इटहरी | नेपाल तरुण दल, प्रदेशसभा क्षेत्र नं. २(क) कार्य समितिको आयोजनामा इटहरी–धरान राजमार्गको डिभाइडर क्षेत्रमा घाँस काट्ने सरसफाइ अभियान सुरु गरिएको छ।इटहरीदेखि तरहरा सम्मको बीचभागमा रहेको डिभाइडरमा बाक्लो र अग्लो घाँस उम्रिएर सडक पार गर्ने यात्रु तथा सवारीसाधनका लागि असहज र असुरक्षित स्थिति सिर्जना भएको जनगुनासो आएपछि "आपगाछि देखि हडगडासम्म" सरसफाइ अभियान सुरु गरिएको हो।प्रदेश समिति अध्यक्ष विवश बिष्टका अनुसार यस अभियानले समुदायमा स्वस्फूर्त सेवा भावना र वातावरणप्रतिको उत्तरदायित्व झल्काउँछ । सहभागीहरूले डिभाइडरमा उम्रिएको झारपात हटाउने, मलखाद हाल्ने, गमलामा बिरुवा राख्ने जस्ता कार्यमा सक्र
इटहरी । उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार युवती घाइते भएकी छन् । प्रहरीका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरप
इटहरी । झापाको अर्जुनधारा नगरपालिका–८ मा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पतिको अर्की युवतीको कोठामा गएको कुराले आक्रोशित भएकी पत्नीले साथीहरूको सहयोगमा आक्रमण गराउँदा २२ वर्षीया गङ्गा राईको ज्यान गएको हो । मृतक गङ्गा अर्जुनधारा नगरपालिका–४ भाङवारीकी स्थायी बासिन्दा हुन्। उनी शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी थिइन् । घटना मङ्गलवार राति करिब ११ः३० बजेतिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ मा बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना पति रमेश भुसाल गङ्गाको कोठामा गएको थाहा पाएप
इटहरी । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ । दीर्घरोगी र ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताउनुभयो । पछिल्लो विवरणअनुसार महानगरपालिका क्षेत्रका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । जसले सङ्क्रमणको लहर पुनः सक्रिय हुने सङ्केत गरेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
इटहरी । असारको अन्तिम सातासम्म पनि औसतभन्दा कम पानी परेपछि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत भवानी बस्नेतका अनुसार गत वर्ष असारको २१ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा ३४ दशमलव ४३ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा ५ प्रतिशत मात्र कम रोपाइँ भएको सरकारी तथ्याङ्क भए पनि फिल्डमा तथ्याङ्क अनुसार रोपाइँ हुन नसकेको किसानको भनाइ छ । निर्देशनालयले मोरङमा ३१ दशमलव ५० प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्ष मोरङमा झण्डै ६० प्रतिशत रोपाइँ भएको थियो । दक्षिणी मोरङका रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका र कानेपोखरी, ध
इटहरी। ताप्लेजुङमा चट्याङले लागि घाइते भएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू ९देवान० को उपचारको क्रममा मृत्यु भएको हो । ३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला पानीसँगै परेको चट्याङले लाग्दा घाइते हुनुभएको थियो । घाइते देवानलाई उपचारका लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो । उपचारको क्रममै उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको पारिवारिकले जनाएको छ । यस्तै, सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । मङ्गलबार साँझ
इटहरी । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन म
इटहरी । निर्माणको काम कसरी गर्ने भन्ने कुराको उदाहरण यस पटक इलाममा निर्माण गरिएका दुुई वटा बेलिब्रिजका निर्माण कम्पनीले देखाइदिएका छन् । मेची राजमार्ग अन्तर्गत राजदुवाली–भन्ज्याङ सडकखण्डको वैकल्पिक सडकका रूपमा लिइएको केचना–कञ्चनजङ्घा (फास्ट ट्र्याक) अन्तर्गत पुवाखोलामा निर्माण गरिएको बेलिब्रिज र राजमार्गको सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाईखोलामा निर्माण भएको बेलिब्रिज करिब तीन महिनाभित्र निर्माण सम्पन्न भएका हुन् । उदयपुरको राउत–चौधरी निर्माण कम्पनीले जोगमाईखोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गरेको हो । यो पुुलबाट १० टनभन्दा साना सवारी सञ्चालन हुन सक्ने सडक डिभिजन का
इटहरी । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको बाढीले हेंवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो । जसकारण मङ्गलबार साँझदेखि मेची राजमार्गको पाँचथर –ताप्लेजुङ खण्डमा यातायात अवरुद्ध भएको हो । पानीको सतहले डाइभर्सन पार गरेर दुईवटा ह्युम पाइप थिचेका ढुङ्गा बालुवा बगाएका कारण सडक अवरुद्ध भएको सडक डिभिजन इलामका इन्जिनियर सिताराम गौतमले बताउनुभयो । उहाँका अनुसार खोलामा पानीको सतह घटेकाले बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्कावेटर परिचालन गरिएको छ ।
इटहरी । कोशी प्रदेशमा छ वर्षको अवधिमा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल करिब दुई प्रतिशतले वृद्धि भएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वर्ष २०७५र७६ मा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल ४४।७४ प्रतिशत रहेकामा हाल ४६।२४ प्रतिशत पुगेको छ । वनक्षेत्रबाहेक ४।२४ प्रतिशत क्षेत्र बुट्यानले ढाकेको छ । यसरी प्रदेशमा बुट्यानसहितको वनले ढाकेको कुल क्षेत्र ५०।४८ प्रतिशत रहेको उक्त मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोशी प्रदेशका पहाडी जिल्लाको जनसङ्ख्याको ठुलो हिस्सा आफ्नो जमिन छाडेर बसाइँसराइ गरी अन्यत्र गएकाले त्यो ठाउँमा रुख बिरुवा उम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.