इटहरी । उदयपुरको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । यसै गरी चैत्र ३१ गते वेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर संरक्षणको कामथालेको हो । ढुङ्गाभरि जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताउनुभयो । अनौठो प्राकृतिक स्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार न
इटहरी | नववर्ष २०८२ को अवसरमा नेपाल राष्ट्रका प्रथम लिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्रीबालसन्त मोहन शरण देवाचार्य महाराजश्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई पुनः सनातन हिन्दू राष्ट्रको रुपमा स्थापित गर्न राष्ट्रव्यापी सहमतिको आवश्यकतामा जोड दिनुभएको छ।नववर्षको पावन शुभारम्भमा शुभकामना दिँदै जगद्गुरुले वैदिक सनातन संस्कृति र नेपाली समाजको गहिरो सम्बन्धलाई स्मरण गराउनुभयो। उहाँले नेपाललाई हिन्दू सभ्यताको आदिकालीन भूमि भन्दै यहाँका ऐतिहासिक, पौराणिक र धार्मिक महत्व बोकेका तीर्थस्थलहरूको चर्चा गर्नुभयो — परशुरामकुण्ड, वैद्यनाथ, बडीमालिका, छायानाथ, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, वराहक्
इटहरी । ताप्लेजुङमा सुख्खा पहिरो झरेर घर पुर्दा लाखौँको क्षति भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउ‘पालिका–३ लिङ्खिमको दिबुङमा गएको सुख्खा पहिरोले एक घर पूर्णरुपमा क्षति पुर्याउँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको हो । प्रहरीका अनुसार आइतबार माथिबाट खसेको सुख्खा पहिरोले लिङ्खिम दिबुङका स्थानीय देउप्रसाद निरौलाको घर पूर्णरुपमा क्षति गरेको हो । ढुङ्गा, माटो र काठको प्रयोग गरिएको तथा जस्तापाताको छाना भएको निरौलाको तीनतले घर सुख्खा पहिरोले क्षति गरेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । प्रनाउ रावलका अनुसार पहिरोले घर पुर्दा घरभित्र रहेको खाद्यान्न लगायतका सामग्
इटहरी । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा स्थानीयहरुले नयाँ वर्षसँगै हर्सोल्लासका साथ सिरुवा तथा जुडशीतल पर्व मनाएका छन् । केहीले नयाँ वर्षको पहिलो दिन हर्षोल्लासका साथ सिरुवा मनाएका छन् भने केहीले सिरुवा र जुडशीतल तीन दिनसम्म मनाइन्छ । विसं। २०८२ सालको पहिलो दिन अर्थात नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ । मधेशी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ । पहिलो दिनलाई मधेशी तथा मैथली समुदायले सिरुवा र थारुहरूले जुडशीतल भन्ने गरेका छन् । खासगरी जिल्लाका मधेशी, थारु, आदिवासीहरूमा नयाँ वर्षको अवसरमा सिरुवा
इटहरी | इटहरीमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले चुमेको छ ।इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको विजयी लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।विराटनगरका लागि मिनस थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले ।४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउँदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेस रायको ६१ रनमा निर्ध
इटहरी । नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा शनिबार गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ । गणतन्त्र र संघीयताविरोधी हर्कतको विरोधमा आयोजित सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक नयाँ अभ्यास भएको बताए । उनले वडा(वडाबाट आफैंले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थल आएको बताए । इन्चार्ज राईले यो कार्यक्रमका क्रममा सरकारसँग एक रुपैयाँ पनि नलिएको बताए । दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको उनको तर्क छ। एमालेको सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको पनि उनले बताए । राईले सभा
इटहरी । आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि कोसी प्रदेश सरकारले स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको हिस्सा र अनुमानित सीमा सार्वजनिक गरेको छ । आइतबार कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएको बाँडफाँट हिस्सासम्बन्धी सिफारिसअनुरुप विवरण सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले सवारी कर अनुमानित आय र बाँडफाँटको विवरण सबै स्थानीय तहलाई पठाएको छ । कोसी प्रदेशमा १३७ स्थानीय तह रहेका छन् । आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि को
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ । गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईल
इटहरी। भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.