इटहरी। रतुवामाई नगरपालिका–९, भौडाहास्थित सर्वेश्वर शिव मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ का २३ वर्षीय रोहित सहनी रहेका छन्। सहनीले २०८३ साल असार २४ गते राति करिब १२ बजे मन्दिरमा प्रवेश गरी दानपेटिका तथा पित्तलका मूर्ति चोरी गरेको आरोप छ। घटनाबारे अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा खटिएको प्रहरी टोलीले सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार उक्त मन्दिरमा यसअघि पनि पटक–पटक चोरीका घटना हुने गरेका थिए। पक्राउ परेका सहनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


