समाज

    Showing ६७१-६८० of ९,३३२ items.
  • ताप्लेजुङका कृषि तथा उद्योगसम्बन्धी कार्यालयको मन्त्री मन्सुरीद्वारा निरीक्षण

    इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले ताप्लेजुङको भ्रमण गर्नुभएको छ । मन्त्री मन्सुरीले भ्रमणका क्रममा जिल्लास्थित कृषि ज्ञान केन्द्रलगायत मन्त्रालय मातहतका कार्यालयहरुको निरीक्षण गर्नुभएको हो ।मन्त्री मन्सुरीले कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको निरीक्षण गर्नुभएको बताइएको छ । कार्यालयहरुको निरीक्षण गर्नुहुँदै मन्त्री मन्सुरीले कार्यालयले गर्दै आएको कार्यस्म्पादनबारे जानकारी लिनुभएको छ ।निरीक्षणका क्रममा मन्त्री मन्सुरीले कार्यालयबाट प्रवाह हुने सेवा र कार्यसम्पादनबारे जानकारी लिनुभएको सम्बन्धित

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १७० पटक पढिएको
  • संखुवासभामा इन्धन मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा, सरकारको ध्यानाकर्षण

    इटहरी । इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।संघका महासचिव सुनिल कुमार श्रेष्ठले आइतबार सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर नेपालको निर्माण उद्योगमा परेको बताउनुभयो । युद्धका कारण निर्माण कार्यमा प्रयोग हुने डिजेल, पेट्रोल, बिटुमिन, रड र सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएकाले निर्माण कार्य सञ्चालन गर्न व्यवसायी कठिनाइमा परेका छन् ।उहाँका अनुसार देशभर करिब २० देखि २५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजग

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १२७ पटक पढिएको
  • भोजपुरको चखेवामा नयाँ वर्षको अवसरमा रैथाने खाना महोत्सव’ को तयारी पुरा

    इटहरी । भोजपुरको मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’  चैत ३० गतेदेखि आयोजना गरिने महोत्सवको तयारी पूरा भएको छ ।महोत्सव २०८२ चैत्र ३० गतेदेखि २०८३ बैशाख २ गतेसम्म स्थानीय रैथाने परिकार, कृषी उत्पादनको प्रवद्र्धन, बजारिकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङका अनुसार महोत्सवमा पर्यटकले यहाँका विशिष्ट रैथाने परिकारहरूको स्वाद अनुभव गर्ने अवसर पाउनेछन्। महोत्सवमा परम्परागत खानाका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । पर्यटकले यहाँको प्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • २०८ पटक पढिएको
  • धरान–धनकुटा–हिले सडकखण्डका घुम्तीमा राखिएका ट्राफिक ऐना तोडफोड, दुर्घटना जोखिम बढ्यो

    इटहरी । कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा–हिले सडकखण्डका घुम्तीमा राखिएका ट्राफिक ऐना तोडफोड भएका छन् ।जोखिमयुक्त घुम्तीमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि जडान गरिएका ऐना तोडफोड भएका हुन् । धरानदेखि हिलेसम्म ६५ किलो मिटर भित्रका तीन दर्जन बढी कन्भेक्स ट्राफिक ऐना फुटेका छन् ।धेरै स्थानमा ऐना अड्याइएका डण्डासमेत भाँचिदिएको स्थानीयले बताएका छन् । ऐना कस्ले किन फुटायो भन्ने जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ। अज्ञात व्यक्तिले कसैले नदेख्ने गरी फुटाउने गरेको जनाइएको छ । घुम्तीमा हुने जोखिम न्यूनिकरणका लागि स्थानीय क्लब तथा समूहले रकम सङ्कलन गरी घुम्तीमा विपरीत दिशाबाट आउने

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १६८ पटक पढिएको
  • सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टरको १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको धरान–१६ स्थित सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टर द्वारा आयोजित १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार याखा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । फ्रम जेन्टल बेगिनिङस टु कन्फिडेन्ट स्टेपस भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए । दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण विद्यार्थीहरूलाई पदक प्रदान

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १५१ पटक पढिएको
  • प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन ३ को उपाधी सीमा मादेनलाई

    इटहरी । ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’ को उपाधि कक्षा–१० मा अध्ययनरत जनता माध्यमिक विद्यालय, बराहक्षेत्र–३ नडाहाकी सीमा मादेनले जित्नुभएको छ ।श्निबार सम्पन्न प्रतियोगिताको फाइनल चरणमा नौ प्रतिस्पर्धीलाई पछि पार्दै मादेन विजेता बन्न सफल हुनुभएको हो । प्रतियोगितामा उपविजेता युनिशा देउजा (राजाबास इङ्लिस बोर्डिङ स्कुल), तृतीय इनुष्का गौतम (बराहाराइजिङ इङ्लिस स्कुल) र सान्त्वना प्रकृति यादव (मोहन माध्यमिक विद्यालय) भएका छन् । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३ सुनसरीद्वारा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मदन पुरस्कार विजेता साहित्यकार डा.

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १४९ पटक पढिएको
  • गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई एक महिने निःशुल्क कुक तालिम

    इटहरी ।  गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई एक महिने निःशुल्क कुक तालिम दिइएको छ । होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिइएको हो । सामुदायिक होमस्टेको व्यवस्थापनमा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगबाट एक्सपर्ट टेक्निकल कलेज सुनसरीले ३० दिने कुक तालिम दिएको तालिम समापन भएको छ ।  फुङलिङ नगरपालिका(६ मा रहेको होमस्टेका सञ्चालकलाई स्वादिष्ट खाना तथा खाजाका परिकार तयार गर्न मात्र नभई पाहुनाको स्वागत–बिदाइ, व्यवस्थापन साथै सरसफाइका विषयमा समेत अध्यापन गराइएको प्रशिक्षक प्रवेश राजधामीले बताउनुभयो । होमस्टेका अध्यक्ष मणिराज गुरुङका अनुसार सञ्चालकलाई

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १३६ पटक पढिएको
  • कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु

    इटहरी ।  कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा ‘एलेक्सा लाइफ साइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक उत्पादन थालेको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधीमा आत्मनिर्भर बन्ने नेपालीको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश ठाकुरले बताउनुभयो । उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताले लगानी गर्नुभएको छ । लगानी

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १३० पटक पढिएको
  • घरको धुरी नै धनकुटा र पाँचथर जिल्लाको सिमाना

    इटहरी । बुधबारे (६ नम्बर) बजारका स्थानीय अर्जुन श्रेष्ठको घरको धुरीले धनकुटा र पाँचथर जिल्लाको सिमाना छुटाएको छ । उहाँको धुरीबाट झरेको पानी एकातर्फ धनकुटामा र अर्कोतर्फको पानी पाँचथर जिल्लामा झर्छ । दुई जिल्लाको सिमाना कायम भएदेखि नै उहाँको घरको धुरीले जिल्लाको सिमाना छुटाइरहेको छ । अहिले मात्र नभई पहिले बाउबाजेकै पालादेखि नै धुरीलाई नै दुई जिल्लाको सिमाना मान्दै आएको श्रेष्ठको भनाइ छ ।  धनकुटा र पाँचथर जिल्लाको सिमानामा रहेको ६ नम्बर बुधबारे बजार एक यस्तो बजार हो, जहाँ दुई जिल्लाको सिमाना घरको धुरीले छुटाएका छन् । बजारमा ३० भन्दा बढी घरमा यो समस्या छ । धनकुटातर्फ चौबिसे गाउँपालिका–१ पर्छ

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १५२ पटक पढिएको
  • शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास

    इटहरी ।  शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास गरिएको छ । आइतबार संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर एक तले भवन शिलान्यास गरिएको हो । भवन शिलान्यास विधिवत रुपमा पूजाआजा गरी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जगमा इटा राखेर गर्नुभएको थियो । भवन शिलान्यास गर्दै नगरप्रमुख तामाङले भवन निर्माणका लागि नगरपालिकाको आउने बजेटबाट १० लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले भवन निर्माणका लागि आवश्यक व्यक्तिगत पहल कदमी समेत गर्ने बताउनुभयो । उक्त भवन धनकुटा नगरपालिका–४, देव्रेवासस्थित लोकसेवा छेउमा आफ्नै जग्गामा निर्माण गर्न लागिएको ह

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]