इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका  धनकुटाबाट ११ वटा राजनीतिक दलले मनोनयन दर्ता गराउँदै छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरुका लागि तोकिएको समयमा मनोनयन दर्ता गराउँदै छन् । मनोदयन दर्ताका लागि नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युष्टि पार्टी ९एमाले०, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी ९विप्लप०, जनता समाज पार्टी नेपाल र मंगोल नेशनल अर्गनाइजेशन रहेका निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी शुरज श्रेष्ठले जानकारी दिनुभयो । मनोनयन दर्ताका लागि राजनीतिक दललाई निश्चत् समय निर्धारण गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । त्यसो त कार्यालयले दलका लागि मनोनयन दर्ताको समय सोमबार नै सूचना जारी गरी सार्वजनिक गरेको थियो । धनकुटाबाट प्रतिनिधिसभाका लागि राजनीतिक दल साथै स्वतन्त्र उम्मेदवारहरूका लागि अलग–अलग समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलसँग आग्रह समेत गरेको छ । मनोनयन दर्ताका लागि आउँने राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई तोकिएको समय साथै रुटको पालना गर्न समेत आग्रह अनुरोध गरिएको छ ।