इटहरी | इटहरी लेडी जेसिजले आफ्नो २४ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रध्यापक तथा कवि टीका आत्रयको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।

कार्यक्रममा अपांगता क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नु हुने दिल कुमारी राई ,सामाजिक क्षेत्र महत्त्वपूर्ण सहयोग गर्ने सुबद्रा प्याकुरेल र पत्रकारिता तर्फबाट बिकल पौडेललाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो । टीका आत्रय  र अध्यक्ष बरालको नेतृत्वमा तीनैजना सम्मानित व्यक्तिलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको थियोे ।

त्यसै गरि एसइई पास गर्ने ३ जना विद्यार्थी ,नयाँ सदस्य ७ जनलाई पिन वितरण  मानर्थ सदस्य ९ जना र पुर्व अध्यक्षहरूलाई सम्मान  गरिएको थियोे ।

 इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालको भनाइ अनुसार, यस संस्थाले १८ देखि ४० वर्ष उमेर समूहका महिलाहरूलाई व्यक्तिगत, सामाजिक, राष्ट्रिय, र अन्तर्राष्ट्रिय क्षेत्रमा अगाडि बढ्न उत्प्रेरणा दिने उद्देश्यले काम गर्दै आएको छ। संस्था नेतृत्व विकास र अनुशासन निर्माणमा सक्रिय रहेको र यसले महिलाहरूलाई सशक्तिकरणको दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको उहाँले बताउनुभयो ।

कार्यक्रमकि प्रमुख अतिथि जनता बहुमुखी क्याम्पसकी प्रध्यापक तथा कवि टीका आत्रयले जेसिजको सामाजिक सेवाका लागि उच्च प्रशंसा गर्दै मन्त्रालय र व्यक्तिगत रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनानु भयो । उहाँले इटहरी लेडी जेसिजको कामले महिलाहरूको नेतृत्व विकास र सामुदायिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।IMG-20251127-WA0225

कार्यक्रमको इटहरी लेडि जेसिसकी कार्यकारी उपाध्यक्ष  शान्ति कट्वालले कार्यक्रमको संयोजक गर्नुभएको थियो। कार्यक्रममा लेडिज जेसीजकी पूर्व अध्यक्ष तथा प्राध्यापक भेषजा काफ्ले, लायन्स इटहरी एक्टिभका अध्यक्ष तथा इटहरी मेडिकलका सञ्चालक बलबहादुर न्यौपाने ,नेपाल जेसीजका पुर्व राष्ट्रिय तालिम आयुक्त तथा राष्ट्रिय प्रशिक्षक सुनिल तिम्सिना, तरहरा जेसीजका पुर्व अध्यक्ष सुभाष गौतम,विभिन्न स्थानका जेसिजका अध्यक्इहरू ,इटहरी लेडी जेसीजका पुर्व अध्यक्षहरू लगाएत जेसिजका पदाधिकारीहरको उपस्थिति रहेको थियोे ।1764298441789

इटहरी लेडी जेसिजले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएको छ। यस संस्थाले महिलाहरूलाई समाजसेवाका माध्यमबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउँदै आएको छ।

२४ औं वार्षिकोत्सवका विविध कार्यक्रमहरूले संस्थाको समाजप्रति समर्पण, नेतृत्व विकासको अभियान, र महिलाहरूको सशक्तिकरणमा देखाएको प्रतिबद्धता प्रष्ट पारेका छन्। इटहरी लेडी जेसिजले आगामी दिनमा पनि यस्तै प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्दै आफ्नो उद्देश्यलाई अघि बढाउने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए।