समाज

    Showing ४,५४१-४,५५० of ९,३९० items.
  • प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारको उदाहरणीय कार्य: ७८ दिन लगाएर १५ जना महिलालाई दिईन् ढाका बुनाइ तालिम

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र प्रगति महिला समाजको आयोजनामा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम सम्पन्न भएको छ । पालिका भित्रका १५ जना महिलालाई ७८ दिने ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले सीप सिकेर बस्ने  नभई त्यसलाई व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले पनि सीप सिकेर घरमा खालि नबस्न र उद्यमशील बन्न आग्रह गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ढकिया, बेकरी, मोबाइल मर्मत तथा मुडा बनाउने तालिम पनि सञ्चालन गरेको जानकार

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २५४ पटक पढिएको
  • सुन्दरहरैचाबाट केन्द्र स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

    इटहरी । मोरङको सुन्दरहरैचाबाट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुकोको बिदाई गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा खेलकुद परिषदको सहयोगमा सहिद स्मृति स्पोर्ट एकेडमीको आयोजनामा काठमाण्डौ गोकर्णेश्वरको स्पोर्ट सिटी हलमा हुन् गइरहेको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको बिदाई गरिएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल नगर कार्य समिमितका अध्यक्ष अर्जुन भुजेलले जानकारी दिनुभएको छ । अध्यक्ष भुजेलका अनुसार नगरपालिकाबाट २२–५८ ओभर सम्मका खेलाडीले सहभागि जनाउने छन् । खेलाडीहरुलाई अध्यक्ष भुजेल,नगर प्रमुख केदारप्रसाद गुरागाई, युवा ब्यबसायी तथा सामाजिक अभियन्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २६८ पटक पढिएको
  • सरकारी करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित

    इटहरी । सुनचाँदी र हिरा लगायत बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने सरकारको घोषणाविरुद्ध व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने सुनचाँदी व्यवसायीले चेतावनी दिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले विलासिता कर र भ्याट खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ । आम सर्वसाधारण उपभोक्तादेखि सबै वर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • १८३ पटक पढिएको
  • इटहरी रंगशाला टोलमा मध्यराति हुल्लड: स्थानीय आजित, प्रहरीमाथि प्रश्न

    सुनसरी | सुनसान राति ,करिब साडे १० बजेको समय, प्राय सबैजना खाना खाएर मस्त निन्द्रामा थिए । एकासी ठुलो ठुलो स्वरमा एक जना महिला चिच्याएको आवाज आयो । आवाज पनि समाजमा अपच्य सुनै नसकिने खाले गालि गरीरहेको । तेसपछि वरपरका मासनिहरुपनि जम्मा हुन थाले । घटना हो इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित रङगसाला जाने गेट छेउ । इटहरी उपमहानगरपालिका–९ स्थित रंगशाला गेट छेउमा भाडामा बस्दै आएकी एक महिलाले मादक पदार्थ सेवन गरेर गालीगलौज मच्चाएपछि स्थानीयमा आक्रोश फैलिएको छ । जेठ २८ गते राति साढे १० बजेतिर उक्त महिलाले छिमेकी महिला र अन्य स्थानीयलाई आपत्तिजनक शब्द प्रयोग गर्दै निरन्तर गाली गरेपछि स्थिति तनावपूर्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २३६ पटक पढिएको
  • भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

    भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • १७० पटक पढिएको
  • ताप्लेजुङमा विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पुर्व अभ्यास

    इटहरी । ताप्लेजुङमा विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पुर्व अभ्यास गरिएको छ । बाढीपहिरोका हिसाबले अत्यन्तै जोखिम रहेको ताप्लेजुङमा नेपाली सेनाको दुर्गादल गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मीको संंयुक्त सहभागितामा विपद् जोखिम प्रतिकार्य अभ्यास गरिएको हो । बाढीपहिरो तथा भिरालो स्थानमा फसेका नागरिकको उद्धार, डोरीको माद्यमबाट घाइतेलाई नदी पार गराउने लगायतको दुर्गादल गुल्मको प्राङगणमा नमूना अभ्यास गरिएको निमित्त सुर्य बहादुर क्षेत्रीले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मनसुनको समयमा ताप्लेजुङका अधिकांश क्षेत्र पहिरोको जोखिममा रहेका छन् । प

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • १९१ पटक पढिएको
  • झापामा किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ र प्रोत्साहन रकम प्रदान

    इटहरी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक÷एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ३२० पटक पढिएको
  • षडानन्द नगरपालिकामा धार्मिक पर्यटन प्रवर्धन गर्न गुम्बा निर्माण

    इटहरी । भोजपुरको षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो । षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो । करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले रु पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २५८ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोलामा श्रमदानमार्फत काठेपुल निर्माण गर्न सुरु

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदानमार्फत काठेपुल निर्माण गर्न सुरु गरिएको छ । मैवाखोला गाउँपालिका–४ साँघुस्थित एकबासे नेरुवाखोलामा बुधबारदेखि अस्थायी काठेपुल निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइमा नेरुवाखोलामा काठेपुल निर्माण गर्न सुरु गरिएको हो । बर्खा मौसममा मानिस आउजाउ गर्नलाई समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार मानिस  आउजाउ गर्न साथै मोटर (गाडी) गुडाउनसमेत मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको हो । काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २१४ पटक पढिएको
  • इलाम जिल्लामै उत्पादित अक्सिजन पर्याप्त

    युमि राईइटहरी । पछिल्लो समय इलाममा हुुने जुनसुुकै कार्यक्रममा जिल्लाका लागि कुुनै क्षेत्रमा केही भएन भन्ने धेरैको गुनासो सुुन्ने गरिन्छ तर जिल्लामा केही त भएको छ भन्ने उदाहरण पनि इलाममै रहेको छ । त्यस्तै उदाहरण यतिबेला इलाम अस्पतालछेउमा सञ्चालन भइरहेको अक्सिजन उत्पादन केन्द्र हो । तीन वर्षयता सञ्चालनमा रहेको केन्द्रबाट अहिले दैनिक छ सयदेखि सात सय किलो अक्सिजन उत्पादन भइरहेको छ । यहाँ उत्पादन भएको अक्सिजन इलाम अस्पतालमा आएका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुुग्ने गरेको छ । कोभिड–१९ को सङ्व्रmमणका समयमा बिरामीलाई अक्सिजन अभाव भएपछि प्रदेश र सङ्घीय सरकारको सहयोगमा सदरमुकाममा अक

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]