समाज

    Showing ४,३३१-४,३४० of ९,३९० items.
  • कोशी राजमार्गको खाँदबारी–गोला सडक अवरुद्ध

    इटहरी । अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा खण्डमा मङ्गलबार बिहानदेखि सडक अवरुद्ध भएको छ । वर्षाका कारण फाक्रे खोलानजिक पहिरो खसेपछि खाँदबारी–गोला सडकखण्ड ठप्प भएको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा खाँदबारीबाट भोटखोला जाँदै गरेका तथा भोटखोलाबाट खाँदबारी फर्कंदै गरेका साना तथा ठुला सवारीसाधनहरू बिच बाटोमै रोकिएका छन् ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • ३१३ पटक पढिएको
  • सुनसरीका नौ विद्यालयमा एनसीसी तालिम सुरु, विपन्न समुदायका विद्यार्थीलाई प्राथमिकता

    इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा तहत रहेको भगवतीदल गणको जिम्मेवारी क्षेत्र सुनसरी जिल्लाका नौ वटा विद्यालयहरुमा एनसीसी तालिम सुरु गरिएको छ । आर्थिक वर्ष २०८२र८३ मा नेपाल भर ७७ वटै जिल्लामा सात हजार ७१० जना विद्यार्थीहरुलाई समावेश गरी एनसीसी तालिम गराउने नेपाली सेनाको लक्ष्य अनुरुप सुनसरी जिल्लाको धरानस्थित सैनिक आवसिय महाविद्यालय र आईडियल ईङ्गलिस बोर्डिङ्ग स्कुल, गढीस्थित सरस्वती मावि, स्थित महेन्द्र मेमोरियल एकेडेमी र विष्णु मावि, ईटहरीको बालविकाश ईङ्गलिस बोर्डिङ्ग स्कुल र पशुपती ईङ्गलिस बोर्डिङ्ग स्कुल, बराहस्थित जगन्नाथ डेडराज जनता मावि र सहिद स्मृती आवसिय माविमा तालिम स

    • प्रकाशित मितिः असार १०, २०८२
    • ३९६ पटक पढिएको
  • मिक्लाजुङ गाउँपालिकाले ल्यायो ७९ करोड ९२ लाख बजेट

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाले गाउँसभाको १६ औं अधिवेशनमा आर्थिक वर्ष २०८२र०८३ का लागि ७९ करोड ९२ लाख ८७० रुपियाँको बजेट प्रस्तुत गरेको छ । पालिकाको सभाहलमा भएको गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष पौडेलले आम्दानी तर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपियाँ आन्तरिक आम्दानी हुने अनुमान गर्नु भएको छ । यस्तै नदीजन्य दहत्तर बहत्तरबाट १३ करोड १२ लाख एक हजार ५०६ रुपियाँ मालपोत रजिष्ट्रेसनबाट एक करोड नौ लाख ८१ हजार ६३ रुपियाँ र विज्ञापन करबाट ३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट राजस्व बाडँफाँट ७४ लाख २९ हजार, सङ्घीय

    • प्रकाशित मितिः असार १०, २०८२
    • २८९ पटक पढिएको
  • वातावरण शाखा प्रमुख चौधरीमाथि आर्थिक अनियमितताको आरोप

    इटहरी । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग कलकारखानाहरूबाट अवैध रकम असुली गरेको आरोप लागेको छ  । यस बाहेक खाला कटान नियन्त्रण तथा तटबन्ध कार्यक्रम र खोला सरसफाईको नाममा  इन्जिनियर चौधरीले उपमहानगरपालिकाबाट लिएको ११ लाख ६४ हजार ३१७ रुपयाँ नियम सम्बत् खर्च नभएको भन्दै महालेखा परिक्षकको कार्यालयले समेत अनियमिततर्फको बेरुजु देखाएको छ । लामो समयदेखि उपमहानगरपालिकामा कार्यरत इन्जिनियर चौधरीमाथि वातावरण प्रदूषण अनुगमन र नियन्त्रणको जिम्मेवारीमा रहँदा व्यापक अनियमितता गरेको स्थ

    • प्रकाशित मितिः असार १०, २०८२
    • २९३ पटक पढिएको
  • चिया निर्यात बढ्यो, अर्गानिक उत्पादनमा समस्या

    इटहरी । चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०।५ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष उत्पादन पनि राम्रो भएकाले निर्यातको अवस्था राम्रो भएको उद्योगीले बताएका छन् । नेपाली चियाको निर्यातको अवस्था हेर्दा पनि गत वर्षभन्दा यो वर्ष निकै राम्रो छ । चालु आवको ११ महिनामा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार मूल्य बराबरको चिया निर्यात भएको झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले जनाएको छ । यो अवधिमा एक करोड ४४ लाख ६३ हजार ३३५ किलो चिया निर्यात भएको छ । आव २०८०र८१ को ११ महिनामा भने दुई अर्ब ५२ करोड ८३ लाख दुई हजार रुपियाँ मूल्यको चिया निर्यात भएको थियो । गत वर्ष एक करोड १४ लाख ९

    • प्रकाशित मितिः असार १०, २०८२
    • २३० पटक पढिएको
  • कोशी प्रदेशले घरजग्गा कर्जा सीमा पचास प्रतिशतभन्दा बढी गर्न सुझाव

    इटहरी । कोशी प्रदेशका उद्योगी व्यवसायीले घरजग्गा तथा रियल स्टेट कर्जाको सीमा ५० प्रतिशतभन्दा बढी बनाउनुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिसँग सम्बन्धित रहेर लिखित सुझाव पठाएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीले घरजग्गा तथा रियल स्टेट कर्जा र त्यसको धितो सुरक्षणको ‘फेयर मार्केट भ्यालु’ बिचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशत मात्र कायम हुनुपर्ने माग गरेको हो । महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्द

    • प्रकाशित मितिः असार १०, २०८२
    • २६२ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाको बजेट ४७ करोड ७० लाख

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न हतुवागढी गाउँपालिकाको १७ औँ गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक, विनियोजन विद्येयक र आर्थिक वर्ष २०८२र८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य प्रस्तुत गरेका थिए । चालुतर्फ ३२ करोड ६२ लाख ४२ हजार ३९७ रुपैयाँ र पूँजीगततर्फ १५ करोड ८ लाख रुपैयाँ गरी कुल ४७ करोड ७० लाख ४२ हजार ३९७ रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष किरातीले बताउनुभयो । बजेट वक्तव्यमा गाउँपालिकाले स्थानीय आवश्यकता,

    • प्रकाशित मितिः असार १०, २०८२
    • २६७ पटक पढिएको
  • हेंवा खोलाको डाइभर्सन बाढीले बगायो, सडक अवरुद्ध

    इटहरी ।  मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेंवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेको सवारीसाधन बाटैमा रोमिएका छन् । यस्तै, बाढीका कारण फिदिम याङनाम फालौट सडक खण्डमा पर्ने फेमे र मुवा खोलाका डाइभर्सनमा पनि आं

    • प्रकाशित मितिः असार १०, २०८२
    • २२७ पटक पढिएको
  • ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्बभन्दा बढी

    इटहरी । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार

    • प्रकाशित मितिः असार १०, २०८२
    • २८० पटक पढिएको
  • सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

    सुनसरी / २०८२ असार ९ गते ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । जिल्ला मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाको प्रमुख आतिथ्यतामा समीक्षा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा सन् २०२५ जनवरीदेखि जुन २० सम्म इन्सेकले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ४४ ओटा घटना इन्सेकले अभिलेख गरेको जिल्ला प्रतिनिधि जयकृष्ण यादवबाट प्रस्तुत गरिएको छ ।प्रस्तुत घटनाहरुमध्ये घरे

    • प्रकाशित मितिः असार ९, २०८२
    • ४०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]