इटहरी । लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्वी नेपालका मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (सोमबार) बिहान ९ बजे दिएको अद्यावधिक विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। त्यस्तै, पाँचथर जिल्लाको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सवारीसाधनको आवागमन ठप्प भएको जनाइएको छ । पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर कोरिडोर पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ।
इटहरी । सुनसरीको धरानमा तेजाब (एसिड) सेवन गरी सिकिस्त भएका एक पुरुषको आइतबार राति मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको विराटनगरमा उपचारका क्रममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेलगत्तै उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। प्राथमिक उपचारपछि थप जटिल उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचार
इटहरी | नेपाल पत्रकार महासंघ, सुनसरी शाखाको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता गरिएको छ। हालै पत्रकारितामाथि बढ्दो दमन र अभिव्यक्ति स्वतन्त्रतामाथि देखिएको हस्तक्षेपका विरुद्ध आवाज बुलन्द गर्न पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, शिक्षाविद्, साहित्यकार, कलाकार, युवा तथा राजनीतिक दलका प्रतिनिधिहरूले उल्लेखनीय उपस्थिति जनाएका थिए।कार्यक्रमको उद्घाटन पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षता तथा महासंघका केन्द्रीय प्रतिनिधिको विशेष उपस्थितिमा गरिएको थियो। सभा स्थलमा ‘प्रेस स्वतन्त्रता कुण्ठित
इटहरी । ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा आउँदो साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितमा सहभागी टोलीमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा सहभागी हुनेछन् । यस्तै, द योङ ब्रदर्स क्लब इटहर
इटहरी । ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् । जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान कारबाहीमा परेका छन् । यस्तै, एकसय सातवटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँचसय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा भने एक हजार तीनसय सव
इटहरी । बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौँ हिँड्नुभएको छ। सिंहदरबार अगाडि भोक हड्ताल गर्ने घोषणा गर्नुभएकोमा प्रमुख भट्टराई बाँस र बाँसबाट निर्माण भएका सामग्री लिएर आइतबार काठमाडौँ प्रस्थान गर्नुभएको हो। नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग राख्नुभएको छ। आर्थिक समृद्धिका लागि बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको माग गर्दै मेयर भट्टराईले काठमाडौं पुगेर साउन ११ गतेदेखि
इटहरी । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१(८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो । जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्या
इटहरी । साउनको पहिलो साता सकिन लाग्दा समेत धनकुटामा करिब ५३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस बर्ष रोपाइँ कम भएको जनाएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४९३८ दशमलब ८९ हेक्टर धान हुने खेतीयोग्य क्षेत्रफल रहेको छ । जसमध्ये हालसम्म ५३ प्रतिशत अर्थात् २६१७।६१ हेक्टरमा मात्र रोपाइँ सकिएको छ । जिल्लाका अधिकांश रोपाइँ हुने स्थानमा सिचाइँभन्दा पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले बेलैमा रोपाइँ हुन नसकेको हो । पर्याप्त पानी नपर्नाले धनकुटमा ४७ प्रतिशत अर्थात् २३२१।२८ प्
इटहरी । सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र मन्दिर निर्माण भइरहेको पाथीभरा माताको मन्दिरको प्रवेश स्थलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। युवा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले निर्माणाधीन पाथीभरा माताको मन्दिर नजिकै राष्ट्रिय गौरवको प्रतीक नेपाली झण्डा फहराएका हुन्। माताको दर्शन गर्न आउजाउ गर्ने जो कोहीलाई पनि मंदर नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने अभियन्ता चौलागाईले जानकारी दिए। राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनले विश्वास व्यक्त गरे । भियन्ता चौलागाईको एक इट्टा अभिय
इटहरी । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.