चेतावनी

    इटहरी : इटहरी उपमहानगरपालिकामा बजेट होलीडेको कारण उपमेयर भएको पूर्वमेयर द्वारीकलाल चौधरीले आरोप लगाएका छन् । नेकपा एमालेका नेताहरू विरुद्ध लागेका एमाले पार्टी र उपमेयर सङ्गीता चौधरी गैरजिम्मेवार भएको कारण बजेट होलीडे भएको बताएका हुन् ।उपमेयर चौधरीको व्यक्तिगत स्वार्थले बजेट आउन नसकेको दाबी गरेका उनले मेयर हेमकर्ण पौडेलको बचाउ गरेका छन् । पूर्व मेयर द्वारीकलाल चौधरीले उपमेयर चौधरीले आफ्नो स्वार्थको लागि केही करोड मागेको र त्यो रकम नपाएपछि विरोध जनाएको बताएका छन् । एमालेको दम्भको कारण बजेट रोकिएको उनको भनाइ छ ।इटहरी उपमहानगरले गत असार १० गते २ अर्ब ५५ करोडको बजेट पेश गरे पनि पास हुन सकेको छैन ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३२५ पटक पढिएको
  • अटिजम बिरामीलाई इटहरीको केयर सेन्टरभित्रै कुटपिट !

    सुनसरी : इटहरीमा अटिजम बिरामी बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उप–महानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रा.लिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले कुटपिट गरेका हुन ।           घटना साउन २३ गते शुक्रवार भएको बालकका आफन्तले बताएका छन् । साउन १५ गते मात्र सेन्टरमा भर्ना गरिएका बालकलाई सन्चो नभएको भन्दै सेन्टरबाट फोन आएपछि परिवार सेन्टर पुग्दा बालकको हात, ढाड, पाखुरा र तिघ्रामा चोटै चोट देखिएको थियो । अटिजम बिरामी भएकाहरूको स्वभाव अन्य बालबालिका भन्दा फरक हुने कारण स्याहार-सुसार राम्रो हुने भ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३३५ पटक पढिएको
  • रविलाई बैंक जमानतमा रिहा गर्न अस्वीकार

     रुपन्देही । सहकारी ठगीमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहनुभएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न अदालतले अस्वीकार गरेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाको इजलासले निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश गरेको सुचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो । सभापति लामिछानेले आफ्नो भागको बिगो तिर्ने भन्दै मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक ग्यारेन्टीसहितको निवेदन दिनुभएको थियो । लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अद

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३१७ पटक पढिएको
  • मोरङ कारागारमा नयाँ भवन सञ्चालन, कैदीबन्दीको बसोबास सहज

    इटहरी । विराटनगर स्थित मोरङ कारागारमा पुरुष र महिला कैदी बन्दी राख्न नयाँ भवन निर्माण भए संगै कैदीबन्दीलाई पछिल्लो समय बसोबास सहज भएको कारागार प्रशासनले जनाएको छ । मोरङ कारागारमा २ सय ५० जना क्षमताको एउटा पुरुष कारागार र ५० जना क्षमताको महिला कारागार भवन रहेको थियो । करिब साढे ३५ करोड रुपैया लागतमा २ सय १८ जना क्षमताको पुरुष कारागार र ९९ जना क्षमताको महिला कारागार बनाइएपछि कैदीबन्दीलाई पहिलेको भन्दा केही सुविधा पुगेको कारागार प्रशासनले जनाएको हो । नयाँ पुरुष कारागार भवनमा ४ सय २२ जना र पुरानो भवनमा ६ सय २४ जना गरी १ हजार ४६ जना कैदीबन्दीलाई राखिएको मोरङ कारागारका प्रशासक गौरव ढुंगेलले जानकारी

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३३२ पटक पढिएको
  • इटहरीमा ग्लोबल एजुकेशन एक्पो २०२५ सम्पन्न

    इटहरी । नेपालमा भरपर्दो तथा शैक्षिक परामर्श सेवामा अग्रणी मानिने ओली एन्ड एसोसिएट्स एजुकेशन कन्सल्टेन्सी, इटहरी शाखाले ग्लोबल एजुकेशन एक्स्पो २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । इटहरी स्थित आफ्नै कार्यालयमा सोमबार सम्पन्न भएको ग्लोबल एजुकेशन एक्पो २०२५ मा विदेश जाने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिईएको थियो ।  ओली एन्ड एसोसिएट्स इटहरीका ब्रान्च म्यानेजर  राजेश कुमार शाहका अनुसार एक्पोमा दुई सय भन्दा बढी बिद्यार्थीहरुले बैदेशिक अध्यायनका लागि परामर्श लिएका छन्। विगतका बर्षहरुमा झैँ यस बर्ष पनि उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा, बेलायत ,संयुक्त राज्य अमेरिका, फ्रान्स र न्यूजील्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]