इटहरी । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका
इटहरी । पूर्वाञ्चल विश्वविद्यालयले एमएस्सी बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दाबी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायले एमएस्सी बायोस्टाटिक्टिक्स कार्यक्रम सञ्चालन गर्ने भएको हो । यो शैक्षिक कार्यक्रमको विषयमा विज्ञहरूसँग चिकित्साशास्त्र सङ्कायले बुधबार अन्तव्र्रिmया कार्यक्रम आयोजना गरेको थियो । विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डिन डा। शैलेशमणि पोखरेलका अनुसार यसको महìवलाई अध्ययन गरेर पाठ्यक्रमका रूपमा विकास गर्ने तयारी गरिएको हो । विश्वविद्यालय रजिस्ट्रार प्राडा कल्याणी मिश्र त्रि
इटहरी । भारतले नेपालबाट निर्यात हुने सेनेटरी प्याड र डाइपरमा बिआइएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) अनिवार्य गरेको छ । त्यति मात्रै नभई अनिवार्य ट्रेडमार्क र बन्द प्याकेजिङ भएको मात्रै आयातका लागि अनुमति दिने गरेको छ । भारतबाट नेपालमा आयात हुने प्याड र डाइपरमा भने नेपालले अहिलेसम्म नेपाल गुणस्तर (एनएस) लगाएको छैन । नेपालका उद्योगीले भारतले लुज प्याकेजिङमा डाइपर र प्याड निर्यात गर्न पनि नदिने र बिआइस अनिवार्य गर्दासमेत नेपालले आयातमा कडाइका लागि नीति लिन नसकेको बताउँछन् । नेपालमा भने लुज प्याकेजिङमै डाइपर र प्याड आयात हुने गरेको गुनासो उद्योगीको छ । लुज प्याकेजिङमा आयात भएको सेनेटरी प्याड र डा
पाँचथर | नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दल याङवरक गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सावरहाङ मावोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्णुमणि आङ्देम्बेले तरुण दललाई पार्टीको पहरेदारको भूमिकामा रहँदै पार्टी र समाजमा फैलिरहेका विकृति र विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउन आग्रह गर्नुभयो।विशेष अतिथि नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले युवालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्न तरुण दलले अगुवाइ गर्नुपर्ने बताउँदै दिनानुदिन बढ्दो वैदे
अनुषा अधिकारीमिरमिरे भयो चराहरू चिरबिर आवाज आयो उदय ती सूर्यउठन नानी बाबु खोलाना पुस्तक अक्षरका पानाहरू ती गाताले पुरिए ।कोपिला हुँ हामी फक्रिएर फुल बन्नुपर्छ भविष्यको कर्णधार हामी शिक्षाको ज्योति सबैतिर छर्नुपर्छ। अन्धकार होइन भविष्यलाई उज्यालोतिर मोड्नपर्छ यो देशको खम्बा बनि देशको मुहार सकुशल फेर्नुपर्छ। हो नानी बाबु तिमीहरू वीर गोर्खालीका सन्तान हौ हटेर होइन डटेर अघि बढ्नुपर्छ पूर्वमा टिस्टा पश्चिममा काङ्गडा हाम्रो पुर्खाले लडेको भूमि अंग्रेजबाट फिर्ता लिनुपर्छ सत्तामा पुगेसी कुर्सी मात्र हेर्ने ती भ्रष्ट नेताहरू ले शिर झुकाएर हिँड्नुपर्रोस् ताकि यति मात्र भन्छु म आमनेपालीहरू गरिब
अस्विन दाहालइटहरी । लियो क्लब अफ इटहरी इनोभेसनले आर्थिक वर्ष २०२५/२६ का लागि असार १२ गतेका दिन नयाँ कार्यसमिति गठन गरेको छ। यो नयाँ समिति निविरोध रूपमा चयन भएको हो, जसले क्लबको नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।नयाँ अध्यक्षमा निशेस दाहाल निर्वाचित भएका छन्। उनि क्लबमा लामो समयदेखि सक्रिय छन् र सामाजिक कामहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएका व्यक्ति हुन्। उनी क्लबलाई अझ सशक्त र प्रभावकारी बनाउन प्रतिबद्धता गरेका छन् ।कार्यसमितिका पदाधिकारीहरूमा राजकुमार तामाङ प्रथम उपाध्यक्ष, सनम फुयाल दोस्रो उपाध्यक्ष, बिपना अधिकारी तेस्रो उपाध्यक्ष, भवनमा रिजाल सचिव, सन्ध्या गिरि सह-सचिव, सरित
इटहरी । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२ ÷०८३ को नीति, कार्यक्रम तथा बजेट मार्फत आफ्नो नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन निर्माणलाई प्राथमिकता राखेको छ । बिहीबार नगरपालिकाको सभाहलमा नगरकी उप– प्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । गत मंगलवार १७ औं नगरसभा सम्पन्न भएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा आगामी आर्थिक वर्षको लागि कूल ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभाले प्रस्तुत गरेको बजेटको विषयमा गरिएको पत्रकार सम्मेलनमा हाल निर्माण भइरहेको प्रशासनिक भवन निर्
इटहरी । इनरुवामा खेल र खेलाडीलाई प्रोत्साहन गर्न गठन भएको इनरुवा क्रिकेट क्लब एण्ड ऐकेडेमीले ४५ जना खेलाडीलाई प्रशिक्षण दिएको छ । एक कार्यक्रमकाबीच प्रशिक्षण कार्यक्रमबारे जानकारी दिदै संचालक तथा प्रशिक्षक सोनु मंडलले खेलाडी उत्पादन गर्नु र ईनरुवा क्रिकेटको विकासमा सहयोग पुर्याउने उदेश्यले प्रशिक्षण दिइएको जानकारी दिनुभयो । सो अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला सचिब सरोज बस्नेतले क्लवलाई बधाई तथा शुभकामना दिनुभएको छ । कार्यक्रममा महासंघका नगर सचिव कमल प्रसाद उपाध्याय, एकेडमीकातर्फबाट बिबेक मेहता, रणबिर साह लगायतको उपस्थिती रहेको थियो ।
इटहरी । इटहरीको मिलनचोक स्थित बुढीखोला छेउमा भएको ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ शुक्रबार समापन हुने भएको छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा असार ८ देखि भएको मेलामा ५ दिन सम्ममा एक सय भन्दा बढी सवारीसाधन बिक्री भएको छ । मेलामा ग्राहकहरूले नागरिकताको आधारमै बजाजको मोटरसाइकल फाइनान्स गर्न सकिने व्यवस्था गरिएकाले ग्राहकहरू सन्तुष्टि रहेका छन् । शून्य सर्भिस चार्ज, अन–द–स्पट फाइनान्स सुविधा, थप १० हजार रुपैयाँ बोनस भ्यालुएसन, निःशुल्क एसेसोरिज र आकर्षक छुटहरू प्रदान गरिएको आयोजकले जनाएको छ । मेलाको मुख्य आकर्षणको रूपमा अनुभवी र प्रमाणित भ्यालुएटरहरु मार्फत ग्राहकको पु
इटहरी । पथरी शनिश्चरे वडा नम्बर २ को आयोजनामा शान्तिचोक देखि नगर अस्पतालसम्म वातावरण मैत्री कपूर वृक्षारोपण गरिएको छ । बुधबार नगर अस्पताल रोडलाई वातावरण मैत्री बनाउने उद्देश्यले ५० बढी बिरुवाहरू रोपिएको हो । वडा अध्यक्ष नैना साम्पाङ राईको अगुवाईमा सम्पन्न भएको उक्त वृक्षरोपण कार्यक्रममा वडा सदस्य चन्द्रकुमार राई, शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, पथरी नगर अस्पताल रोड टोल विकास समितिका अध्यक्ष रणबहादुर फागो, जेष्ठ नागरिकहरु यज्ञप्रसाद ढुंगेल, शिव शंकर ढकाल, दिल गम्भीर राई, धनमाया ढकाल, तथा स्थानीय युवाहरूको सहभागितामा सम्पन्न भएको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.