इटहरी । श्री राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी–१ मा लायन्स क्लबद्वारा १५ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको बिहीबार लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सि का डिस्ट्रिक्ट गर्भनर बबरजंग थापाले उद्घाटन गर्नुभयो।
लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनको पहलमा ११५ दाताको सहयोगमा बनेको पार्क उद्घाटन समारोहमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको र विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरिएको थियो।

विद्यालयको ७० औं वार्षिकोत्सवसँगै आयोजित कार्यक्रममा पार्क निर्माणमा योगदान पुर्याउने २५ व्यक्तित्व सम्मानित भए।

कार्यक्रममा र कोशीप्रेस अनलाइनका संचारकर्मी सन्जिप तिम्सिना र विराट टेलिभिजनका मौसम कोइरालालाई लायन्स क्लबको सामाजिक गतिविधि तथा विद्यालयका गतिविधि प्रचार–प्रसारमा पुर्याएको योगदान पुराएको बन्दै दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे ।
कार्यक्रममा दुवै क्लबका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए।


