समाज

    Showing ४,०११-४,०२० of ९,३८७ items.
  • उदयपुरमा पाँचसय मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुुरु

    इटहरी । उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित मदनभण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा लामोतरीको पाँचसय ५७ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुुरु भएको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा अबको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी थानी निर्माणसेवा काठमाडौंले उक्त पुल बनाउन सुरु गरेको हो । वर्षौंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्च जोखिम मोल्दै आएका स्थानीयकाबिच पुल निर्माणको शिलान्यास गरी शुभारम्भ गर्नुहुँदै सो क्षेत्रका सङ्घीय सांसद एवम पूर्व

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २६० पटक पढिएको
  • धनकुटामा भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । सोमबार भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाले साँगुरीगढी गाउँपालिकालाई पुर्जा हस्तान्तरण गरेको हो । गाँपालिकालाई हस्तान्तरण गरिएको धनीपुर्जा साँगुरीगढी गाउँपालिकाका ३ स्थित फुवाफोकका कञ्चन माझी, सुनेत्र माझि र आईतमान माझी रहेका छन् । यस्तै वडा नम्बर ९ स्थित अहालेका दुर्गाबहादुर राई र वडा नम्बर ७ स्थित लेउतीका विष्णुकुमार राई छन् । लालपुर्जा पाउनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री तथा सङ्घीय संसद राजेन्द्रकुमार राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २५६ पटक पढिएको
  • 'तरहरा रन’को ऐतिहासिक उपलब्धि : १०० औं हप्ताको उत्सव उल्लासपूर्वक सम्पन्न

    तरहरा | ‘स्वास्थ्यका लागि दौडौँ, समुदायका लागि जोडौँ’ भन्ने मूल नाराका साथ नियमित रूपमा सञ्चालन हुँदै आएको लोकप्रिय दौड कार्यक्रम ‘तरहरा रन’ ले हालै आफ्नो १०० औं हप्ता सफलता र उत्साहका साथ सम्पन्न गरेको छ। निरन्तर प्रयास, समुदायको साथ, र स्वास्थ्यप्रेमीहरूको सहभागिताले यो दौड कार्यक्रम आज तरहराको परिचय र गौरवको विषय बनेको छ।शनिबार बिहानको शीतल वातावरणमा आयोजित विशेष कार्यक्रमले यो ऐतिहासिक अवसरलाई अझ उत्सवमय र अर्थपूर्ण बनायो। कार्यक्रमका दौरान ईटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, वडा नं. २ की वडाध्यक्ष सुन्दरदेवी, शान्तिनगरका वडाध्यक्ष माधव कोईराला, प्रहरी चौकी तरहराका

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ६५४ पटक पढिएको
  • ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ,गत वर्षको तुलनामा ७ प्रतिशतले कम

    इटहरी । ताप्लेजुङमा ३९.६३  प्रतिशत रोपाइँ भएको छ । यो वर्षको असार २९ गते सम्ममा ताप्लेजुङमा ३९.६३  प्रतिशत धान रोपाइँ  भएको हो । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष ताप्लेजुङमा धान रोपाइँ ७ प्रतिशतले कम भएको छ । गत वर्षको असार २९ गते सम्ममा ४६.३० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार ताप्लेजुङमा कुल पाँच हजार ६६६ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ  हुने गर्दछ ।  अहिलेसम्म दुई हजार २४५ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ भएको छ । विषेशगरि गत वर्षको तुलनामा यो वर्ष वर्षा कम भएका कारण रोपाइँ हुन

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २०७ पटक पढिएको
  • धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा मोटरेबल पुल निर्माण

    इटहरी । धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल निर्माणा गरिएको हो । निर्माणाधीन तीन वटा मोटरेबल पुलको ९५ प्रतिशत काम सकिएको भए पनि बाटोको काम बाँकी रहेको बताइएको छ । बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माणको काम अन्तर्गत पुलहरु निर्माण भइरहेको बताइएको छ । पुल निर्माणमा खटिएको ‘सूर्य एण्ड सन्स निमार्ण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माणको काम ९५ प्रति

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २७५ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरी र भारतका दुई विश्वविद्यालयबीच पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता

    इटहरी | जनता बहुमुखी क्याम्पस, इटहरीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता गरेको छ। असार २४ र २५ गते सम्पन्न सम्झौतामार्फत शैक्षिक, अनुसन्धानात्मक, सांस्कृतिक तथा नवप्रवर्तनमूलक कार्यक्रमहरूमा आपसी सहकार्य गरिने भएको छ।क्याम्पसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त सम्झौताबारे जानकारी गराउँदै सहकार्यका विस्तृत पाटा सार्वजनिक गरेको हो। सम्झौताको मध्यस्थकर्ताका रूपमा सक्रिय भूमिका निर्वाह गरेका डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि उक्त सहकार्यको प्रारम्भिक पहल गरेका थिए। उनका अनुसार भारतका सात प्रमुख विश्वविद्यालयलाई प्रस्ताव पठाइएकोमा पाँचल

    • प्रकाशित मितिः असार ३०, २०८२
    • १,१२६ पटक पढिएको
  • राष्ट्रसङ्घीय खाद्य प्रतिनिधि सिमिजु र कोशी प्रदेश मुख्यमन्त्रीबिच भेटवार्ता

    इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबिच सोमबार भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु सञ्चालन गरेकोमा  धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भेटघाटमा मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापन काममा सहयोग गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि, जलवायु र विपदजस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उप

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३२३ पटक पढिएको
  • पृतनापति ट्रफी–२०८२’ मा श्री नं. १८ बाहिनी अड्डा प्रथम, ८४ पदकसहित पहिलो

    इटहरी ।  पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो । भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं। २१ बाहिनी अड्डा दोस्रो र श्री नं। २ बाहिनी अड्डा तेस्रो भएका छन् । आज सम्पन्न प्रतियोगितामा पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिता

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३३७ पटक पढिएको
  • कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि

    इटहरी । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)ले आइतबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवले तथ्याङ्क सार्वजनिक गर्दै कञ्चनजङ्घा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा एक हजार ८५ जनाले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २३१ पटक पढिएको
  • धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु

    इटहरुी । धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन वा भिडियो कलमार्फत स्वास्थ्य उपचार गर्न सुरु गरिएको हो । विशेषज्ञ डाक्टरले परामर्श, प्राथमिक उपचारसम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधीसम्बन्धी सल्लाहलगायतका स्वास्थ्य सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । यो सेवामार्फत बिरामीले डाक्टरलाई भेटे जसरी नै लाइभ भिडियोमार्फत विशेषज्ञ डाक्टरसमक्ष

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]