इटहरी । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ३३ औँ स्थापना दिवस अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण गरेर मनाएको छ । पत्रकार महासंघ धनकुटा शाखाले धनकुटा नगरपालिका वडा नं. ४ मा रहेको मदन आश्रित प्रतिष्ठान द्धारा सञ्चालिन बालपुन स्थापना केन्द्रमा रहेका १३ जना बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण गरेको हो । २०४९ साल पुस १३ गते स्थापना भएको नेपाल पत्रकार महासंघले ३३ औँ स्थापना दिवस मनाएको हो। स्टेशनरी तथा फलफूल वितरण गर्दै पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले पत्रकारहरु समाचार मात्रै लेख्ने नभइ सहयोग पनि गर्छन भन्ने सन्देश दिएको बताउनु भयो। कार्यक्रममा बालपुन स्थापना केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष गोपाल गुरागाँईले सानो सानो सहयोग केन्द्र सञ्चालनमा रहेकोले पत्रकार महासंघको सहयोगले पनि राहत मिल्ने बताउँदै पत्रकार महासंघलाई धन्यवाद दिनुभयो । नेपाल पत्रकार महासंघ धनकुटाको २०४९ साल पुस १३ गते सञ्जयसन्तोषी राईको अध्यक्षतामा विष्णुमान श्रेष्ठ, गोपाल अधिकारी, टंकबहादुर राई, राजकुमार दिक्पाल, रमेश अमात्य, लाखमान राई, विजयसन्तोषी राई, सरोज श्रेष्ठ, सुर्यकुमार श्रेष्ठ, देवराज घिमिरे, नविन राई र शारदा सन्तोषी राई सदस्य रहेको संथापक कार्यसमिति चयन भएको थियो। संस्थापकहरु मध्ये विष्णुमान श्रेष्ठको निधन भइसकेको छ । पत्रकार महासंघ धनकुटाको स्थापना दिवसको अवसरमा साँझ दिप प्रज्वलनको कार्यक्रम रहेको पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिनुभयो।


