समाज

    Showing ३,७४१-३,७५० of ९,३७० items.
  • राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमनमा प्रधानमन्त्री कार्यालय सक्रिय

    इटहरी | राष्ट्रिय गौरवका आयोजनाहरूको समयमै सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेदेखि नै विशेष अनुगमन र प्रगति विवरण सङ्कलन कार्यलाई तीव्रता दिइएको छ । यसै क्रममा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव बिनोद कुँवरको नेतृत्वमा आएको टोलीले काँकडभिट्टादेखि इटहरी र कञ्चनपुरसम्म निर्माणधीन सडक खण्डहरूको स्थलगत अनुगमन सहीत छलफल गरेको छ । टोलीले इलाम, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका डिभिजन प्रमुखहरूसँग इटहरीमा छलफल गरेको हो । छलफलमा आयोजनाका रेकर्ड, आवश्यकता र चुनौतीहरु बारे जानकारी लिइएको थियो। डिभिजन प्रमुखहरूले आयोजनालाई

    • प्रकाशित मितिः साउन २०, २०८२
    • २९५ पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा

    इटहरी । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका हुन् । बेलका–२, ३, ६ ८ र वडा नं ९ सप्तकोशी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनु

    • प्रकाशित मितिः साउन २०, २०८२
    • २३६ पटक पढिएको
  • कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

    इटहरी । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा बसेको बैठकमा प्रदेशको समग्र शान्तिसुरक्षा, विपत् व्यवस्थापन र सीमा सुरक्षाको अवस्थाबारे गहन छलफल गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार हाल देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने कार्य र सीमा सुरक्षा सुदृढीकरणका उपायमाथि विस्तृत छलफल गरिएको छ । बैठकको अध्यक्षतासमेत गर्नुभएका कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशमा थप

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ३५४ पटक पढिएको
  • सप्तकोशी नदीमा बालुवा थुप्रिँदै सतह उच्च, धार परिवर्तनले स्थानीय त्रसित

    इटहरी । सप्तकोशी नदीमा हिउँदमा देखिने बालुवाका टापु वर्षासँगै बढेको पानीको सतहले छोपिएर देखिन छाडेका छन् । नदीमा बालुवाको सतह प्रत्येक वर्ष वृद्धि हुँदै जाँदा हिउँदमा बालुवाका टापु देखिने र वर्षामा पानीको सतह बढेर ती टापु पुरिने गरेका छन् । नदीमा बालुवाको सतह बढ्दै जाँदा नदीले आफ्नो धार परिवर्तन गर्दै आएको नदीसँगै लुकामारी खेलेर हुर्किएकाले बताएका छन् । वराहक्षेत्र–१० का ८६ वर्षीय कृष्णप्रसाद नेपालले आफूले बालापन र युवावस्थामा देखेको नदीको स्वरूप हालको स्वरूप जस्तो नरहेको बताउनुभयो । नदीमा प्रत्येक वर्ष बाढीसँगै थुप्रिने बालुवा र गेग्य्रानको टापुले नदीको सतह पुरिँदै आएको छ । सतह पुरिँदा सानो ब

    • प्रकाशित मितिः साउन २०, २०८२
    • १७३ पटक पढिएको
  • ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    इटहरी । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका  उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको  घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का

    • प्रकाशित मितिः साउन २०, २०८२
    • २५० पटक पढिएको
  • पथरीक‍ो रेडस्टार मा.वि.का २ विद्यार्थीले ३.९६ जीपीए हासिल

    पथरी  | मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा अवस्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्दै नगर क्षेत्रमा सर्वोत्कृष्ट विद्यालयको रूपमा आफुलाई पुनः स्थापित गरेको छ।सोमबार साँझ सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजामा सो विद्यालयका दुई जना विद्यार्थी — चन्दन शाह र प्रबिन कट्टेल — ले समान ३.९६ जीपीए हासिल गरेका छन्।यस्तै, मनिषा पोखरेल र प्रमिश रिजालले ३.९२ जीपीए प्राप्त गरेका छन् भने प्रकाश राजभण्डारीले ३.८२ जीपीए ल्याएका छन्।विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४१७ पटक पढिएको
  • इटहरीमा प्रिमियम इलेक्ट्रिक SUV–Coupe ‘BYD Sealion 7’ सार्वजनिक

    इटहरी | इटहरीमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अटो ब्रान्ड BYD (वि वाइ डि) ले नयाँ प्रीमियम इलेक्ट्रिक SUV–Coupe ‘BYD Sealion 7’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त र आकर्षक डिजाइनमा निर्माण गरिएको सो कार अब इटहरीस्थित BYD शो–रूममा बिक्रीका लागि उपलब्ध भएको छ।BYD Sealion 7 कम्पनीको नयाँ उत्पादनमध्ये एक हो, जुन उन्नत डिजाइन, उच्च प्रविधि, बलियो प्रदर्शन, दीर्घ दूरीको यात्रा क्षमता र भरपर्दो सुरक्षा प्रणालीले सुसज्जित छ। यो BYD ब्रान्ड अन्तर्गत नेपालमा उपलब्ध हुने पहिलो SUV मध्ये एक हो।गाडी सार्वजनिक कार्यक्रममा ओमेगा मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक रोशन कपुरीले गाडी “S

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ७१० पटक पढिएको
  • कोशीको ५३ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ

    इटहरी | कोशी प्रदेशको कुल खेतीयोग्य जमिनको ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको पाइएको छ ।कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार सिँचाइ पुगेको जमिनमध्ये पनि वर्षभर सिँचाइ हुने क्षेत्रफल ३७.३ प्रतिशत मात्रै हो । मन्त्री एकराज कार्कीका अनुसार प्रदेशमा कुल ५ लाख ९४ हजार ६ सय १६ हेक्टर जमिन सिँचाइ योग्य भए पनि हालसम्म ३ लाख १८ हजार ७ सय ३५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा विस्तार भएको छ ।त्यो मध्ये ३७.३ प्रतिशत क्षेत्रफलमा मात्र बार्षिक सिँचाइ सेवा उपलब्ध रहेको छ । २०७५ सालदेखि हालसम्म १६ हजार ७ सय ३५ हेक्टर क्षेत्रमा नयाँ सिँचाइ स

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३६६ पटक पढिएको
  • कोशी प्रदेशमा अझै ११ प्रतिशत खेत रोपाइँ हुन बाँकी

    इटहरी । समयमा पानी नपर्दा कोशी प्रदेशमा अझै ११ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । कोशी प्रदेशका १४ जिल्लामा २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म २ लाख ४६ हजार ६५ दशमलव ४४ हेक्टरमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका निमित्त निर्देशक टोनी बर्देवाका अनुसार कोशीमा हालसम्म ८९ दशमलव ३ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ९५ दशमलव १ प्रतिशत रोपाइँ भएको थियो । कोशी प्रदेशमा सघन रुपमा धान खेती हुने झापा, मोरङ र सुनसरी जिल्लामा धान रोपाइँ सन्तोषजनक रुपमा हुन सकेको छैन । मोरङमा ९२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९८ प्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ३८३ पटक पढिएको
  • मावाखोला पुलको पूर्वी भाग भत्किँदै, झापा–मोरङ आवागमन प्रभावित

    इटहरी । झापाको दमक १० सेतुमारीसँग मोरङको उर्लाबारी आमबारी सिंजुवा कृषि सडकलाई जोड्ने मावाखोला पुलको पूर्वी भाग भत्किन थालेको छ । पुलको दायाँ बायाँबाट लगातार माटो झर्न थालेपछि हाल पुलबाट मुस्किलले मोटरसाइकल र अटोमात्र ओहोर दोहोर गरिरहेका छन् । विराटनगर र दमकलाई छोटो दूरीले जोड्न २०७१ सालको चैतमा यो पुलको शिलान्यास भएको थियो । ढिलो गरी निर्माण सम्पन्न पुल ७५ दशमलव ४५ मिटर लम्बाइको छ । पुल बनेर पनि चार वर्षसम्म यो पुलले मोरङसँग सम्पर्क स्थापना गर्न सकेको थिएन । पुल पश्चिमतर्फको झण्डै ५ सय मिटर लामो पहुँच मार्ग नबन्दा स्थानीयका लागि पुल ‘लङ्काको सुन’ जस्तै बनेको थियो । पुल निर्माण भएको पाँच वर्षपछ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • २७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]