इटहरी । इटहरीमा लायन्स क्लब अफ इटहरी मनकामना, लायन्स क्लब अफ इटहरी न्यू भिजन तथा लियो क्लब अफ इटहरी मनकामनाको संयुक्त पदस्थापन तथा चार्टर प्रस्तुतिकरण समारोह सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–जी का गभर्नर बाबरजंग थापाले नयाँ पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए। सो अवसरमा उनले जीवनमा विभिन्न काम गरिए पनि सेवा मुलक कार्यहरूले मात्र जीवनलाई सार्थक बनाउने बताए। उनले तत्कालीन अध्यक्ष भारती श्रेष्ठको कार्यकालको प्रसंसा गर्दै नयाँ नेतृत्वलाई सेवाको अभियानलाई निरन्तरता दिन आह्वान गरे।
लायन्स क्लब अफ इटहरी मनकामनाको २०२५/२६ कार्यकालका लागि अध्यक्षमा सिनेट रिजाल नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
त्यस क्लबका प्रथम उपाध्यक्ष दीपक पुरी, सचिव रोवनराज कार्की र कोषाध्यक्ष राम बाबू थापा सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै, लियो क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष मनिषा बस्नेतलाई पदस्थापन गरिएको छ। नयाँ स्थापित लायन्स क्लब अफ इटहरी न्यू भिजनका अध्यक्ष सुरेश धमलाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिले पनि शपथ ग्रहण गरेका छन्।
नयाँ अध्यक्ष सिनेट रिजालले पदभार ग्रहण गर्दै मानव सेवा नै लायन्स क्लबको मूल उद्देश्य भएको बताए। कार्यक्रममा लायन्स क्लब अफ इटहरी न्यू भिजनलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सेकेन्ड उप–जिल्ला गभर्नर रमेश खत्री, पूर्व जिल्ला गभर्नरहरू विजय हरि शर्मा र लिला कुमार ढुंगेल, जिल्ला सचिव नेत्रा चम्लागाईंलगायतको उपस्थिति रहेको थियो।


