इटहरी । आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीकाअनुसार कानेपोखरी–लेटाङ सडकमा हावाहुरीले लडेका रुख सवडिभिजन वन कार्यालय लेटाङका प्राविधिक कर्मचारी र प्रहरीको सहयोगमा हटाइएको छ । राति ठाउँ–ठाउँमा ढलेका रुखका कारण सडक अबरुद्ध भएको थियो । हावाहुरीले किसान र साना उद्यमीको ब्यावसायस्लाई पनि असर गरेको छ ।वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम सुरु गर्नुभएका देवीप्रसाद सापकोटाको जाँतेली ममि च्याउ उद्योगका टहराहरू हावाले उडाएको छ । सापकोटाका अनुसार च्याउ उद्योगको टिनको छाना उडाउँदा करिब २५
भोजपुर । भोजपुरको अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार आयोजित विशेष समारोहमार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो।जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा पालिकालाई औपचारिक रूपमा घोषणा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि थुलुङसँगै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जित्मान जिमी, सातै वडाका वडाध्यक्ष, स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स
इटहरी । तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न एक दिवसीय तेक्वान्दो प्रतियोगितामा हाम्रो तेक्वान्दो डोजाङ प्रथम भएको छ । इटहरी ५ स्थित बेबिलोन स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा इटहरी क्षेत्रका विभिन्न विद्यालयहरूबाट १० वटा डोजाङहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सबै डोजाङहरूले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे पनि, हाम्रो तेक्वान्दो डोजाङ उत्कृष्ट प्रदर्शन सहित प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, दोस्रो स्थान पकली तेक्वान्दो डोजाङले प्राप्त गर्दा तेस्रो स्थान ब्लेस तेक्वान्दो डोजाङले प्राप्त गरेको छ । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि समाजसेवी निराजन पाण्डे र आ
इटहरी । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उहाँका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताउनुभयो । उक्त आयोजनाबाट २५० घ
इटहरी । मोरङको बेलबारीका चार जना बालिका चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बेलबारी नगरपालिका–२ लालभित्तीका उनीहरु साथी भेट्न जाने भन्दै बिहीवार घरबाट निस्किएका घरपरिवारले जानकारी दिएका छन् । सुन्दरहरैचा–११ शुक्रबारेको महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ को कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली हराएका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले सम्पर्कविहीन बालिकाहरूको खोजी भइरहेको बताउनुभयो ।
इटहरी। वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन सामी कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । विगतमा यहाँका चारवटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको छ । यहाँका आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी परामर्श, वैदेशिक रोजगारीका सिलसिलामा ठगिएकालाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका तथा मृत्यु भएकाहरूलाई क्षतिपूर्ति
इटहरी । दमकलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले एक लाख बिरुवा रोपण गर्ने अभियानलाई निरन्तरता दिँदै यो वर्ष २५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष माओवादी केन्द्रले ५० हजार बिरुवा रोपेको थियो । पहिलो वर्ष सरकारी कार्यालय परिसर तथा दमकवासीको माग अनुसार निःशुल्क रुपमा ५० हजार बिरुवा रोपण गरिएको र यो वर्ष दमकको हंसेदुम्से सामुदायिक वन क्षेत्रबाट वृक्षरोपणको औपचारिक सुरुवात गरिएको हो । शनिबारदेखि सुरु भएको वृक्षरोपण दमकका १० वटै वडाभित्र दुई महिनासम्म चल्ने माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिनुभयो ।यो अभियान सफ
इटहरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको बताउनुभएको छ । पछिल्लो समय राजावादीका नाममा गणतन्त्रमाथि चुनौती दिने काम भइरहेको राईले बताउनुभयो । प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले राजावादीले गणतन्त्रमाथि चुनौती दिने असफल प्रयास गरिरहेका बताउनुभयो । राजावादीका नाममा उक्त हर्कतहरु भइरहँदा सबै राजनीतिक दल चुप लागेर बसेको, तर एमाले भने अन्य दलजस्तो नबसेको उहाँले बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित परिवर्तनको उपलब्धील
इटहरी। कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गङ्गेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो । सप्तकोशीमा सन् २०२२ देखि नियमितरूपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताउनुभयो । उहाँले चेतनशील स्तनधारी जलचरको रूपमा चिनि
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङका किसानहरुलाई व्यवसायिक मौरी पालन तालिम प्रदान गरिएको छ । हतुवागढी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रदान गरिएको मौरी पालन सम्बन्धी १० दिने तालिम शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रेमकुमार राईले यस अघि सिन्द्राङ, खैराङ क्षेत्रमा मौरीपालन प्रशिक्षण र घार वितरण गरि सकिएकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै गाउँपालिकलाई मौरीपालन र मह उत्पादनको हव बनाउनु पर्नेमा जोड दिएका छन् । साविक होम्ताङ गाविसका अग्रज मौरी पालक किसानहरूको सहभागितामा वडा नं ५ को कार्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.