समाज

    Showing ४,८४१-४,८५० of ९,३९९ items.
  • सुनसरीको देवानगंजमा भैसीले मकै खाएको विषयमा झगडा, तीन जना घाइते

    इटहरी । सुनसरी जिल्ला अन्तर्गत देवानगंज गाउँपालिका–७ स्थित यादव टोलमा जेठ ८ गते साँझ भैसीले मकै खाएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा तीन जना घाइते भएका छन् । साँझ करिब ७ः३० बजे निर्मला यादवले पालेको भैसी छिमेकी दिपेन यादवको मकैबारीमा पसेर मकै खाएको घटनाले झगडाको रूप लिएको हो। झगडामा निर्मला यादवको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ। त्यस्तै, कुन्दन यादवको टाउको र हातमा चोट लागेको र उनी पनि उपचाररत रहेको प्रहरीले जनाएको छ। अर्का पक्षका दिपेन यादवको दायाँ हातमा सामान्य चोट लागेपछि उनलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २२७ पटक पढिएको
  • संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु

    इटहरी । संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ । मादी नगरपालिका तथा नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदवारीको संयुक्त आयोजनामा मोतियाबिन्दु भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिएको हो । नगर प्रमुख जिवन लिङ्थेपले मादी नगर अस्पतालमा बिहिबार र शुक्रबार हुने शिविरको उद्धघाटन गर्नु भएको थियो । मादी नगरपालिकाका ९ वटै वडा कार्यलय सँग समन्वय गरेर सञ्चालन गरिएको शिविरमा मेची आँखा अस्पताल, बिर्तामोडका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा शल्यक्रिया सेवा प्रदान

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ३२३ पटक पढिएको
  • सांसद भगवती चौधरीद्वारा प्यारालाइसिस पीडित सतनारायण साहलाई ह्विलचेयर प्रदान

    इटहरी । दुहबी नगरपालिका–११, तनबुना, साह टोल निवासी सतनारायण साहलाई पूर्वमन्त्री तथा सांसद भगवती चौधरीले ह्विलचेयर प्रदान गर्नुभएको छ । गत चैत महिनादेखि प्रेसरको कारण प्यारालाइसिस भई हिँडडुल गर्न असहज भएका साहलाई सांसद चौधरीले आज उहाँकै निवासमा पुगेर सहयोग स्वरूप ह्विलचेयर हस्तान्तरण गर्नुभएको हो । ह्विलचेयर हस्तान्तरणको क्रममा बोल्दै सांसद चौधरीले समस्यामा परेका नागरिकप्रति सधैं संवेदनशील रहेको र सानो सहयोगले पनि ठूलो राहत मिल्छ भन्ने विश्वासका साथ ह्विलचेयर प्रदान गरेको उहाँले बताउनुभयो । सांसद चौधरीले ह्विलचेयर प्रदान गरेकोप्रति खुसी हुँदै साह परिवारले आभार प्रकट गरेका थिए । 

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २७० पटक पढिएको
  • ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र भवन सिल्यानास

    इटहरी । पूर्व मन्त्री तथा सङ्घीय सांसद भगबती चौधरीले ज्येष्ठ नागरिकहरू वर्तमान र भविष्यको मार्गदर्शक रहेको बताउनुभएको छ । बिहिबार दुहबी नगरपालिका वडा नं ११ तनबुनामा बरयाती थान ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र भवनको सिल्यानास गर्नुहुँदै सांसद चौधरीले ज्येष्ठ नागरिक इतिहासका साक्षी मात्र नभई वर्तमान र भविष्यको मार्गदर्शक रहेको बताउनुभयो । चौधरीले समाजका ज्येष्ठ नागरिकहरूका अनुभव, ज्ञान र योगदानको सम्मान स्वरूप उक्त भवनको शिलान्यास सम्पन्न गर्न पाउँदा गर्व महसुस गरेको समेत बताउनुभयो । मन्त्री पदमा रहेको समयमा सबै वडामा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र निर्माण गर्ने सङ्कल्प गरेको बताउनुहुँदै भवन

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २६८ पटक पढिएको
  • कानेपोखरी गाउँपालिका–२ मा जेष्ठ नागरिक तथा असल संरक्षक सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । कानेपोखरी गाउँपालिका वडा नं. २ को आयोजनामा “जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा असल संरक्षक सम्मान कार्यक्रम” सम्पन्न भएको छ । बुधबार वडाको सभाहलमा अयोजित कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम रहनु भएको थियो । कार्यक्रममा ३० जना जेष्ठ आमा–बुबाहरुलाई सम्मान गरिएको थियो भने तिनका असल संरक्षकहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष इङ्नामले सबै जेष्ठ नागरिकहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्नुभयो । गाउँपालिकाले सम्मान गर्ने सम्मान कार्यक्रममा सबैलाई समेट्न नसकेकाले वडा नं. २ ले छुटेका नागरिकहरूलाई समेट्दै सम्मान गरेको जानकारी दिनुभय

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • १३६ पटक पढिएको
  • इटहरीमा लागू औषध दुर्व्यसन नियन्त्रणका लागि लागू औषधमुक्त वडा अभियान सुरु

    इटहरी । दिनप्रतिदिन बढ्दै गएको लागू औषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न स्थानीय स्काउट कार्यालय, इटहरीले “लागू पदार्थ दुर्व्यसन मुक्त वडा” अभियान सञ्चालन गरेको छ। स्काउट कार्यालयका प्रमुख आयुक्त वेणु प्रसाद सिटौलाका अनुसार लागू औषधको दुर्व्यसनले केवल एक व्यक्तिलाई मात्र नभई त्यसको परिवार, समाज हुँदै राष्ट्रसम्म असर पार्ने भएकाले समुदायस्तरबाटै यस्तो अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत वडास्तरीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिनुका साथै विभिन्न क्षेत्रमा पुगेर सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको सिटौलाले जानकारी दिनुभयो। अभियान समापन कार्यक्रममा सुरक्षा निकायका प्र

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २१३ पटक पढिएको
  • ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते

    इटहरी । ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्ष वेदप्रसाद गौतमका अनुसार सोही गाउँपालिका–२ सान्थाक्राको साक्फारामा ज १ च १३१७ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो । शुक्रबार बिहान ११ः१५ बजेतिर भएको जिप दुर्घटनामा परी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका चालक २५ वर्षीय साङ्गे शेर्पा घाइते हुनुभएको छ । सवारी चालक शेर्पाको टाउको चोट लागेको छ । यस्तै, सो जिपमा सवार यात्रु नाल्बुकै १७ वर्षीया दावा शेर्पा, ६८ वर्ष

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २१० पटक पढिएको
  • संखुवासभामा दाहसंस्कार गर्न लागेको शव प्रहरीले लिए नियन्त्रणमा

    इटहरी । संखुवासभाको एक गाउँमा दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरी पुगेपछि शव नियन्त्रणमा लिइएको छ। मृत्युपछि कुनै औपचारिक अनुसन्धान विना शव दाहसंस्कार गर्न लागिएको भन्ने सूचनाको आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको हो । दाहसंस्कार गर्न लागेका बेला संखुवासभाको भोटखोला गाउँपालिका ४ सिप्प्रङकी ६ वर्षीया बालिका युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार जिल्लाको खाँदबारी नगरपालिका–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित तामाङको शव नियन्त्रणमा लिएको हो । वैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाइब

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ३०९ पटक पढिएको
  • हात्तीको आक्रमणबाट एक महिला घाइते

    इटहरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ नडाहामा जंगली हात्तीको आक्रमणबाट स्थनीय ६८ वर्षीया डम्मरमायाँ लिम्बू घाइते भएकी हुन् । कालीन्जोर सामुदायिक वनमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएकी हुन् । घाइते लिम्बूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ३०७ पटक पढिएको
  • तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी । आठराई गाउँपालिका–३ स्थित सिमेन्ट बोकेर ठुटेवरबाट लिम्बुनी पुलतर्फ जाँदै गरेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । सडकमा गुडिरहेका बेला आफैं अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, थप अनुसन्धान भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]