इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले वडा नं ४ लिङ्तेपका कृषकहरूलाई उन्नत जातको गाईको बाछी वितरण गरेको छ । गाउँपालिकाले उन्नत जातमा पर्ने होलिस्नि क्रस र जर्सी क्रस गाईको बाछी वितरण गरेको हो । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिका चार लिङ्तेपका कृषकहरूलाई मङ्गलबार गाईको बाछी वितरण गरेको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम ९डम्बर० ले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को गौरवको योजना अन्तर्गत गाईको बाछी वितरण गरिएको हो । गाईको बाछी गाउँपालिका अध्यक्ष हाङगाम र चार नम्बर वडाध्यक्ष बेद प्रसाद हाङगामको उपस्थितिमा छनोट गरिएका कृषकहरूलाई ८ वटा गाईको बाछी वितरण गरिए
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिकै मङ्गलवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल दिउँसो करिब ३स्३५ बजे अचानक अनियन्त्रित भई कोशी लोकमार्गमा पल्टिएको थियो। दुर्घटनामा धनकुटा पख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१ हासँपोसा बस्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ घाइते भएका छन्। उक्त मोटरसाइकलमा पछाडि सवार उनकी ४५ वर्षीया पत्नी हिरा मेघाले गम्भीर घाइते भई बेहोस अवस्थामा भेटिएकी थिइन्। अनुहारमा गम्भीर चोट लागेकी उनलाई तत्का
इटहरी । वरिष्ठ साहित्य सर्जक स्व। गणेश रसिकको सम्झनामा मङ्गलबार उहाँको कर्मथलो सूर्योदय नगरपालिकामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्व। रसिकको सम्झनामा रसिक संस्थापक रहनुभएको रेडियो फिक्कल र उहाँकै सक्रियतामा सञ्चालित गणेश रसिक फाउन्डेसनले उहाँलाई सम्झिएको हो । श्रद्धाञ्जली सभामा इलाम, झापा र छिमेकी देश भारतका साहित्य र सङ्गीतपारखीको सहभागिता थियो । साहित्यकार विमल वैद्यले रसिकको चर्चा गर्दै सरल बोल्ने उहाँका कृति जीवन्त रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यकार जिउँदो हुँदाभन्दा मरेपछि धेरै बाँच्छन्, यसको प्रमाण रसिकका कृति हुन् ।” सभामा स्व। रसिककी छोरी निर्जला रसिकलगायत परिवारका
इटहरी । धरान उपमहानगरपालिकामा प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उपप्रमुख आइन्द्रविव्रmम बेघाबिच विवाद हुँदा धरान उपमहानगरपालिका तनावग्रस्त भएको छ । धरान उपमहानगरपालिकामा केही समयदेखि प्रमुख र उपप्रमुखबिच विवाद भइरहेकोमा विगत दुई दिनदेखि श्रमदानको विषयमा उपमहानगरपालिकाको डोजरलगायतका सामग्रीको चाबी उपप्रमुखले दिन नमानेको भन्ने विषयमा उपमहानगरपालिका तनावग्रस्त बनेको हो । मङ्गलबार नगरप्रमुख राईका समर्थक एवं श्रमदाता उपप्रमुख बेघासँग चाबी माग्न पुगेपछि उपप्रमुख बेघा सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता पनि उपमहानगरपरिसरमा भेला भएका थिए ।दुवै पक्ष भेला हुन थालेपछि उपमहानगरपालिका
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ अमलचौरीमा दुई युवायुवती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय अन्दाजी १४ वर्षीया मन्जु राई र अन्दाजी २८ वर्षीय रविन्द्र राईको को शव फेला परेको हो । मन्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको थियो भने रविन्द्रको झुण्डिएको अवस्थामा भेटिएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार अहिले शवको कानुनी प्रकृया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । घटना के कति कारणले भयो भन्ने खुल्न नसकेको उहाँको भनाइ छ । मृतक मन्जु स्थानीय चौदण्डीगढी–२ स्थित सिंहदेवी म
इटहरी । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा
इटहरी । वर्खायाममा पनि मुन्दुम पदमार्गमा पद यात्रा गर्न सकिने सन्देश दिन यहीँ ७ गते भोजपुरको चखेवा भञ्ज्याङमा मुन्दुम ट्रेल रेसको आयोजना गरिने भएको छ । मुन्दुम पदमार्गको प्रवद्र्धन सगै वर्खामा पनि मुन्दुम पदमार्गमा यात्र गर्न सकिने उदाहरण देखाउन सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमाना तावाभञ्याङ पुगि पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवा सम्मको २२ किलोमिटर दुरिको मुन्दुम ट्रेल रेसका लागि रुट तय गरिएको आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।
इटहरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका ३ जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहनुभएको छ । सम्मानित तिनै जनालाई नगद ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्मान कार्यक्रममा बोल्दै कृषकलाई प्रोत्साहित गर्न पहिलोपटक नगरस्तरमा सम्मान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सो
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरीमा जीवन विज्ञान प्रयोगशालाले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । मंगलबार बिहान पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालय मन्दिरको सभा हलमा स्वजागरण, दीप प्रज्ज्वलन र योगभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । पथरी उद्योग वाणिज्य संघको पहलमा आरम्भ भएको जीवन विज्ञान प्रयोगशालाको हाल सम्ममा नगरभित्र छ वटा शाखाहरू विस्तार गरिएको छ । जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला मार्फत सयौँ साधक साधिकाले नियमित योग साधनाका कारण आफ्नो शारीरिक र मानसिक विकास , सुख, शान्ति र समृद्धिको अनुभूति, निरोगिता, मुटु र रक्तप्रवाह जस्ता
इटहरी । खेलकुद क्षेत्रमा झापाको इतिहास बोकेको मेची रंगशाला भद्रपुरको स्तरोन्नतिका लागि यो वर्षको बजेट भाषणमार्फत संघ तथा प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ। सरकारको स्वामित्वमा २०२५ सालमा स्थापना भएको मेची रंगशाला लामो समयदेखि सरकारी तहबाटै ओझेलमा पारिएको थियो। २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै ठूलो प्रतियोगिता नभएको मेची रंगशालामा भद्रपुर नगरपालिकाको समन्वयमा २०७९ सालमा भद्रपुर झापा गोल्डकपको आयोजना गरिएको थियो। २०७९ र २०८१ गरी दुई पटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरी काँचुली फेरिदिएको मेची रंगशालामा बल्ल सरकारको आँखा पुगेकोमा खेलप्रेमि उत्साहित देखिएका छन्। साबि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.