समाज

    Showing ४२१-४३० of १०,२५३ items.
  • सुनसरीको इनरुवामा गोठमा आगलागी, एक लाख ६९ हजार रुपैयाँको क्षति

    इटहरी । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुरमा गएराति भएको आगलागीबाट एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।  प्रहरीका अनुसार गएराति  करिब १२ः२० बजे मोहम्मद मियाको टिनको छाना, काठ र सिमेन्टको पिलरले बनेको गोठमा अज्ञात कारणबाट आगलागी भएको हो।आगलागीबाट गोठभित्र रहेका तीन वटा बाख्राका पाठी र एउटा बोका जलेर मरेका छन्। गोठसहित पशुचौपायाको गरी करिब एक लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। सशस्त्र प्रहरी बल साम्बलाबाट खटिएको टोली, नेपाल प्रहरी, स्थानीयवासी र इनरुवा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १४३ पटक पढिएको
  • भारतीय मोटरसाइकलको ठक्करबाट विराटनगरमा पैदलयात्रीको मृत्यु

    इटहरी । मोरङको विराटनगर महानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।आइतबार राति बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले सडक पार गर्दै हिँडिरहेका करिब ५० वर्षीय नेपाल सरकारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सरकार भारतको कोलकाताका स्थायी बासिन्दा भए पनि केही समयदेखि विराटनगर–४ कदमगाछीस्थित भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए।  दुर्घटनामा टाउको, गाला र निधारमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर लगिएको थियो। उपचारकै क्रममा राति करिब ९ः२०

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ११९ पटक पढिएको
  • देवानगन्ज घटनामा मानव अधिकार आयोगको छानबिन, प्रहरीसँग ७ दिनभित्र प्रतिवेदन माग

    इटहरी । राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डबारे स्वविवेक उजुरी ग्रहण गर्दै छानबिन प्रक्रिया सुरु गरेको छ।  आयोगले घटनाको स्थलगत अनुसन्धान सुरु गर्नुका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई घटनासम्बन्धी विस्तृत प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।  आयोगको विराटनगर कार्यालयका निमित्त कार्यालय प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्र पठाउँदै आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।  साउन १० गते राति देवानग

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ४६ पटक पढिएको
  • विराटनगरका उद्योगी मुन्दडाको घरमा प्रहरीको छापा

    इटहरी।  विराटनगरका उद्योगी घराना मुन्दडा समूहका सञ्चालक प्रकाश मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यसमेत रहेका मुन्दडाको निवासमा बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको हो।  जिल्ला प्रशासन कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (पुरानो जिल्ला प्रहरी कार्यालय)बाट करिब एक सय मिटर दूरीमा रहेको मुन्दडाको घरमा प्रहरीले के कारणले छापा मारेको हो भन्नेबारे प्रशासनले औपचारिक जानकारी दिएको छैन। मोरङ प्रहरीले गृह मन्त्रालयको निर्देशनमा अनुसन्धानका क्रममा खानतलासी गरिएको जनाएको छ।  मुन्दडा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ७० पटक पढिएको
  • पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

     पाँचथर । पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५ वडामा रेविज सङ्क्रमण पुष्टि भइसकेको पशु सेवा शाखाले जनाएको छ।  फाल्गुनन्द गाउँपालिका पशु सेवा शाखाका प्रमुख गोपाल घिमिरेका अनुसार वडा नं. २ फाक्तेपमा यसअघि दुई गोरु, दुई भैंसी र दुई गाईमा रेविज सङ्क्रमण पुष्टि भएको छ। कुकुरको टोकाइपछि ती चौपाया मरेका थिए। घिमिरेका अनुसार वडा नं. ६ र ७ सबैभन्दा बढी जोखिममा छन्। उहाँका अनुसार वडा नं. ६ को मेहेलबोटे क्षेत्रमा तीन गाईभैंसी र सात जना मानिसलाई तथा वडा नं. ७ आङसराङ क्षेत्रमा तीन राँगा, सात बा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ४७ पटक पढिएको
  • ४२ प्रतिशत काममै रोकियो कानेपोखरी–लेटाङ–बुधबारे सडक

    इटहरी  ।  ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा नपुगी प्रदेश राजधानी विराटनगर पुग्न सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा सडक निर्माण कम्पनीले काम छाडेपछि अलपत्र परेको छ। कोशी प्रदेश सरकारले ताप्लेजुङ र पाँचथरलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो मार्गका रूपमा २०८० सालमा यो सडक निर्माण सुरु गरेको थियो। २९ दशमलव ६० किलोमिटर लामो उक्त सडकको २०८० मंसिर २२ गते तत्कालीन मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गर्नुभएको थियो।  राँके–रवि र भेडेटार हुँदै जानुपर्ने अवस्थालाई हटाउँदै फिदिमबाट धनकुटाको चौबिसे हुँदै मोरङको लेटाङ–कानेपोखरी

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ९५ पटक पढिएको
  • सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

    इटहरी।  यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ७१ पटक पढिएको
  • बृहत् सद्भाव -याली धार्मिक सहिष्णुताको सन्देश

    इटहरी ।  सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आयोजित बृहत् सद्भाव -याली आइतबार सम्पन्न भएको छ । सुनसरीको देवाजगन्जको घटनासँगै पछिल्ला दिनमा पूर्वी तराई मधेशका केही क्षेत्रमा देखिएको सामाजिक तनावपछि समुदायबिच विश्वास र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित -यालीमा विभिन्न धर्म, जातजाति, भाषा र समुदायका नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।  छोटो समयको तयारीका बाबजुद पनि ¥यालीमा सुनसरीमा रहेका विभिन्न २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक सङ्घ संस्थाको सव्रिmय सहभागिता रहेको थियो । कार्यव्रmममा हिन्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ७२ पटक पढिएको
  • नेपाल बार एशोसिएशनद्वारा देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन

    इटहरी । नेपाल बार एशोसिएशनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको घटनाको निष्पक्ष अध्ययन तथा तथ्य संकलन गर्न नागरिकस्तरीय अध्ययन समिति गठन गरेको छ।बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद लिम्बुको  संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरिएको हो। समितिमा  पत्रकार महासंघ , कानुन व्यवसायी, मानवअधिकारकर्मी  तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ।समितिलाई घटनास्थलमा पुगेर प्रत्यक्ष अध्ययन गर्ने, पीडित, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी घटनाको यथार्थ अवस्था, कारण र प्रभावबारे तथ्य संकलन गर्ने तथा आफ्नो निष्कर्षसहित

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १५७ पटक पढिएको
  • इनरुवामा जनजीवन सामान्य बन्दै, सवारीसाधन र पसलहरू खुल्न थाले

    इटहरी  : सुनसरीको सदरमुकाम इनरुवाको जनजीवन बिस्तारै पूर्ववत् हुन थालेको छ। केही दिनयता देखिएको असहज अवस्था तथा बन्द–हडतालको प्रभाव कम हुँदै जाँदा बजार क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको हो।  बजारमा रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्। लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि आवागमन सहज बन्दै गएको छ।  त्यसैगरी, बजारका मुख्य चोक तथा सडक किनारमा रहेका पसल, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरू पनि क्रमशः खुल्न थालेका छन्।पसलहरू सञ्चालनमा आएपछि किनमेल गर्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको स्थानीय व्यवसायीहरूले बताएका छन्।  जनजीवन सा

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ११६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]