समाज

    Showing ४,२०१-४,२१० of ९,३८९ items.
  • इटहरीमा पहिलो पटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको सेमिफाइनल र फाइनल असार २१ गते हुने

    इटहरी | इटहरीमा पहिलो पटक सुरू भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको दोस्रो दिन सेमिफाइनल र फाइनलमा १० जना प्रवेश गरेका छन् । नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा मंगलबार देखि इटहरीको क्लब के मा सूरू भएको  प्रतियोगिताको दोस्रो दिन  नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सुर्य राईको प्रमुख आतिथ्यतामा भएको हो ।प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए । छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीहरूबीच अन्तिम प्रतिस्पर्धा असार २१ गते हुने छ । प्रतियोगिताका

    • प्रकाशित मितिः असार १८, २०८२
    • ५९१ पटक पढिएको
  • सुनसरीमा सर्पले टोकेर एक महिलाको मृत्यु

    इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार ५५ वर्षीया कल्सी मेहताको सर्पले टोकेर मृत्यु भएको हो। मंगलबार साँझ ६ः३० बजे घाँस काट्न गएका बेला उनलाई सर्पले डसेको थियो। घाइते अवस्थामा उनलाई तत्काल घरमा ल्याइए पनि समयमै उपचारका लागि अस्पताल लैजान नसकिँदा राति ८ः२० बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो समय गर्मी बढेसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन्।

    • प्रकाशित मितिः असार १८, २०८२
    • ३८२ पटक पढिएको
  • सुनसरीमा स्कुल बसको चक्कामुनि परेर ३ वर्षीय बालकको मृत्यु

    इटहरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमी ९बोर्डिङ स्कुल०को बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब ४ः२० बजेतिर स्कुल बसबाट ओर्लिने क्रममा स्थानीय श्रवण उरावका ३ वर्षीय छोरा आयुष उरावलाई बसको पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ग १ ख २०१२ नम्बरको स्कुल बसबाट ओर्लने क्रममा बालक चक्कामुनि परेका थिए। घटनापछि स्कुल बस चालक गढी ३ का विनोद कुमार मेहता फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम राउतको कमाण्डमा १०

    • प्रकाशित मितिः असार १८, २०८२
    • २७४ पटक पढिएको
  • विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

    इटहरी । मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानीको धारा जडान गर्न बजेट नै सुनिश्चित गरिएको हो । न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि पालिकाले रु ४७ लाख ५० हजार बजेटमा विनियोजनको नगर उपप्रमुख मीना उप्रेतीले बताए। उनले पालिकाभित्र रहेका खानेपानी संस्थाहरुसँगको सहकार्यमा कार्यविधि बनाएर धारा जडान गरिने योजनासहित बजेट विनियोजन गरेको बताए । यसैगरी नगरपालिकाले बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा

    • प्रकाशित मितिः असार १८, २०८२
    • २७८ पटक पढिएको
  • भ्याट छलेको अभियोगमा विराटनगरका एक व्यवसायी कारागार चलान

    इटहरी  । विराटनगरका एक जना व्यवसायीलाई मूल्य अभिवृद्धि कर भ्याट छलेको अभियोगमा कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘न्यु सौरभ ट्रेडिङरबियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ का प्रोप्राइटर सौरभकुमार बियानीलाई भ्याट छलेको आरोपमा माग गरिएको एक अर्ब ३१ करोड ६४ लाख रुपियाँ धरौटी बुझाउन नसकेपछि थुनामा पठाएको हो । विराटनगर–१० स्थायी ठेगाना भएका बियानीको विराटनगर–७, हाटखोलामा हार्डवेयर व्यवसाय सञ्चालनमा थियो । बियानीलाई भ्याट छलेको रकम र त्यसको बिगो बराबरको रकम जोडेर धरौटी माग गरिएको कार्यालयले जनाएको छ । विराटनगरमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका बियानीको नाममा अस

    • प्रकाशित मितिः असार १८, २०८२
    • २६६ पटक पढिएको
  • ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

    इटहरी। ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते हुनुभएको छ । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँका ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते हुनुभएको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ । कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिँदा परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति करिब १ बजे पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गर्नुभएको थियो । पहिरोका कारण हस्तबहादुर, छोरा

    • प्रकाशित मितिः असार १८, २०८२
    • २१४ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिका द्धारा किसानलाई कृषि औजार वितरण

    इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो । गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो ।  किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यन्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयोे ।  गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा क

    • प्रकाशित मितिः असार १८, २०८२
    • २४४ पटक पढिएको
  • सिद्धिचरण राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

    इटहरी । उदयपुरको कटारी नगरपालिका क्षेत्रभित्र पर्ने स्थानीय र राष्ट्रिय राजमार्गमा भारी वर्षाको समयमा बढी भार भएका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । स्थानीय विपत् व्यवस्थापन समिति र जिल्ला विपत् व्यवस्थापन समितिको मङ्गलबार कटारीमा बसेको समन्वय बैठकले यस्तो निर्णय गरेको हो । विगतमा मनसुन अवधिमा बढी भार भएका सवारी साधनको आवागमनका कारण सडक र राजमार्गका पुलमा क्षति हुने र सडक अवरुद्ध हुने गरेको तथ्यलाई नियाल्दै त्यस किसिमका समस्यालाई दोहोरिन नदिन पुलको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालनमा कडाइ गर्न स्थानीय सुरक्षा निकायलाई अनुरोध गरिएको नगर प्रमुख राजेशचन्द्र श्रेष्

    • प्रकाशित मितिः असार १८, २०८२
    • १२६ पटक पढिएको
  • रोटरी क्लव अफ इटहरी , रोट्याक क्लव इटहरी ,सुनसरी र सुन्दरहरैचाको संयुक्त आयोजनामा वृक्षारोपण

    इटहरी । रोटरी वर्षको सुरुवातको अवसर पारेर पहिलो कार्यक्रम अन्तरगत विवेकानन्द मार्गको सडक आसपासको क्षेत्रमा हरियाली वढाउने तथा सौन्दर्यकरणका लागि रोटरी क्लव अफ इटहरी लगायतका संस्थाहरुले संयुक्त वृक्षारोपण गरेका छन ।रोटरी क्लव अफ इटहरी , रोट्याक क्लव इटहरी ,सुनसरी र सुन्दरहरैचाको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ विवेकानन्द मार्गमा वृक्षारोपण गरिएको हो ।रोटरी क्लव अफ इटहरीका अध्यक्ष डीसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्यमा विवेकानन्द मार्गमा कोइरालो , करबीर ,सिरिस, सरिफा ,अशोक लगायतका ९० वटा विरुवाहरु लगाइयो ।रोटरी

    • प्रकाशित मितिः असार १७, २०८२
    • ७६९ पटक पढिएको
  • सञ्चार क्षेत्रका चुनौती र समाधानबारे इटहरीमा सम्पादक–प्रकाशकबीच अन्तरक्रिया तथा आचारसंहिता विषयमा संवाद

    इटहरी । सञ्चार माध्यम र सञ्चारकर्मीहरूले पछिल्लो समय भोगिरहेको विविध चुनौती र सम्भावित समाधानका उपायहरूबारे केन्द्रित गर्दै सुनसरीको इटहरीमा सम्पादक तथा प्रकाशकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ, सुनसरीको आयोजनामा र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा टेलिभिजन, रेडियो, पत्रिका तथा अनलाइन सञ्चारमाध्यमका सम्पादक र प्रकाशकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सञ्चार क्षेत्रले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरूबारे समूहगत छलफल गरिनुका साथै तिनको समाधानका लागि सम्भावित उपायहरू प्रस्तुत गरिएको थियो । सहभागी

    • प्रकाशित मितिः असार १७, २०८२
    • २९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]