इटहरी | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान कोशी अञ्चलले मंसिर ७ गते इटहरीमा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ। देशभर एकैदिन शान्तिपूर्ण आन्दोलन गर्ने अभियानअन्तर्गत इटहरीमा पनि बजारमा विरोध कार्यक्रम आयोजना गरिने बताइएको छ।

पार्टीका अध्यक्ष दुर्गा प्रसाईले देशभर आन्दोलन गर्ने घोषणा गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि, प्रसाईको रिहाइको मागसहित समर्थकहरूले इटहरीमा आन्दोलनको तयारी गरेका हुन्। शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी कार्यक्रमबारे जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा इटहरी नगर समितिका संयोजक सरोज तामाङले सार्वजनिक यातायात व्यवसाय बन्द गर्न आह्वान गर्नु भयो ।

त्यसैगरी, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान कोशी अञ्चलका अध्यक्ष सरोज सिंहले देशभर शान्तिपूर्ण आम हडताल गरिने बताउँदै बताउनुभयो । भ्रष्टाचार दलाली गतिविधि , जनतालाई दिने समस्या समस्या अन्त्य हुन पर्ने उनिहरूको माग छ ।

आगामी मंसिर ७ गते आइतबार हुने कार्यक्रममा खम्बुवान राष्ट्रिय मोर्चा पार्टीसहित विभिन्न राजनीतिक दलहरूले दुर्गा प्रसाईंको अभियानप्रति एकताबद्धता जनाएका छन्। केही दिनयता इटहरीमा समेत राके जुलुस निकालिएको थियो। पत्रकार सम्मेलनमा पार्टीका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।