इटहरी। कोशी प्रदेश सरकारले इटहरी उपमहानगर पालिका वडा नम्बर ५ मा बनाएको ‘काव्य बाटिका फन पार्क’ हराएको छ । प्रदेश सरकारको पर्यटन बन तथा वातावरण मन्त्रालयले ६० लाख रुपैयाँ खर्च गरेर बनाएको काव्य बाटिका फन पार्क हराएको हो । निर्माण गरिएको स्थानमा अहिले फन पार्कको कुनै पनि अस्तित्व छैन । प्रदेश सरकारले उपभोक्ता समिति आर्थिक वर्ष ७६र७७ मा काव्य बाटिका फन पार्क बनाएको थियो । तत्कालीन प्रदेश नम्बर १ सरकारले उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना मार्फत हालेको ६० लाख रुपैयाँ र उपभोक्ता समितिले श्रमदान बापत गरेको ६ लाख ९३ हजार २७१ रुपैयाँमा बनेको पार्कको अहिले कुनै पनि अस्
इटहरी । दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम हुनुभएको छ । जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रथम स्थान हासिल गर्नुृभएको हो । प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कविता सहित मकवानपुरका सुवास सजल द्वितीय तथा ‘बारुद’ शीर्षकको कविता सहित इलामका ऋजन मायालु तृतीय हुनुभयो । उहाँहरूले क्रमशः ४१ हजार ५ सय ५५ र ३१ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुृभयो । अन्तिम चरणका लागि छनोट भएका अन्य सात प्रतिस्पर्धी अनिल सुवेद
इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जाने यात्रुहरूको नियमित जाँचका क्रममा दुई फरक मितिमा नगद बरामद गरिएको हो। बैशाख १८ गते बेलुका करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङको साथबाट ११ लाख नगद फेला परेको प्रहरीले जनाएको छ।त्यसैगरी, बैशाख १९ गते दिउँसो ३ः३५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौं जान लागेका भारत, माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीको साथबाट १५ लाख ९८ हजार नगद बरामद गरिएको छ। दुवै जनाबाट कुल २६ लाख ९
इटहरी । भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा अवस्थित अरुण बहुमुखी क्याम्पस को शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बृहत् आर्थिक सहयोग सङ्कलन अभियानको औपचारिक सुरुवात गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसलाई यस क्षेत्रकै नमुना शैक्षिक केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिका अध्यक्षको संयोजकत्वमा सातै वडामा अभियान थालिएको हो। अभियानको पहिलो दिनमै स्थानीय दाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। सहयोग गर्नेहरूमा कुमार कार्की, शिवराज सापकोटा, नारायण प्रसाद खनाल, केशर बहादुर कार्की, रुद्र बहादुर पुलामी र दिवस राईले ५१ हजार रुपैयाँभन्दा बढी य
इटहरी । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय प्याउलीको आयोजनामा शारदा माध्यमिक विद्यालयको सभा हलमा ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न भएको छ । संस्थाको ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा आन्तरिक लेखा परीक्षण विभाग प्रमुख मनोज कुमार शाह प्रमुख अतिथि तथा लघुवित्तीय विभाग प्रमुख सीप कुमार राम विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला प्रमुख पपु कुमार शाह, शाखा प्रमुख निरज शाह र प्रधानाध्यापक श्यामसुन्दर शाह लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा
इटहरी । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि सडकमा पर्ने पुल निर्माण भने निक्कै सुस्त गतिमा भइरहेको छ । ताप्लेजुङ–तराई जोड्ने तमोर कोरिडोर सडकमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा खोलामा आउने आकस्मिक बाढीका कारण सवारीसाधन बिच बाटोमै अलपत्र पर्ने गरेका यात्रु अनुप निरौला बताउनुहुन्छ । यो सडकखण्डमा पर्ने आठ वटा पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेका छैनन् । तमोर कोरिडोर सडकम
इटहरी । विराटनगर महानगरपालिकाभित्र झन्डै १२ हजार सुकुमवासी परिवारको बसोबास छ । बर्सौंदेखि सिङ्घिया र केसलियाखोला किनारमा जसोतसो टाउको लुकाउँदै आएका यी परिवारलाई अहिले हाम्रो बास खोसिएला कि भन्ने डरले सताउन थालेको छ । काठमाडौँलगायतका क्षेत्रमा सुकुमवासी बस्ती हटाउन चलाइएको डोजरको पराकम्प विराटनगरका गरिब बस्तीमा पनि महसुस हुन थालेको छ । चिया पसलदेखि टोलका चौतारीसम्म यहाँबाट उठाए कता जाने, के गरी खाने भन्ने चिन्ता व्यक्त भइरहेको छ । विराटनगर–३ का ८० वर्षीय वृद्ध प्रेमप्रसाद निरौलाको आँखा यतिबेला ओभानो छैन । पत्नीको मृत्यु भइसकेको र ओत लाग्दै आएको घर पनि छाड्नु परे वृद्धावस्था कस्तो हो
मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८,
मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले वर्षायामको समयमा भूमिहीन तथा सुकुम्बासीहरूको घरटहरा भत्काएर उनीहरूलाई विचल्ली बनाउने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गर्नुभएको छ।उहाँले सरकारको लहलहैमा लागेर सुन्दरहरैंचा नगरपालिका ले कुनै स्पष्ट नीति र व्यवस्थापनबिना भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने निर्णय गर्नु गैरजिम्मेवार र अव्यावहारिक भएको बताउनुभयो।तामाङले यस्तो कार्य तत्काल रोक्दै भूमिहीन तथा सुकुम्बासीहरूको उचित पहिचान र व्यवस्थापन गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। साथै प्रभावित परिवारहरूको मानवीय अवस्थालाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोज्न सम्
इटहरी। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ स्थित धुवाखोलामा विद्यार्थीलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले काठेपुल निर्माण गरिएको छ। स्थानीय युवा सङ्गठन वाइसिएलको अग्रसरता र सामुदायिक श्रमदानमार्फत उक्त पुल निर्माण गरिएको हो।वाइसिएल फालेलुङ–७ जिल्ला कमिटीको अगुवाइमा सम्पन्न उक्त कार्यमा १५ जना युवाले लगातार ६ दिनसम्म श्रमदान गरेका थिए। पुल निर्माण कार्यमा कुल ९० जना जनशक्तिको सहभागिता रहेको बताइएको छ। पुल निर्माणका लागि काठ, टिन लगायतका सामग्रीको व्यवस्थापन गरी करिब ९० हजार रुपैयाँ लागत लागेको कमिटीले जनाएको छ। कञ्चनजङ्घा सामुदायिक विकास संस्था, फालेलुङ–७ को आयोजनामा सम्पन्न उक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.