दमक। रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटीको एघारौँ पूर्ण बैठक कमिटीका अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा आज दमकस्थित नेकपा (एमाले) नगर पार्टी कार्यालयमा सम्पन्न भयो।

बैठकको सुरुमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सहसचिव केशव मगर र मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्नो जिल्लाको प्रतिवेदन पेश गरेका थिए।

उक्त बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभएको थियो। साथै विशिष्ट अतिथिका रुपमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा संगठन इञ्चार्ज सुमन नेमाङ, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इञ्चार्ज धर्मेन्द्र खड्का, केन्द्रीय सचिवालय सदस्य दिलकिरण खजुम तथा केन्द्रीय सदस्यहरू रमेश रिजाल, मदन बोहरा, भेसराज दंगाल र हरि ढकालले पनि शुभकामना तथा मार्गदर्शनात्मक मन्तव्य राखेका थिए।

IMG-20251127-WA0003

बैठकले तीनवटा महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छः

१) रिक्त सदस्य पद पूर्ति : संगठनमा रिक्त सदस्य पदमा झापाबाट त्रिलोचन लुइटेल, देवु दाहाल र सुशील धिताल; उदयपुरबाट केशव मगर; र मोरङबाट टिकाराज ढकाललाई चयन गरिएको छ।

२) जिल्ला कमिटी बैठक: आगामी मङ्सिर मसान्तभित्र सबै जिल्ला कमिटीहरूले बैठक बसेर कार्ययोजना तयार पार्ने निर्णय गरिएको छ।

३) पाँचौं वार्षिक उत्सव भव्य रूपमा मनाउने : संगठनको पाँचौं वार्षिक उत्सव (स्थापना दिवस) यहि पुस १२ गतेदेखि १९ गतेसम्म सम्पूर्ण जिल्ला तथा मातहतका कमिटीहरूले अतिरिक्त रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन निर्देशन दिने निर्णय गरिएको छ।

बैठकको सञ्चालन संगठनका सचिव दीपक कटुवालले गर्नुभएको थियो।