समाज

    Showing ३,६८१-३,६९० of ९,३७० items.
  • बस र माइक्रो ठोक्किँदा घटनास्थलमै तीन जनाको मृत्यु

    इटहरी । सुनसरीमा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच(बलुवा चौक) मा सडक दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । राजविराजबाट विराटनगर जाँदै गरेको माइक्रो र काकडभिट्टाबाट आइरहेको बस एकआपासमा ठोक्किँएर दुर्घटना भएको छ । १२ जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २१८ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इटहरीको दोस्रो अधिवेशन द्वारा खगेन्द्र कट्वाल अध्यक्षमा निर्वाचित

    इटहरी | नेपाल खेलकुद महासंघ इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशनबाट खगेन्द्र कट्वाल सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनको अध्यक्षता ढुण्डीराज गुरागाईंले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहेका थिए।नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष भरत केसी र रन्जु मगर, सचिव सन्तोष तिम्सिना, उपसचिव; आनन्द आचार्य र सुमित थापा रहेका छन्। सदस्यमा सुमन कार्की, मनिश कार्की, जीवन बराल, आस्था खड्का, विरेन्द्र भण्डारी र यामकुमार राई लगायत १६ सदस्य कार्यसमिति चयन भएका छन्।अध्यक्ष कट्वालले जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको संस्थ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३३० पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाद्वारा दोस्रो तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्थाले दोस्रो तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विकाश भण्डारीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कलाकार सुपर सुरेश (कार्की) सहित कल्पना तामाङ, सिम्ला धिताल र टेनिसा परियारले  साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । सहभागी महिलाहरू परम्परागत भेषभूषामा सजिएर तीजको उल्लासमय गीत, नृत्य र रमाइलोमा सहभागी भएका थिए । प्रमुख अतिथि चौधरीले तीज केवल नाचगान र रमाइलोको पर्व मात्र नभई संस्कार, सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएकाले यसलाई

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ५९३ पटक पढिएको
  • प्राविधिक टोलीद्वारा पथरी शनिश्चरेका विभिन्न सडकहरू कालोपत्रेका लागि निरीक्षण तथा सर्वेक्षण

    इटहरी । मोरङ क्षेत्र नं ३ का सांसद डा.सुनिल कुमार शर्मा र प्रदेश सांसद मान बहादुर लिम्बुको पहलमा अर्थिक बर्ष २०८२÷०८३ को लामाटोली देखि भोटेघुम्ती सम्म ६ मिटर चौडाइको सडकमा कालोपत्रे गरिने भएको छ । आईतबार उक्त सडकको स्थानीय, प्रदेश तथा सङ्घीय प्राविधिक टोलीसहित जनप्रतिनिधिहरूले  निरीक्षण तथा सर्बेक्षेण गर्ने कार्य सम्पन्न गर्नुभएको हो । त्यस्तै, निरीक्षण तथा सर्वेक्षणका क्रममा पथरी शनिश्चरे बजार भित्रका कालोपत्रे सडक निर्माणको लागि जनआन्दोलन चोकदेखि पुरानो वाणिज्य बैंकसम्म , बि.पी. चोकदेखि आरति सहकारी संस्थाको भवन सम्म, गोर्खा गल्लीदेखि पुरानो फिल्म हल हुँदै धिमाल चोकदेखि एभरेष्ट स्कुल सम्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ३११ पटक पढिएको
  • रोट्रयाक्ट क्लब अफ इटहरीले आफ्नो १८ औं पदस्थापन कार्यक्रम सम्पन्न

    इटहरी । रोट्रयाक्ट क्लब अफ इटहरीले आफ्नो १८औं पदस्थापन कार्यक्रम  सम्पन्न गरेको छ । रोटरी वर्ष २०२५–२६ का लागि अध्यक्षमा सितल धिताल निर्वाचित भइसक्नुभएको छ । नवनिर्मित कार्यसमितिमा उपाध्यक्ष मेघा बराइली , सचिव जेनिसा जुनेरा,  कोषाध्यक्ष प्रदोस ढकाल, सदस्यहरू विवस पराजुली र संजय ठाकुर, सहसचिव अनुप्रास विष्ट, क्लब प्रशासक अध्यक्ष अंकिता चौहान, ट्राफ चेट अर्जुन धमला लगायत २० जना सदस्य रहनुभएको छ । साथै, ७ जना सल्लाहकारको समेत सहभागिता रहने गरी विस्तारित समिति गठन गरिएको हो। यस अवसरमा रोटरी वर्ष २०२४–२५ का अध्यक्ष देभराज काफ्लेलाई संस्थामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपू

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ६०५ पटक पढिएको
  • धनकुटामा पिकअप दुर्घटना ,घाइतेको सङ्ख्या २१ पुग्यो

    इटहरी । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को।२ च।२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो । घाइते हुनेहरुमा ८ बस्ने १४ वर्षीया सविना डङ्गोल ६४ वर्षीया चन्द्र भक्त डङ्गोल, टेकनाला बस्ने ३५ वर्षीया हरिबहादुर डङ्गोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीया गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका(८ बस्ने ७२ वर्षीया मोहन डङ्गोल, सोही स्थान बस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा(७ बस्ने २७ वर्षीया राम श्रेष्ठ र ३८ वर्षीया जितबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थाप

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ३१५ पटक पढिएको
  • धनकुटामा पिकअप दुर्घटना,१७ जना घाइते, तीन गम्भीर

    इटहरी । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा।२ च।२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी पिकअपमा सवार २१ जना सवार थिए । जसमध्ये १७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइते हुनेहरुमध्ये तिनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • २९२ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबिच प्रतिस्पर्धा हुने

    इटहरी । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबिच प्रतिस्पर्धा हुने भएको छ । क्वाटर फाइनलअन्तर्गत आइतबारको दास्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको हो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि दुवै टिमले राष्ट्रिय खेलाडीलाई मैदानमा उतार्ने भएका छन् । आज विजयी सुरुआत गर्ने टिमले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।यस्तै हिजो सम्पन्न भएको पहिलो उद्घाटन खेलमा आयोजक तेल

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ३२१ पटक पढिएको
  • ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत

    इटहरी । ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो । आयोजक लाखे जात्रा सञ्चालक समितिले छिमेकी राष्ट्र भारतको सिक्किमबाट विशेष रूपमा कलाकारहरू ल्याएर यो नृत्य प्रस्तुत गरेका थिए । सिंघी नृत्य हिम चितुवाको प्रतीकात्मक रूपसँग सम्बन्धित सिक्किमको मौलिक नृत्यको रुपमा लिन सकिन्छ । जसले हिमाल, प्रकृति र संरक्षणको सन्देश दिने गर्दछ । विशेष पोशाक र मुखौटा लगाएर प्रस्तुत गरिने यो नृत्य निक्कै आकर्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ३९० पटक पढिएको
  • रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदै

    इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व शनिबार देशभर नयाँ पवित्र धागो जनै एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ । यस दिन वैदिक सनातन धर्मावलम्बीले बिभिन्न मन्दिर, नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने प्रचलन छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा

    • प्रकाशित मितिः साउन २४, २०८२
    • २९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]