समाज

    Showing ४,३५१-४,३६० of ९,३९० items.
  • बिर्तामोडमा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

    इटहरी । झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पु¥याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब १० हजार बराबरको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब ५० हजार बराबरको क्षति भएको छ भने स

    • प्रकाशित मितिः असार ९, २०८२
    • २२६ पटक पढिएको
  • सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

    इटहरी । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।  अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आर्र्शीवाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिनुभयो । पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेव

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३५१ पटक पढिएको
  • वराहक्षेत्र नगरपालिकाद्धारा १ अर्ब बढीको बजेट सार्वजनिक

    इटहरी । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवारले आज सोमबार १६औ नगरसभामा आगामी वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदायका महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको बताए । उनका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार तथा आन्तरिक श्रोतबाट प्राप्त हुने रकमसमेत समेटिएको उक्त बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ। बजेट विवरणअनुसार नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३४७ पटक पढिएको
  • ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने

    इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिका भित्रका २९ परिवारलाई जग्गा उपलब्ध गराउने भएको हो । गाउँपालिकाको २१औं गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि जग्गा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । पालिकाका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले सोमबार बजेट प्रस्तुत गर्नुहुँदै सुकुम्वासीका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। त्यस्तै पालिकाले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । अध्यक्षसँग किसान कार्यक्रमका लागि ४० लाख बजेट ल्याएको छ । सोही कार्यक्रम मार्फत कफीलाई ब्रान्डिङ गरिने गाउँपालिका अध्

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३४६ पटक पढिएको
  • शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए सुविधा कटौती हुने फालेलुङको नीति

    इटहरी । फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति पारित गरेको छ। यो नीति पालना नगरी निजी विद्यालयमा पढाउने व्यक्तिहरूको तलब, भत्ता तथा सुविधाबाट १० प्रतिशत कटौती गरी आन्तरिक राजस्व खातामा जम्मा गरिने व्यवस्था गरिएको छ। गएको सोमबार सम्पन्न ११औं गाउँसभाले सर्वसम्मत रूपमा उक्त नीति पारित गरेको हो। प्रवक्ता भरत खपाङ्गीका अनुसार गाउँपालिकाले शिक्षा ऐनमार्फत सो व्यवस्था लागू गरेको छ। साथै, गाउँसभाले कृषि, वन वातावरण र जिन्सी लिलामीसम्बन्धी ऐन पनि पारित गरेको छ। नयाँ आर्थिक वर्षका लागि फालेलुङले ५४ करोड ४१ लाख रुपैयाँभन्दा बढी

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३९१ पटक पढिएको
  • ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    इटहरी । इलामको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ। आइतबार अपराह्न ४ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। प्रदेश १(०१(००१ ख ४५४७ नम्बरको ट्रकले बा। ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनामा संलग्न ट्रक

    • प्रकाशित मितिः असार ९, २०८२
    • २३५ पटक पढिएको
  • २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    इटहरी । झापामा २८ वर्षीय एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका(६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादव रहेका छन् । उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । हरदेवले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३३२ पटक पढिएको
  • धनकुटामा चारवटा सवारी दुर्घटना भएपछि सडक अवरुद्ध

    इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा ईभीसहित चार सवारी साधन ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि कोसी राजमार्ग अन्तर्गतको सो स्थानमा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रहरीले दिएको जानकारीअनुसार बिहान ११ बजेतिर प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सरेपछि प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो। त्यस टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडीलाई ठक्कर दिएको थियो । ईभी गाडी पनि पछाडि रहेको प्रदेश १–०२–००१ क ४८९२ नम्बरको अर्को ट्रकमा ठोक्किएपछि सडक अवरुद्ध भएको हो । धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसा

    • प्रकाशित मितिः असार ९, २०८२
    • २०१ पटक पढिएको
  • मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

    इटहरी । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१।५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१–०८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०–०८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकोमा ७७।५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०।८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३०९ पटक पढिएको
  • बजेटजति मन्त्रीले लगेपछि कोसीमा सत्तारूढ दलका सांसदको चर्को असन्तुष्टि

    इटहरी। कोसी प्रदेशसभामा जारी प्रदेश सरकारको बजेटमाथिको विनियोजनमा सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । बजेटमाथिको छलफलमा सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यले बजेटजति मन्त्रीहरूले आफ्नो क्षेत्रतिर लगेर आफ्ना महत्वपूर्ण योजनासमेत काटिएको भन्दै विरोध गरेका छन् । एमाले प्रदेशसभा सदस्य लीलावल्लव अधिकारीले आफ्नो ‘हात जगन्नाथ’ भन्ने शैलीमा बजेट एकातिरमात्र खन्याइएको आरोप लगाए । नीति एकातिर बजेट अर्कोतिर गएको अधिकारीले बताए । बजेटमा नयाँपन नदेखिएको उनको टिप्पणी छ । एमाले प्रदेशसभा सदस्य तारादेवी ढकालले मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्र बजेट पारेको भन्दै यसको सन्देश राम्रो नगएको बताइन्

    • प्रकाशित मितिः असार ९, २०८२
    • २७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]