समाज

    Showing ६,९०१-६,९१० of ११,२७९ items.
  • धनकुटा राजारानीमा रारा रनिङ गोल्डकप, आठ टिमको सहभागिता

    इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२ औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । रारा फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । पुण्य मावि राजारानीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक रारा फुटबल क्लब, सलहेश फुटबल क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार क्लब सुनसरी, एलएक्स सिटी युथ क्लब मोरङ, बिर्तामोड युनाइटेड क्लब झापा र डाँडाबजार फुटबल क्लब धनकुटा गरी आट टिमको सहभागिता रहने छ ।  प्रतियोगिताको पुरस्कार राशी यसपटक वृद्

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३७८ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा

    इटहरी । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टेम्केमैयुङ गाउँपालिका–१ स्थित तिम्मा वडा पूर्ण खोप सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष तथा वडा खोप समन्वय समिति अध्यक्ष नर बहादुर राईले स्वास्थ्य चौकी तिम्मालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्नुभएको हो । राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकामा उल्लेखित सम्पूर्ण प्रक्रिया पूरा गरी १५ महिनाभित्र निःशुल्क उपलब्ध गराइने सम्पूर्ण खोप बालबालिकालाई प्रदान गरिएकाले यस वडाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेको हो । घोषणा कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले खोप कार्यक्रमलाई निरन्तरता दिने तथा यसलाई स्थानीय निक

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३८१ पटक पढिएको
  • खोटेहाङ गाउँपालिका द्धारा अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

    इटहरी । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।  दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए। गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं १ लिकुवापोखरीका चार, वडा नं २ वाप्लुखाका एक, वडा नं ३ सावाकटहरेका चार, वडा नं ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ । त्यस्तै, वडा नं ६ इन्द्रणीपोखरीका छ, वडा नं ७ खोटाङबजारका एक, वडा नं ८

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३२७ पटक पढिएको
  • कोशी नदीको पुलबाट हाम्फालेका मकर जङ्गको उपचारको क्रममा मृत्यु

    इटहरी । उदयपुरको बेलका(८ कोठुमा पर्ने कोशी नदीको पुलबाट मङ्गलवार बिहान हाम्फालेका बराहक्षेत्र(१ का ५२ वर्षीय मकरजंग राईको उद्धार गरी उपचारको क्रममा मृत्यु भएको छ । राईले पुलबाट हाम्फाल्ने बित्तिकै स्थानीयले अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी गराएका थिए । लगत्तै उद्धारमा खटिएका प्रहरी टोलीले उनलाई जिउँदै नदीबाट उद्धार गरेको थियो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि वीपी प्रतिष्ठान पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३३८ पटक पढिएको
  • विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

    इटहरी । विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ । फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोटमा परेका छन् । छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ । फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिक

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३२३ पटक पढिएको
  • कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र ऊर्जा विषयक कार्यशाला सम्पन्न

    विराटनगर, — कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत तथा ऊर्जा क्षेत्रको सम्भावनाबारे व्यापक छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा आयोजित कार्यशाला कार्यक्रम विराटनगरस्थित बिग होटलमा भएको छ।कार्यक्रमको अध्यक्षता विभाग प्रमुख मोहन कुमार डाँगीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई रहनुभएको थियो। विशेष अतिथिको रूपमा कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रदे

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ५३१ पटक पढिएको
  • आजदेखि अरुण गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा

    भोजपुर । दृष्टि समस्याबाट पीडित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अरुण गाउँपालिकाले आजदेखि दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य सेवा पहुँचविहीन वर्गसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।शिविरको आयोजना अरुण गाउँपालिका प्याउली, भोजपुरले गरेको हो भने प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, रानी, विराटनगरले प्रदान गरेको छ। साथै, नेपाल नेत्रज्योति संघ भोजपुर र अरुण आँखा उपचार केन्द्रको सहकार्यमा बैशाख २३ गतेदेखि २४ गतेसम्म गुरुकुल

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ७९६ पटक पढिएको
  • इटहरीको ओसियन पार्कमा यहीँ बैशाख २८ र २९ गते कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता हुने

    सुनसरी | इटहरीको ओसियन पार्कमा यहीँ बैशाख २८ र २९ गते कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता हुने भएको छ ।“खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने मूल नाराका साथ कोशी प्रदेश पौडी संघले दोस्रोपटक आयोजना गर्न लागेको कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता यहीँ बैशाख २८ र २९ गते विराटनगरमा हुने भएको छ। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका सबै १४ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ।प्रतियोगितामा करिब १६० जना खेलाडी र टिम व्यवस्थापक सहभागी हुने अनुमान गरिएको छ। जम्मा २३ वटा इभेन्टहरू समेटिएको प्रतियोगिता विराटनगरस्थित ओसियन पार्क एण्ड र

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ६०० पटक पढिएको
  • डाइभर्सनमा फसेको बस बाढीले बगायो

    इटहरी । उदयपुरको त्रियुगा खोलामा पार्किङ गरिएको एक यात्रुविहीन बस मंगलबार बिहान बाढीले बगाएर पल्टिएको छ । चौदण्डीगढी नगरपालिका–५ मा सोमबार राति डाइभर्सन हुँदै खोला पार गर्नेक्रममा उक्त बस फसेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदार माङडोङका अनुसार को १ ख ४७५३ नम्बरको बस मंगलबार बिहानको बाढीले बगाएर पल्टिएको हो । बाढीका कारण बसलाई बगाएर केही पर पुर्‍याएको थियो । घटनाका बेला बसमा चालक र सहचालक मात्र थिए । बस फसेपछि उनीहरू सुरक्षितरूपमा बाहिर निस्किएका थिए । क्षेत्रको पुरानो पुल भत्किएको कारण अस्थायीरूपमा बनाइएको डाइभर्सन प्रयोग हुँदै आएको थियो । जोखिमका बीच यात्रा गरिँदा यस्तो घटना

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ३५६ पटक पढिएको
  • धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु , १२ घाईते

    इटहरी । धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।  वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका(६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जाँदै गरेको को। १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरू घाईते भएका थिए । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप(महानगरपालिका(१३ का ५१ वर्षीय रुद्र तामाङ र यात्री भो

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ३१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]