समाज

    Showing ४,६८१-४,६९० of ९,४१२ items.
  • मोरङको केराबारीमा भरुवा बन्दुक सहित २ जना पक्राउ

    इटहरी । घरभित्र अवैध भरुवा बन्दुक भेटिएपछि प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको हो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले राति १०ः३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो । घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहाद

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २४१ पटक पढिएको
  • दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

    इटहरी । ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए । उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताए

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २४८ पटक पढिएको
  • विराटनगर चार्जिङ स्टेशनमा करेन्ट लाग्दा एकको मृत्यु

    इटहरी । विराटनगरमा सीटी सफारी चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको स्टेशनमा सीटी सफारी (ई–रिक्सा) चार्ज गर्ने क्रममा यादवलाई बिहीबार दिउँसो ३ः१५ बजेतिर करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । उक्त चार्जिङ स्टेशन कमलदेव यादवले सञ्चालन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २३५ पटक पढिएको
  • अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन: महामन्त्री थापा

    इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए। महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्ने बताए। कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा र

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २२७ पटक पढिएको
  • झापा र सुनसरीबाट लागू औषधसहित चार जना युवक पक्राउ

    इटहरी । लागू औषध कारोबारमा संलग्न रहेका  चार जना  झापा र सुनसरी जिल्लाबाट पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका–३ का २१ वर्षीय डेविड लामा र बिर्तामोड नगरपालिका–२ का २९ वर्षीय संजय चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो। लामा २ ग्राम र चौधरी ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्। त्यसैगरी, झापाकै गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई इलाका प्रहरी कार्यालय गौरादहले १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।सुनसरीको धरान–१६ का ३० वर्षीय गोपाल

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २६१ पटक पढिएको
  • चालु बजेट अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुने

    इटहरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो । विकसित राजनीतिक घटनाक्रमका बारेमा मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा दर्ता गरेको विषयमा अख्तियारको नियमित काम भएको बताउनुभयो । उहाँले गृहमन्त्री रमेश लेखकमाथि विपक्षीहरूले राजनीतिक प्रतिशोध सोधेको बताउनुहुँदै उहाँले राजीनामा दिनुनपर्ने बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २२९ पटक पढिएको
  • सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको शव फेला

    इटहरी । सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका अनुसार बिहीबार दिउँसो उद्धार अभ्यासका क्रममा बेपत्ता भएका जवानहरूमध्ये झापाका हरिदेव राजवंशीको शव आज (शुक्रबार) बिहान फेला परेको हो। शव घटनास्थल नजिकैको कोशी नदीको भागमा डुबेको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ। राजवंशी बिहीबार दिउँसो अभ्यासका क्रममा पर्सा गणअन्तर्गत छिन्नमस्ता बाहिनीमा कार्यरत जवान सुरज साउदसँगै बेपत्ता भएका थिए। सुरज साउदको खोजी कार्य भने अझै जारी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २९५ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा भारतीय युवकको मृत्यु, एक घाइते

    इटहरी । हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा परी एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार झपडतलबाट डाइनियाँतर्फ जाँदै गरेको मे ७ प १०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकेर राखिएको को १ त ११०५ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक भारत बिहार राज्यका अन्दाजी २० वर्षीय नवीनकुमार पोदार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थिय ।, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भारतकै अररिया जिल्लाका १९ वर्षीय प

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३३२ पटक पढिएको
  • पाउरोटी उद्योग फ्याक्ट्रीलाई दश हजार जरिवाना

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानसनले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो । उद्योगमा सधैँ सरसफाइ कायम राख्न  र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । 

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २०१ पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङ विराटनगरमा, गोरखापत्र कार्यालयको निरीक्षण गर्नुहुने

    इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षण गर्नुहुने भएको छ । मन्त्री गुरुङसहित सचिव राधिका अर्याल र मन्त्रालयका प्रतिनिधिहरु विराटनगर पुग्नुभएको छ । मन्त्रीसहितको टोलीले आज बिहान १० देखि २ बजेसम्म सार्वजनिक सेवा प्रसारण नेपाल ९पिएसबी० को कार्यक्रममा सहभागी हुनुहुने मन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो । सोपछि लगत्तै २ बजेपछि विराटनगर महानगरपालिका वडा १९, बैजनाथपुरमा रहेको गोरखापत्र प्रकाशनको कार्यालयमा अनुगमन निरीक्षणपछि छोटो औपचारिक कार्यक्रम हुने गोरखापत्र संस्थानका कार्य

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]