धरान | “मर्यादा , समान्ता र मानवअधिकारका लागि मर्यादित महिनावारी" भन्ने नाराका साथ मर्यादित महिनावारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज धरानको सरस्वती मा वि मा सफलतापूर्वक आयोजना गरिएको छ। दक्षिण गोलार्दिया मर्यादित महिनावारी संजाल र राधा पौडेल फाउन्डेसनको सहकार्यमा आयोजित यस कार्यक्रमले कक्षा ४ देखि १० सम्मका ५०० भन्दा बढी विद्यार्थीहरूलाई एकसाथ ल्याएको थियो।
कार्यक्रमले समाजमा महिनावारी सम्बन्धी रहेका गलत धारणाहरू (मिथ्या ) हरुलाई चिर्दै सहि भाष्य निर्माण गर्न ' महिनावारी विभेदको विभिन्न स्वरूप नाम र प्रकारलाई छलफल गर्दै समाज रुपान्तरण गर्न मानव अधिकार प्रवर्धन गर्दै महिनावारी सम्बन्धीको बुझाइ, सम्मान र मर्यादालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
कक्षा ४ र ५ का विद्यार्थीहरूले “ पहिलो महिनावारी” मा केन्द्रित भएर छलफलमा भाग लिएका थिए - महिनावारी प्राकृतिक प्रक्रिया हो र महिनावारीको को रगत शुद्ध सफा र पवित्र हो , शरीरको सकारात्मकता, महिनावारी हुने व्यक्तिको सम्मानको बारेमा सिक्दै। यसैबीच, कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले घर र समुदायमा अझै पनि देखिने महिनावारी भेदभाव, मर्यादित महिनावारी र हानिकारक परम्परागत अभ्यासहरूको बारेमा गहन छलफलमा संलग्न भए।
वक्ताहरूले महिनावारीमैत्री विद्यालय, घर र समुदाय सिर्जना गर्ने महत्त्वमा जोड दिए, जसले महिनावारी भएका व्यक्तिहरूलाई महिनावारी विभेद मुक्त व्यवहार गर्ने कुरा सुनिश्चित गर्दछ। कार्यक्रमले विद्यार्थीहरूमाझ समानता र आत्मविश्वास निर्माण गर्न उचित शिक्षा, सहयोगी वातावरण र खुला कुराकानीको आवश्यकतालाई पनि प्रकाश पारेको थियो।
शिक्षक, सहजकर्ता र विद्यार्थीहरूले समूह छलफलमा सक्रिय रूपमा भाग लिए, प्रत्येक व्यक्तिले महिनावारी भेदभाव अन्त्य गर्न र सबैको लागि मर्यादा प्रवर्द्धन गर्न कसरी योगदान पुर्याउन सक्छ भन्ने बारेमा विचारहरू आदानप्रदान गरे।
सबैको लागि मर्यादा , समान्ता , सम्मान, समानता र समझदारी सुनिश्चित गर्दै।कार्यक्रम सरस्वती मा वी र समुदायलाई मर्यादित महिनावारी अभ्यासहरूको लागि एक मोडेल बनाउने सामूहिक प्रतिबद्धताका साथ समापन भयो ।


