समाज

    Showing ४,७६१-४,७७० of ९,३९७ items.
  • नेकपा (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीद्वारा २२ बुँदे मागसहित ध्यानाकर्षण पत्र पेश

    इटहरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीले २२ बुँदे माग र सुझाव सहित नगर प्रमुखको ध्यानाकर्षण गराएको छ। पार्टी संयोजक गौरिमान परियारको नेतृत्वमा एक प्रतिनिधि मण्डलले सोमबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुखलाई भेटी ज्ञापन पत्र बुझाएको हो।"सुशासन र रोजगारी, समाजवादको तयारी" भन्ने नाराका साथ पार्टीले सार्वजनिक गरेको उक्त ज्ञापनपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहँदै इटहरीको वर्तमान स्थानीय शासनप्रणालीमा देखिएको कमजोरी, अनियमितता र जनअपेक्षासँग असंगत कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।ज्ञापनपत्रमा भनिएको छ, “पुराना तथ्यांकहरुसँग तुलना गर्दै

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३९९ पटक पढिएको
  • ओखलढुङ्गामा सामूहिक बलात्कार आरोपमा पाँच जना पक्राउ

    इटहरी । ओखलढुङ्गामा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मोलुङ गाउँपालिका(२ का पाँच जना किशोरलाई सामूहिक बलात्कार आरोपमा पक्राउ गरेको हो। मंगलबार एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि १५ देखि १७ वर्ष उमेरका पाँच जना किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच जना मध्ये दुई जनाले समात्न सहयोग गरेको र तीन जनाले बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले आरोपितको पहिचान गोप्य राखेको छ। 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३०९ पटक पढिएको
  • तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

    इटहरी।  सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३१० पटक पढिएको
  • उदयपुरमा ठेकेदार सम्पर्कविहीन, एक अर्ब १६ करोडको खानेपानी योजना अलपत्र

    इटहरी  । उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ ।  बर्सांदेखि खोला खोल्सी र कुवा पधँेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरका तीन वटा पालिकाका आमउपभोक्तालक्षित सो योजना सञ्चालनमा ल्याइएको हो । निर्माण कम्पनीको ढिलाइका कारण त्यस क्षेत्रका करिब ३७ हजार लक्षित वर्ग स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुन पुगेका छन् । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले एक अर्र्ब १६ कर

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३६२ पटक पढिएको
  • सिक्रेटारमा १० लाखको लागतमा बालउद्यान निर्माण सम्पन्न

    इटहरी । बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ । वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो । बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उहाँले बताउनुभयो । स्थानीय  खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताउनुभयो । उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचन

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • १८७ पटक पढिएको
  • धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटना, पाँच घाइते

    इटहरी  । धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा को। १ च। ६६४० नम्बरको जिप ब्रेक फेल भएर बुधबार दिउँसो दुर्घटना भएको हो । गाडी अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक सप्तरी जिल्लाका राकेशकुमार यादव, उदयपुरको त्रियुगा नगरपालिकाका ललित परियार, मोरङ विराटनगरका एन्जिला अधिकारी, विराटनगरकै निर्मला गुर्वाजु र मोरङ उर्लाबारी नगरपालिकाको त्रानु गौतम रहनुभएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जना हेड नेपाल, विराटनगर संस्थाका कर्मचारी रहेको जनाइएको छ । घाइ

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • १४५ पटक पढिएको
  • जोखिम नक्साङ्कनका आधारमा कोशी प्रदेशमा विपद् प्रतिकार्य योजना लागू हुने

    इटहरी । कोशी प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको नक्साङ्कन अनुसार जोखिम क्षेत्रमा केन्द्रित रहेर प्रतिकार्य योजना तयार पार्ने जनाएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार जोखिमको प्रतिकार्य गर्नका लागि नक्साङ्कन अनुसार प्रतिकार्य योजनामा सरकार रहने भएको हो । उहाँका अनुसार यो वर्ष विपद् बाट प्रतिकार्य र पुनः निर्माणका सन्दर्भमा प्रशासनिक खर्चबाट बजेट काटेर वितरण गर्नुपर्ने अवस्था आएका कारण वितरणमा ढिलाइ र समस्या भएकोले आगामी वर्ष त्यसो हुने छैन ।  कोशी प्रदेशमा विज्ञ सहितको टोलीले विपद् जोखिम क्षेत्रको नक्साङ्कन तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • १४४ पटक पढिएको
  • सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा साझेदारीमा एक करोड ७१ लाखको स्वास्थ्य चौकी भवन निर्माण शुरु

    इटहरी  । गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका र ‘पाइला पाइलाको आशा’ संस्थाबिचको सहकार्य तथा लागत साझेदारीमा निर्माण थालिएको वडा नं। ११ का वडाध्यक्ष टङ्कबहादुर कार्कीले जानकारी दिनुभयो । करिब एक वर्षमा काम सम्पन्न गर्ने गरी पिके कन्ट्रक्सनले स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको छ । एक करोड ७१ लाख १४ हजार रुपियाँमा निमार्ण हुने भवनको सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले शिलन्यास गर्नुभएको छ । त्यस अवसरमा नगर प्रमुख शेर्पाले नगरपालिकाले स्वास्थ्य, शिक्षा तथा पूर

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • २८४ पटक पढिएको
  • रामधुनीमा शिरा थान तथा ग्रामथान संरक्षणका लागि दस्तावेजीकरण, ऐन निर्माण र वाद्यवादन प्रशिक्षण कार्यक्रम

    रामधुनी — स्थानीय मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनका लागि रामधुनी नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम अन्तर्गत शिरा थान तथा ग्रामथान सम्बन्धी सचेतना अभिवृद्धि, विस्तृत लगत दस्तावेज हस्तान्तरण, पौराणिक भजन गीतको लेखन तथा दस्तावेजीकरण, साथै परम्परागत वाद्यवादन तालिम सञ्चालन गरिएको छ।ग्रामथान संरक्षण समिति रामधुनीको आयोजना तथा रामधुनी नगरपालिकाको सहकार्यमा ग्रामथान संरक्षण समिति अध्यक्ष सीता चौधरीको अध्यक्षता र रामधुनी नगरपालिका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, थारू कल्याणकारी सभा सुनसरीका सभापति सग

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ४५९ पटक पढिएको
  • सचिव सुरेश आचार्यद्वारा इटहरी वितरण केन्द्रको अनुगमन, विद्युत आपूर्ति सुधारमा जोड

    सुनसरी | नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रको अनुगमन गरेका छन्। अनुगमनको क्रममा सचिव आचार्यले इटहरी क्षेत्रमा भइरहेका विद्युत आपूर्तिसम्बन्धी समस्या, त्यस्ता समस्याका कारण र समाधानका उपायहरूबारे विस्तृत जानकारी लिएका छन्।नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका निमित्त प्रमुख बाबुराम कोइरालाले इटहरी क्षेत्रमा विद्युत आपूर्तिमा देखिएका प्रमुख समस्या, केन्द्रको क्षमता, वितरण संरचना, उपभोक्ताको संख्या र विद्युत मागका बारेमा सचिवलाई जानकारी गराए। उहाँले हाल सञ्चालनमा रहेका सुधार योजना, मर्मत कार्य र आगामी योजनाबा

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • २७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]