इटहरी । नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस सुनसरीले चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजे उम्मेदवारको मनोनयन दर्ता गराउने भएको हो ।

पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुजेन्द्र तामाङ, २ मा राजीव कोइराला, ३ मा वेदनारायण गच्छदार र  मा ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । यसैगरी, नेकपा सुनसरीले पनि यहाँको चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजे मनोनयन दर्ता गर्दैछ ।

पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्य भट्टराई ९मनोज०, २ मा रामकुमारी चौधरी ९रोजिना०, ३ मा दुर्गेशकुमार चौधरी र ४ मा महफुज अन्सारीलाई उम्मेदवार बनाएको छ ।