सुनसरी | नायक अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको १६ दिनभित्रै १० करोड ५१ लाख ४८ हजार ८ सय तीन रुपैयाँ बढीको व्यापार गर्दै बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार, चलचित्रले सो अवधिसम्म ३ लाख ३३ हजार टिकट विक्री गरेको छ। यससँगै ‘जेरी अन टप’ अनमोल केसीको करिअरमा पहिलो पटक १० करोड पार गर्ने चलचित्र बनेको हो।

सुयोग गुरुङको निर्देशनमा बनेको यो पर्वतीय एडभेन्चर रोमान्टिक चलचित्र २०८२ सालको सबैभन्दा सफल चलचित्रहरूमध्ये एक बनेको छ। चलचित्रमा अनमोल केसीसँगै आचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे (माग्ने बुढा) को प्रमुख भूमिका रहेको छ।

चलचित्रले दर्शक तथा समिक्षक दुवैतर्फबाट सकारात्मक प्रतिक्रिया पाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ।