इटहरी । मोरङको पथरी शनिश्चरे ०२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा “रेडस्टार नाट्य महोत्सव–२०८२” सम्पन्न भएको छ । विद्यालय परिसरमा सम्पन्न उक्त महोत्सवमा कक्षा ४ देखि कक्षा ८ सम्मका सय भन्दा बढी विद्यार्थीहरूले विविध विषयवस्तुमा आधारित नाटकहरुको प्रस्तुति दिएका हुन् । विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनय कौशल विकास गर्ने उद्देश्यले आयोजित महोत्सव अत्यन्तै उत्साहजनक र रंगीन बनेको महोत्सव रङकर्मी तथा विद्यालय अभिनय प्रशिक्षक जीवन बरालले जानकारी दिनुभयो ।  यस वर्षको नाट्य महोत्सवमा १५ वटा व्यक्तिगत विधा तथा २ वटा समुहगत विधा गरी कुल १७ विधामा उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिने विद्यालयका प्रिन्सिपल टि. एन. तिम्ल्सिनाले जानकारी दिनुभयो । कार्यक्रमको आयोजना रेडस्टार नाट्य समूहले आयोजना गरेको हो। विद्यार्थीहरूको अत्यधिक सहभागिता र आकर्षक प्रस्तुतीकरणले आगामी दिनमा अझ ठूलो स्तरको महोत्सव आयोजना गर्ने प्रेरणा मिलेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले जनाउनु भयो । सम्पूर्ण प्रस्तुति सफल र प्रेरणादायी बनेको यस महोत्सवले रेडस्टारलाई पुनः सिर्जनात्मक विद्यालयको रूपमा उजागर गरेको छ ।  महोत्सव मार्फत विद्यालयका विद्यार्थीहरूलाई मञ्चीय कलासँग नजिक गराउँदै समूहगत सहकार्य र व्यक्तित्व विकासमा ठूलो योगदान दिएको विद्यालयका अभिनय निर्देशक जीवन बराललले बताउनु भयो ।