इटहरी । आफ्नो लालपूर्जा नहुँदा वर्षौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई इलाममा जग्गाको लालपूर्जा वितरण गर्न थालिएको छ । जिल्लास्थित भूमि समस्या समाधान आयोगले आज चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपूर्जा वितरण गरेको हो । विगतदेखि भूमि आयोगले गरेका अपुरो अधुरो कार्यभित्र रहेका परिवारको लालपूर्जा तयार गरेर वितरण गरिएको जिल्लास्थित आयोगका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । चुुलाचुलीमा ६३० परिवारको जग्गा अधुरो अपुरोमा प्रमाणित गरिएको छ । बाँकीलाई क्रमशः प्रक्रियामा लगेर लालपूर्जा वितरणको काम गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यस आयोगले जिल्लामा पहिलो पटक थालेको लालपूर्जा वि
इटहरी । भोजपुरको पुर्वी अरुण गाउँपालिका–६ जरायोटारका किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । वडामा रहेका कृषिमा संलग्न किसानहरूको क्षमता अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न कृषि सामग्री वितरण गरिएको हो । वडा अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मल्चिङ प्लास्टिक २७ रोल, प्लास्टिक पोखरी निर्माणका लागि प्लास्टिक ८ थान, प्लास्टिक टनेल १२ पिस, र स्पेयर गटर मेसिन १२ पिस वितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडा कार्यालयले कृषिमा उत्पादनशीलता बढाउने उद्देश्यले वितरण गरिएका यस्ता सामग्रीहरूले स्थानीय किसानहरूलाई व्यावसायिक खेतीतर्फ आकर्ष
इटहरी । सुनसरीको इटहरी उपमहानगर वडा नं ६ लाइ आगामी वर्ष भित्र क्षयरोग मुक्त वडा बनाउन बिभिन्न योजनाबारे छलफल ,अन्तरक्रिया तथा एक दिने शुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । वडा कार्यालयस्थित ज्येष्ठ नागरिक सभाहलमा आयोजित कार्यशालामा क्षयरोग बारे वडाको वर्तमान स्थिती, रोकथामका उपाय र आगामी योजनाबारे घनीभुत छलफल गरिएको थियो । वडाका जनप्रतिनिधी, ज्येष्ठ नागरिक , स्वास्थ्यकर्मी र स्थानियहरूको उपस्थितीमा एक दिने कार्यशाला सम्पन्न गरिएको हो । कार्यक्रममा क्षयरोग के हो ? कसरी सर्छ , यसका लक्षण र उपचार पद्धतीबारे चर्चा गरिएको थियो । उपचारमा वेवास्ता गरे बिमारीको ज्यान नै जान स
सुदिप पोखरेलनेपालको वैदैशिक रोजगारको अवस्था अत्यन्त जटिल छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, दैनिक झण्डै २०४४ भन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा जाने गर्दछन । यही क्रम चलिरहने हो भने अबको २० वर्षमा करिब १ करोड ५० लाख युवा वैदेशिक रोजगारीमा हुनेछन । जुन अहिलेको नेपालको कुल जनसंख्याको लगभग आधा हो । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार पछिल्लो १५ वर्षको अवधिमा नेपालबाट वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूको संख्या ५० लाख नाघिसकेको छ । तर, यो तथ्यांकले तिनै व्यक्तिहरूले दोहोर्याएर लिएको पुनः श्रम स्वीकृति पनि समेटेको छ । यसले देशबाट पलायन हुने श्रमशक्ति र जनसंख्याको संकट देखाउँछ । प
इटहरी । इलामको सूर्योदय नगरपालिकाले तामाङ समुदायको संस्कृति संरक्षणका लागि लोपउन्मुख बाजा टुङ्ना र डम्फु तामाङ समुदायलाई हस्तान्तरण गरेको छ । नगरको महिला बालबालिका तथा समाज कल्याण शाखाको २०८१(०८२ को वार्षिक स्वीकृत आदिवासी जनजाती संस्कृति संरक्षण कार्यक्रम अन्र्तगत नेपाल तामाङ घेदुङ सूर्योदय नगर कार्य समितिलाई दुई लाख ५० हजार मुल्य बराबरको टुङ्ना र डम्फु हस्तान्तरण गरेको हो । महिला बालबालिका तथा समाज कल्याण प्रमुख तारा शेर्पाका अनुसार जाताजातीको संस्कृति संरक्षण अन्र्तगत चार थान टुङ्ना र २५ थान डम्फु नेपाल तामाङ घेदुङ सङ्घको सांस्कृतिक समुहलाई हस्तान्तरण गरिएको छ । सूर्योदय नगरपालिकामा मात्र त
इटहरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशले बुधबार मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो । सहभागी पत्रकारले समाचार संकलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुर्व्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गरेका थिए । पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्र
इटहरी । खोटाङको खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१(८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्माणलगायतका शीर्षकमा भौतिक पूर्वाधार विकास योजना बनाएर गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । वडा नं ९ रहेको खोटेहाङमा चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकका ११ भौतिक पूर्वाधार विकास योजना निर्माण गरिएको थियो । चालु आर्थिक वर्षका लागि निर्माण गरिएको भौतिक पूर्वाधार विकास योजनामा विनियोजन गरिएको रु १२ करोड ५४ लाख ८८ हजारमध्ये नौँ करोड ६० लाख ११ हजार खर्च भएको पाइएको हो । सङ्घ तथ
इटहरी | नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै पहिलोपटक “ARM WRESTLING KING ITAHARI TOURNAMENT - 2082” आयोजना हुने भएको छ।युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकहरूले जनाएका छन्।प्रतियोगिता आगामी दिनहरूमा इटहरीमा भव्य रूपमा सञ्चालन हुने छ, जसमा आर्म रेस्लिङ खेलप्रेमीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।विजेताले रु. १ लाख, उपविजेताले रु. ४० हजार, र तेस्रो स्थान हासिल गर्नेले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ।प्रतियोगितामा
इटहरी। मेची राजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँचिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले अध्ययन सुरु गरेको छ । समितिले हेवा खोलामा भाँचिएको पुलको स्थलगत अध्ययनसँगै काम थालेको हो । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा खटिएको समितिले मंगलबार घटनास्थलमा पुगेर जडान प्रविधि, लोड व्यवस्थापन तथा प्राविधिक पक्षहरूको अध्ययन सुरु गरेको हो । समितिले सात दिनभित्र अध्ययन प्रतिवेदन प्रतिवेदन बुझाउने बताइएको छ । स्थलगत अध्ययनपछि थप प्राविधिक मूल्याङ्कन गरी प्रतिवेदन मन्त्रालयमा बुझाइने उपमहानिर्देशक खनालले बताउनुभयो । उ
इटहरी । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको हो । भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताउनुभयो । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उहाँको भनाइ छ । आफूले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो । गत वर्षको झै खुर्सानीले मूल्य पाएको खण्डमा लक्ष्यअनुसारको आम्दानी लिन समस्या नरहेको उहा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.