संखुवासभा | संखुवासभा तुम्लिङटारस्थित जेसिबीको आधिकारिक बिक्रेता लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि, लाइन इन्जिनियरिङ वर्कसप र गोर्खा अर्थ मुर्वस प्रालिले मोरङका ३४ विद्यार्थीलाई विद्यालय पोसाक तथा जुत्ता सहयोग गरेको छ । सुन्दरहैचा नगरपालिका वडा नं. ४ मा रहेको साजिलाल माध्यमिक विद्यालयको सृजनशील ब्लकको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक विद्यालय पोसाक र जुत्ता एक कार्यक्रम गरी बुधवार हस्तान्तरण गरिएको हो ।विपन्न विद्यार्थी अध्ययनरत यस विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यका साथ पोसाक र जुत्ता सहयोग गरेको लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि सञ्चालक विकास लिम्बुले जानकारी दिए
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको छ। आफूमाथि निराधार र गलत आरोप लगाउँदै कर्मचारीले बुधबार ‘पेन डाउन’ गर्नुका साथै विज्ञप्ति प्रकाशित गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको प्रवक्ता न्यौपानेले दुःखेसो गर्नुभयो। बिहीबार बिहान पत्रकार सम्मेलन गर्नुहुँदै न्यौपानेले स्थानीय सरकारको सदन अर्थात् नगर सभामा राखेको आफ्नो धारणाप्रति प्रश्न उठाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गर्नु र पेन डाउन गरेर सेवा प्रवाह नगर्नु गलत भएको बताउनुभयो। वडा नम्बर २ का वडाध्यक्षसमेत रहनुभएका न्यौपानेले कर्मचारीले आफूमाथि
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण हुने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो । यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई सङकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए। दीर्घकालिन लक्ष्यका साथ वडाको थौरे बजेटबाट भएपनि यो आर्थिक वर्षबाट संरचना निर्माण थालिएको उनको भनाइ छ । वडाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेर बजार व्यवस्थापनको काम थालेको उनले बताए । यो स्थानमा महिनामा २ पटक बजार लाग्ने भएकाले किसानले ल्याएका कृषि उत्पादनल
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ स्थित माछा मार्ने क्रममा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका (६ घर भई हाल सोहि स्थानमा कोठा भाडामा बस्दै आएका ३५ बर्षीय देवान राई रहेका छन् । असार ११ गते राती ९ बजे कोठाबाट करिव ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारको क्रममा घरजग्गा गुमाएका विस्थापित परिवारका प्रतिनिधिहरूले सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिमण्डलले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा उनीहरूको घरजग्गा अधिग्रहण गरिएको र त्यसबापत राज्यले सट्टा जग्गा दिने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरेका थिए ।सरकारले वि।सं। २०३२ सालमा आरक्ष स्थापना र विस्तार गर्ने क्रममा सो क्षेत्रबाट विस्थापित भएका परिवारले अहिलेसम्म सट्टाभर्ना वापत जग्गा नपाएका हुन् । विस्थापित समस्या समाधानका लागि
इटहरी । ओखलढुङ्गाका आठ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र स्वरोजगारलाई प्राथमिकता दिएर चार अर्ब २९ करोडभन्दा बढी बजेट ल्याएका छन् । आर्थिक वर्ष २०८२र०८३ का लागि जिल्लाको एक नगरपालिका र सात वटै गाउँपालिकाले चार अर्ब २९ करोड ८२ लाख ९७ हजार ६१६ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकाले ७२ करोड ६५ लाख १३ हजार बजेट ल्याएको छ । सबैभन्दा कम लिखु गाउँपालिकाले ४० करोड ३० लाख बजेट प्रस्तुत गरेको छ । सुनकोशी गाउँपालिकाले ६२ करोड ५४ लाख ७८ हजार ११७, मानेभञ्ज्याङले ५३ करोड नौ लाख चार हजार रुपैंया, चम्पादेवीले ६२ करोड ५० ल
इटहरी । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युत्को काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती आयोजना निर्माण गर्न लागिएकाले तत्काल काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना प्रभावित बासिन्दाका तर्फबाट अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आफ्ना मागबारे स्मरणपत्र बुझाएका हुन् । मन्त्रालय र मन्त्रीसमक्ष पुग्ने गरी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई स्मरणपत्र बुझाएका छन् । आयोजना स्
इटहरी । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडक निर्माण तथा विस्तारमा अलमल गर्दै वर्ष थपिँदै छन् । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण सुस्तताले स्थानीय भने पिरोलिन थालेका छन् । विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको राम चोकसम्म छ किलोटिमर सडक बर्सातसँगै हिलोमा गिजोलिन्छ । मङ्सिरदेखि जेठभर धुलाम्मे हुने सडक बर्सातसँगै हिलोमा परिणत हुन थालेको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार ठेकेदार नै जबर हुँदा यसको निर्माणले गति लिन नसकेको हो । अर्को पक्ष भनेको राष्ट्रिय गौरवको आयोजनामा स्रोतको अभाव देखाउँदै सम्बन्धित कार्यालय
इटहरी । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिनुभयो । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्
सुनसरी | अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसर पारेर इटहरी लेडी जेसीजको आयोजनामा तथा इटहरी वडा नं. १२ को सहकार्यमा दुईदिने विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खनारस्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको छ ।कार्यक्रमको औपचारिक उद्घाटन इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी वडा नं. १२ का वडा अध्यक्ष भुवन पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पोख्रेलले लागू औषध दुरुपयोग वर्तमान पुस्ताको भविष्यमाथिको गम्भीर संकट भएको उल्लेख गर्दै विद्यालयस्तरमै सचेतना फैलाउनु अत्यन्त आवश्यक भएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.