समाज

    Showing ४,५३१-४,५४० of ९,३९० items.
  • ‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

    इटहरी । ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ । भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • २८१ पटक पढिएको
  • उदयपुरको बेलका नगरपालिका–५ मा करेन्ट लागेर १७ वर्षीया किशोरीको मृत्यु, पोष्टमार्टमका लागि अस्पताल पठाइयो

    इटहरी । उदयपुरको बेलका नगरपालिका(५ मा रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । स्थानीय सन्जिव कार्कीको छोरी १७ वर्षिया दुर्गाकार्कीको करेन्ट लागेर शुक्रवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक हरिहरनाथ योगिका अनुसार आफ्नै घर नजिक रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर छटपटाई रहेको अवस्थामा आफन्तले देखेपछि तत्काल उपचारको लागि अस्पताल लगिएको थियो । उहाँको शुक्रवार विहान ९ः३० बजे मृत्यु भएको हो । अहिले मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • १८८ पटक पढिएको
  • सहकारीको ऋण नतिर्ने सदस्यलाई कारबाही गर्ने विराटनगर महानगरपालिकाको चेतावनी

    इटहरी । विराटनगर महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई ऋणको सावाँ र ब्याज चुक्ता गर्ने सम्बन्धी सूचना जारी गर्दै ऋणको सावा र ब्याज नतिर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकाले पछिल्लो समयमा कतिपय सदस्यहरुले आफ्नो नाममा लिएको ऋण चुक्ता नगरी अरु संस्थामा सदस्यता लिने, शेयर खरिद गर्ने, पुनः ऋण लिने जस्ता कार्य गरिरहेको पाइएकोले अधिकांश संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको जनाएको छ। विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७५ ९दोश्रो संशोधन, २०८०० को परिच्छेद १४ को दफा ५८ देखि दफा दफा ६५ र विराटनगर महानगरपाल

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • २४४ पटक पढिएको
  • ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

    अक्षता याखा लिङ्खाइटहरी । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन् । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन् । शेर्पाले यस वर्ष ११ मन ४० किलोको एक मन चिराइतो उत्पादन गरेर बिक्री गरे । उनले चिराइतो प्रति मन ४० हजारमा बिक्री गरे । त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्छन् । उनले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आएका छन् । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • २५१ पटक पढिएको
  • ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग सिलबन्दी

    इटहरी। ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालन भइरहेको उद्योग सिलबन्दी गरिएको छ । बिहीबार अनुगमनको क्रममा फुङलिङ नगरपालिका ६ मा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र फुङलिङ नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग नामक भुजिया तथा हरियो मटर उत्पादन गर्ने उद्योग सिलबन्दी गरिएका छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार उद्योग करिब सात वर्ष अघिदेखि नवीकरण नगरी सञ्चालन गरिएको पाइएको छ । त्यस्तै आवश्यक सर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • २२० पटक पढिएको
  • सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेकोे धार्मिक पर्यटकीय क्षेत्र मनकामनाधाम ओझेलमा

    इटहरी। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेकोे धार्मिक पर्यटकीय क्षेत्र मनकामनाधाम ओझेलमा परेको छ । विश्वको होचो अरुण उपत्यकामा रहेको यो ठाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ । मनकामनाधाम उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । सङ्खुवासभा र भोजपुर जिल्लाको सङ्गमस्थल अरुण नदीको किनारमा अवस्थित तीर्थस्थल मनकामनाधामले राष्ट्रिय पहिचान पाउन नसक्दा ओझेलमा परेको पुजारी सूर्यप्रसाद कट्टेलले बताउनुभयो । यहाँ दर्शन गर्दा मनोकामना, आकाङ्क्षा पूरा हुने जनविश्वास छ । छत्रशिलामा देवीदेवताका विभिन्न आकृति, गरुड, नाग, हात्ती र पार्वतीको पाइला जस्ता स्वरूप प्रकट भएको विश्वास गरिएक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • ३२६ पटक पढिएको
  • धनकुटाको चौबिसेमा गोठिया काठ कटानी तथा ढुवानी प्रतिबन्धित

    इटहरी। धनकुटाको चौबिसे गाउँपालिकाले गोठिया काठ कटानी तथा ढुवानी कार्य आगामी तीन महिनाका लागि पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाको कार्यालयले गोठिया काठको अनियन्त्रित कटानी, ढुवानी तथा ओसार–पसारका कारण वन विनास, सडक क्षति र वातावरणीय असर बढ्न थालेपछि असार २ गतेदेखि भदौ मसान्तसम्म तीन महिनासम्म काठसम्बन्धी सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाइएको गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो । बर्खामा बाटो भत्कने तथा विपद् आउने सम्भावना भएकाले जोखिम न्यूनीकरण गर्न तिन महिनालाई रोक लगाइएको चेम्जोङले बताउनुभयो । गाउँपालिकाले वर्षपक्षिय बैठक राखेर सो निर्णय गरेको हो । बैठकमा चौबिसे गाउँपालिक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • ३६६ पटक पढिएको
  • नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावती निर्वाचित

    इटहरी | नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावति निर्वाचित भएका छन् ।नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावती , उपाध्यक्ष लखन धमला र एलिसा सम्बाम्फे ,सचिव नईन्द्र पोखरेल र नरेन्द्र सम्बाम्फे,सहसचिव बम चेम्जोङ्ग र मनोज शेर्मा ,कोषाध्यक्ष दिवश लावती सर्वसम्मतिले निर्वाचित भएका हुन् ।त्यसैगरी, कार्यसमिति सदस्यहरूमा किरण त्रिखत्री, वीर बहादुर शेर्मा , टेकेन्द्र चेम्जोङ्ग , रेनुका कार्की , कुमार लावति, र

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ५०८ पटक पढिएको
  • सुन्दर सामुदायिक वन उपभोक्ता समूहद्वारा श्री गछिया आधारभूत विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण

    सुन्दरहरैचा / सुन्दर सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकारी विद्यालय श्री गछिया आधारभूत विद्यालयमा अध्ययनरत नर्सरी र कक्षा १ का विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ।यसै शैक्षिक सत्रदेखि विद्यालयमा नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट निःशुल्क कक्षा सञ्चालन सुरु गरिएको हो। विद्यालयले सरकारी पाठ्यक्रमलाई ध्यानमा राखी अङ्ग्रेजी माध्यममा अध्यापन आरम्भ गरेको जनाएको छ।विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययनको सुरुवात हुनु उत्साहजनक भएको बताउँदै प्राध्यापक धर्मेन्द्र सापकोटाले यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने विश्वास व्यक्त गरे।समुदायस्तरबा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ६९९ पटक पढिएको
  • नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावती निर्वाचित

    इटहरी । नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावति निर्वाचित हुनुभएको छ । नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट लावति निर्वाचित हुनुभएको हो । लावतीको नेतृत्वमा उपाध्यक्षमा लखन धमला र एलिसा सम्बाम्फे ,सचिवमा नईन्द्र पोखरेल र नरेन्द्र सम्बाम्फे, सहसचिवमा बम चेम्जोङ्ग र मनोज शेर्मा र कोषाध्यक्षमा दिवश लावती सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । त्यसैगरी, कार्यसमिति सदस्यहरूमा किरण त्रिखत्री, वीर बहादुर शेर्मा, टेकेन्द्र चेम्जोङ्ग, रेनुका कार्की,

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]